• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असार ३१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

प्रशासकिय भवन बन्यो, प्रयोग भएन

लोकप्रिय समाचार

  • १. उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित सम्मान

  • २. थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

  • ३. अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

  • ४. राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

  • ५. दाङमा पेस्तोलसहित एक युवक पक्राउ

  • ६. थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

  • ७. प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

  • ८. गुल्मीमा मनसुनजन्य विपद्ले २२ हजार नागरिक प्रभावित हुने अनुमान

  • ९. झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा

  • १०. वामी–रिडी सडकछेउमा एक पुरुषको शव फेला

गुल्मी मंगवार बिहानदेखि कफ्र्यू आदेश जारी


  •   मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । बिश्वव्यवापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोविड–१९) को संक्रमण सतर्कता अपनाउन गुल्मी जिल्लामा निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलवार बिहान एक निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचना जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी, र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) अनुसार चैत ११ गते बिहानदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागूहुने गरि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताए ।
    निषेधाज्ञा अबधीमा नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ । जिल्ला भित्रका सञ्चारकर्मीलाई सूचना बिभागले जारी गरेको प्रेस पासको आधारमा आगवगन गर्न दिइने भएको छ ।
    अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । खाद्यान्न, ग्यास, तेल, फलफुल पसलहरु अनिवार्य रुपमा हातधुने व्यवस्था गरि तोकिएको समयमा सञ्चालन गरिने भएको छ । निषेधाज्ञा उल्ङघन भए नियन्त्रणमा लिएर संक्रमण रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने निषेधाज्ञा (कफ्र्यू) जारी सम्बन्धी सूचनामा उल्लेख गरिएको छ । प्रशासनले सोमबार एक सार्बजनिक सूचना मार्फत लक डाउन गर्ने निर्णय गरेको थियो । तर मंगलवार पुनः अर्को सूचना जारी गर्दै निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको छ । यो समयमा बिना चेकजाँच भिडभाड गर्ने गर्नाले जिल्लामा कोरोनाको उच्च जोखिम हुने भएकाले सर्तकता स्वरुप निषेधाज्ञा (कफ्र्यू) आदेश जारी गरिएको छ ।खाद्ययन्न संचित नगर्न व्यवसायीको आग्रह
    अत्यावश्यक सेवा अन्र्तगत खाद्यान्न, तरकारी, फलफुल, दुध तथा औषधीको पसलबाट तोकिएको समयमा सामाग्री लिन सकिने भएकाले नागरिकलाई अनाबश्यक संचित नगर्न उद्योग वाणिज्य संघ गुल्मीले आग्रह गरेको छ । बाणिज्य संघले जिल्लाका लागि आवश्यक खाद्यान्न, ग्यास, पेट्रोल, औषधीको पर्याप्त मात्रामा मौज्दात रहेकाले कुनै पनि सामानको अनावश्यक सञ्चित नगर्न समेत उपभोक्ताहरुलाई आग्रह गरेको छ ।
    बजारमा अत्यावश्यक खाद्यान्न, ग्यास, पेट्रोल लगायतका उपभोग्य वस्तु सहज रुपमा नपाए गुल्मी उद्योग वाणिज्य संघलाई खबर गर्न पनि आग्रह गरिएको छ । यो समयमा बजारमा हुन सक्ने कालोबजारी रोक्नका लागि स्वंयम उपभोक्ताहरुको पनि महत्वपुर्ण भुमिका रहने अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।
    उपभोक्ताहरुलाई डिलरबाट ग्यास साट्दा रु १४ सय २५ रुपैँया मात्र लाग्ने जानकारी दिनुभयो । सदरमुकाम तम्घासमा ग्यासका डिलरहरु ६ वटा रहेका छन् ।

    Advertisement

    मङ्गलबार, चैत ११, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुन असफल
    झिमरुक फाँट बदल्ने फार्म: नविन श्रेष्ठको ड्रागन कथा
    प्युठान नगरपालिकाद्वारा दुई सामुदायिक विद्यालयलाई नगद पुरस्कार
    कञ्चनमा ४५१ सुकुम्बासी बने जग्गाधनी, अर्थमन्त्री पौडेल भन्छन : “अब कोही भूमिहीन रहँदैन”
    गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    लोकप्रिय

    • १.
      उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रमोद पोखरेलद्वारा नगदसहित

    • २.
      थबाङका सम्पर्कविहीन कर्मचारी तम्घासबाट कार्यस्थल फर्किए

    • ३.
      अध्यक्ष विष्टद्वारा गुरुहरूलाई घरमै पुगेर सम्मान

    • ४.
      राप्ती न्यायिक समितिबाट ४७ वटा विवादको समाधान

    • ५.
      दाङमा पेस्तोलसहित एक युवक पक्राउ

    • ६.
      थबाङ गाउँपालिकाका सात जना कर्मचारी सम्पर्क बिहिन

    भर्खरै

    • १.
      दैलेख अदालतमा झन्डै आधा मुद्दा सम्बन्धविच्छेदका

    • २.
      गुल्मीको कालीगण्डकी करिडोर दुई दिनपछि सुचारु

    • ३.
      प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानको वित्तीय प्रगति ९२.७४ प्रतिशत

    • ४.
      प्युठानमा एकल महिलाले सुरु गरे ‘रातो अबिर अभियान

    • ५.
      प्युठानमा ईराकबाट फर्किएर गरे पूर्व श्रीमतीको हत्या

    • ६.
      दाङमा मोटरसाइकल दुर्घटनाः दुई जनाको मृत्यु

    • ७.
      गुल्मीमा हावाहुरीले विद्युत सेवा अबरुद्ध 

    • ८.
      लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको शिलान्यास

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...