अस्पतालमा सुत्केरी महिलाको ज्यान गयो

पाल्पा ।तानसेनमा रहेको युनाइटेड मिशन अस्पतालमा एक जना सुत्केरीको ज्यान गएको छ ।रम्भा गाँउपालिका–४ हुमिनकी २४ वर्षीया विपीन्द्र सूर्यवंशीको ज्यान गएको आफन्तले जानकारी दिएका छन् ।तानसेन नगरपालिका–१ मा अस्थायी बसोबास गर्दै आएकी सूर्यवंशी असोज ७ गते अस्पतालमा सुत्केरी हुन भर्ना भएको परिवारले जनाएको छ । सामान्य रूपमा सुत्केरी अवस्थामा रहेकी सूर्यवंशीको पेटको बच्चा मृतावस्थामा रहेको थियो ।मृत बच्चा जन्माउन नसक्ने भएपछि अस्पतालले शल्यक्रिया गरेको थियो । शल्यक्रिया गरेको तीन घण्टापछि उहाँको ज्यान गएको छिमेकी बलराम सूर्यवंशीले बताउनुभयो । उहाँको बुधबार राति ११ बजे ज्यान गएको हो ।

Sharing Now!

You might also like

Comments are closed.