• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • ४. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ५. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ६. राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन गर्‍यो ११ सदस्यीय समिति

  • ७. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ८. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ९. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • १०. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी  


  •   बिहिबार, कार्तिक ०८, २०७५ मा प्रकाशित
  • अपराध  नियन्त्रणका लागि १२ बुँदे प्रतिबद्धता जाहेर गर्दै झापाका १५ स्थानीय तहले आगामी माघ १ गतेदेखि झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका छन् । जसका लागि जिल्लाका सात नगरपालिका र आठ गाउँपालिकाका जनप्रतिनिधिले बुधबार १२ बुँदे प्रतिबद्धता जाहेर गरेका हुन् ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकिलको कार्यालय झापाले बुधबार यहाँ आयोजना गरेको ‘झापामा अपराधको स्थिति, कारणहरू र निराकरणमा सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रममा सहभागी स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धतामा हस्ताक्षर गर्दै झापालाई मदिरा नियन्त्रित जिल्ला घोषणा गर्ने तयारी गरेका हुन् ।

    १२ बुँदे घोषणापत्रमा विद्यमान कानून कार्यान्वयन कडाइका साथ लागू गर्ने, मदिरा बिक्री केन्द्रको सङ्ख्या नियन्त्रण गर्ने तथा मदिरा बिक्री गर्ने समय राति १० बजेसम्मलाई संशोधन गर्न पहल गर्ने भनिएको छ । प्रतिबद्धताअनुसार अब मदिरा साँझ ८ बजेसम्म मात्र बिक्री वितरण गर्न पाइने छ । त्यस्तै तोकिएको उमेरका व्यक्तिलाई मात्र मदिरा बिक्री वितरण गर्ने व्यवस्थालाई कानूनद्वारा नियमन गर्न पहल गर्ने र मदिरा किन्न आउने व्यक्तिको समेत परिचय अनिवार्य गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

    यसैगरी जिल्लास्तरीय तथा नगर, वडास्तरीय मदिरा नियन्त्रण अनुगमन समिति बनाई निरन्तर अनुगमन गर्ने, अस्पताल, मन्दिर, शैक्षिक संस्थाको निश्चित दूरीभित्र मदिरा बिक्री वितरण गर्न रोक लगाउने कानूनी व्यवस्थालाई तत्काल कार्यान्वयनमा ल्याउन सामूहिक प्रतिबद्धता सुनिश्चित गर्ने, सञ्चारमाध्यमहरूले मदिराजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्ने प्रकृतिका सामग्री प्रकाशन प्रसारण गर्ने कार्यलाई विशेष प्राथमिकता दिइएको छ ।

    नेपाल–भारत सिमानाको निश्चित ५०० मिटर दूरीभित्र मदिराजन्य पदार्थ बिक्री वितरण गर्न निषेध गर्न सामूहिक प्रतिबद्धता स्थानीय तहका जनप्रतिनिधिले सुनिश्चित गरेका छन् । मदिराजन्य पदार्थ उत्पादन गरी जीविकोपार्जन गर्ने परिवारको पहिचान गरी वैकल्पिक व्यवस्था गर्ने स्थानीय तहबाट विशेष पहल गरिने, नीति, निर्माण गर्ने कार्यान्वयन गर्ने र अनुगमन गर्ने निकायले आपसी समन्वयको आधारमा मदिरा नियन्त्रण कार्यलाई थप व्यवस्थित बनाउन सामूहिक सहकार्य अघि बढाउने प्रतिबद्धतामा उल्लेख छ । त्यस्तै १५ वटै स्थानीय तहले आपसी समन्वय गरी कम्तीमा एक÷एक सुधारगृह तथा पुनःस्थापना केन्द्र स्थापना गर्नेतर्फ आवश्यक पहल गर्ने प्रतिबद्धतामा उल्लेख छ ।

    कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा झापा जिल्लाको अपराधको स्थिति र यसका प्रमुख कारणको विषयमा प्रकाश पार्दै जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले जिल्लामा प्रत्येक वर्ष मदिरा सेवनका कारण आपराधिक घटना वृद्धि हुँदै गएको बताउनुभएको छ । ढकालद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा आर्थिक वर्ष ०७४÷७५ मा एक हजार ६८७ मुद्दा दर्ता भएको उल्लेख छ । अघिल्लो आर्थिक वर्ष एक हजार ४०० र आर्थिक वर्ष ०७२÷७३ मा एक हजार १९७ मुद्दा दर्ता भएका छन् । तर, चालु आर्थिक वर्षको तीन महीनामै ३७६ मुद्दा दर्ता भएको ढकालद्वारा प्रस्तुत गरिएको कार्यपत्रमा उल्लेख छ ।पुर्बेली

    बिहिबार, कार्तिक ०८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      भोटेकोशी बाढी प्रभावितलाई दूरसञ्चार प्राधिकरणले दियो १५

    • ४.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ५.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ६.
      राइट टु रिकलसम्बन्धी दस्तावेज बनाउन रास्वपाले गठन

    भर्खरै

    • १.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • २.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ३.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ४.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ५.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ६.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    • ७.
      बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

    • ८.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation