• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, असोज २६, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

लोकप्रिय समाचार

  • १. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • २. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ३. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ४. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ७. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • ८. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

  • ९. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • १०. सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

मौलिकता हराउँदै वडादशैँको


  •   शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित
  • धनगढी /  नेपालीहरुको महान् चाड बडादशैँको खुशी र उमङ्ग सबैतिर छाइरहँदा यसको मौलिकतामा भने पछिल्लो समय ह्रास हँुदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्न थालिएको छ । पूजा आराधना, शक्तिको उपासना र आपसी सद्भावको महत्वपूर्ण पर्व बडादशैँमा अर्काको देखासिकीमा लाग्ने, आवश्यकताभन्दा बाहिरको फजुल खर्च गर्ने र तडकभडक गर्नेजस्ता प्रवृत्ति बढ्दै जाँदा यसको मौलिकपन हराउँदै गएको हो ।

    Advertisement

    दशैँमा देवीदेवताको नाममा घर घरमा खसीबोका, कुखुरा, हाँस परेवाजस्ता पशुपक्षीको बलि दिने चलन भने पहिलेको तुलनामा निकै कमी आएको छ । यद्यपि सुदूरपश्चिम प्रदेशको तराइका जिल्लाको तुलनामा पहाडी जिल्लाका कतिपय शक्तिपीठमा राँगा, खसीबोकाको बलि दिने चलन भने कायमै छ । देवीदेवताका नाममा पशुपक्षीको बलि दिनु अनुचित हो भन्ने भनाइ पशु अधिकारकर्मीको छ । तर बलि दिएर शक्तिको आराधना गर्ने परम्परामा कमी आउँदा रमाइलो नहुने, एक ठाउँ भेला हुने अवसर प्राप्त नभई सन्तुष्टि प्राप्तसमेत नहुने बलि पक्षधरको भनाइ छ ।

    बलि दिने प्रचलनमा कमी आउँदा शक्तिको उपासना र आध्यात्मिक भावनामा कमी आउन थालेको स्थानीयवासी लेखराज ओझा बताउनुहुन्छ । मुलुकी अपराध (संहिता) ऐन, २०७४ ले परम्परादेखि बलि दिँदै आएको धार्मिकस्थलमा कसैले पनि पशु वा पक्षीलाई बलि दिन नहुने व्यवस्था गरेको छ । कतिपय ठाउँका मान्छे बसाइँ सर्दै आफ्नो पुख्र्यौली थलो छोडेर अर्को ठाउँमा बस्न थालेपछि दशैँजस्ता चाडपर्वको बेला गाउँमा निर्वाह गर्नुपर्ने आ–आफ्नो सामाजिक भूमिका एवम् दायित्व निर्वाह गर्ने व्यक्तिको समेत अभाव खड्किन थालेको देखिन्छ । जसका कारण सुदूरपश्चिम प्रदेशका कतिपय ठाउँमा दशैँको समयमा मठमन्दिरमा लाग्ने ठूला मेला जात्रा हिजोआज कि लाग्न छाडेका छन् । लागेका मेला जात्रामा पनि सर्वसाधारणको उपस्थिति कमी हुँदै जाँदा पहिलेको जस्तो हुने रौनकतामा कमी हुँदै गएको छ ।

    अहिले मानिसहरु आफ्नो मौलिक जात्रा मेलाभन्दा पनि सिनेमा, शहर बजारमा लाग्ने रमाइलो मेला, महोत्सवलगायतमा बढी केन्द्रित देखिन थालेका छन् । बडादशैँ केवल खानपिन गर्नेमा मात्र केन्द्रित हुन थालेपछि यसको आध्यात्मिक पाटोलाई बिर्सिनेहरु बढ्न थालेका छन् । कतिपय ठाउँमा सर्वसाधारण समूहमा जम्मा भई जाँडरक्सी खाने, जुवातास खेल्नेजस्ता क्रियाकलापमा मात्रै केन्द्रित हुने गरेका कारण समाजमा नैतिकता र सदाचारको कमी आउनाका साथै रक्सी सेवनकै कारण बेलाबखत दुर्घटना र अपराधका घटना पनि हुने गरेका छन् ।

    चाडपर्वको समयमा घरपरिवार तथा छरछिमेक एक ठाउँमा जम्मा भएर परम्परागत मौलिक खानाका परिकार निसौसे बाबर, गतानी डुब्का पकाउने प्रचलनलाई रेष्टुरेन्ट र होटलमा पाक्ने विदेशी खानाका परिकारले विस्थापित गर्न थालेको स्थानीय टिआर बिनाडी बताउनुहुन्छ । यस्तै चाडबाडको समयमा नेपाली मौलिक पहिरनमा सजिनेहरु अहिले आएर आयातित पहिरनमा रमाइरहेका देखिन्छन् । यस्ता समस्या विषेशगरी युवापिँढीमा बढी देखिन थालेको छ । उनीहरु नेपाली विशुद्ध पहिरन दौरा सुरुवाल, ढाका टोपी, गुन्यू चोलोभन्दा आयातित लुगा लगाउन आकर्षित हुने गरेका देखिन्छन् ।

    आफ्ना विशेष लोक भाका र गीत बिर्सिएर विदेशी सङ्गीतमा रुचि राख्नेहरुको सङ्ख्या पनि ह्वात्तै बढ्न थालेपछि दशैँजस्ता चाडपर्वमा सुनिने मौलिक बाजा गीत–सङ्गीतको प्रयोगमा पनि कमी आउँदै गएको देखिन्छ । अहिले देखावटी रुपमा दशैँ मनाउने प्रवृत्ति बढेको स्थानीयवासी पुष्पराज पाण्डेय बताउनुहुन्छ । “पहिले एकापसमा आदर, सद्भाव, भक्तिभावका साथ दशैँ मनाउने गरिन्थ्यो, पाण्डेयले भन्नुभयो, “अहिले देखावटी र देखासिकी बढ्न थालेको देखिन्छ ।”

    सुदूरपश्चिम प्रदेशमा वर्षौं अघिसम्म टीकाको दिनमात्र मान्यजनका हातबाट टीका थाप्ने चलन रहेकामा अहिले दशैँको दिनदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने गरिन्छ । अति व्यस्तताकाकारण टीकाको दिन टीका थाप्न नसक्नेहरुले पछिल्ला चार दिनसम्म पनि आफन्तकहाँ गएर टीका थापेर आशीर्वाद लिन सक्ने भएकाले दशैँको दिनदेखि पूर्णिमासम्म टीक थाप्ने चलनलाई सकारात्मक पक्ष मानिएको स्थानीयवासीको भनाइ छ ।

    सूचना प्रविधिको विकाससँगै दशैँमा शुभकामना आदानप्रदान गर्न फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जाल एउटा गतिलो माध्यम बनेको छ । समय परिवर्तनसँगै चिठी वा शुभकामना कार्ड छपाएर शुभकामना दिने चलनलाई प्रविधिको विकासले भने विस्थापित गरिदिएको छ ।

    शुक्रबार, कार्तिक ०२, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • २.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ३.
      ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि

    • ४.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    भर्खरै

    • १.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ४.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ५.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ६.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ७.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ८.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...