घरेलु रक्सीले नगरपालिकाका एक कर्मचारीको मृत्यु

राजविराज : अत्यधिक रक्सी सेवनका कारण राजविराज नगरपालिकाका एक कर्मचारीको मृत्यु भएको छ।

गएराति अत्यधिक रक्सी पिएका राजविराज ६ निवासी ४५ वर्षीय शिवा भनिने शिवनारायण मेहतरको उपचारका क्रममा राजविराजस्थित अञ्चल अस्पतालमा मृत्यु भएको स्थानीय मनोज मेहतरले जानकारी दिए।

दैनिक रक्सी सेवन गर्दै आएका सरसफाई कर्मचारी मेहतरले दशैंका बेला भएकोले अत्यधिक रक्सी पिएका थिए। घर नजिकै रहेको टोलका अधिकांश घरमा खुल्ला घरेलु रक्सी बिक्री हुँदै आएको छ।

कतै छुटाउनुभयाे कि?
Bal Bibaha
प्रतिक्रियाहरू
Loading...