• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, भदौ १४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

लुम्बिनीका १ हजार २०६ पत्रकारको दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री श्रेष्ठ

  • २. बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन, इन्टरनेट सेवा

  • ३. बडीमालिकामा पुग्यो फोर–जी सेवा

  • ४. नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो : अर्थमन्त्री वाग्ले

  • ५. जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

  • ६. बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

  • ७. एफएम र केबल टेलिभिजनका फाइल लुम्बिनी प्रदेशमा हस्तान्तरण

  • ८. रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

  • ९. रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

  • १०. रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

दोस्रो जीतको लक्ष्यमा सूर्य थापा, रोक्ने रणनीतिमा प्रतिस्पर्धी सक्रिय


  •   मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
  • प्युठान। प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति फागुन २१ नजिकिँदै जाँदा एक निर्वाचन क्षेत्र रहेको प्युठानमा चुनावी सरगर्मी उत्कर्षमा पुगेको छ। १ लाख ६५ हजार ४ सय १० मतदाता रहेको जिल्लामा यसपटक अनुभव, संगठनात्मक बल र नयाँ पुस्ताको उपस्थितिबीच प्रतिस्पर्धा देखिएको छ।
    मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाबीच केन्द्रित देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी भने परम्परागत दललाई चुनौती दिने रणनीतिका साथ अभियानमा छ। दलहरू घरदैलो, टोलसभा र सामाजिक सञ्जालमार्फत मतदाता भेटघाटमा व्यस्त छन्।
    एमालेबाट केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज सूर्य थापा दोस्रो कार्यकालको लक्ष्यसहित मैदानमा छन्। २०७९ को निर्वाचनमा ४१ हजार ११८ मतसहित पाँचदलीय गठबन्धनका उम्मेदवारलाई पराजित गरेका थापाले राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजारभन्दा बढी मतान्तरले हराएका थिए। संगठनात्मक रूपमा एमाले कांग्रेसभन्दा बलियो रहेको दाबी एमाले नेताहरूको छ। यद्यपि सहकारी प्रकरणको संसदीय छानबिन समितिको नेतृत्व गरेका कारण थापा रास्वपा समर्थकको आलोचनाको घेरामा पनि छन्।
    कांग्रेसले प्राडा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका पोखरेल प्रशासनिक र नीतिगत अनुभवसहित चुनावी मैदानमा छन्। २०७४ मा पराजित भएका उनी यसपटक पार्टी एकताबद्ध रहेको दाबी गर्दै व्यक्तिगत लोकप्रियता र संगठनात्मक पुनर्संरचनालाई जितको आधार बनाइरहेका छन्।
    नेकपाबाट कृष्णध्वज खड्का उम्मेदवार छन्। पूर्व प्रदेशसभा सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व अर्थ तथा सहकारी मन्त्री खड्का लामो राजनीतिक पृष्ठभूमि भएका नेता हुन्। वाम मत एकीकृत हुन सके परिणाम फरक हुन सक्ने दाबी नेकपाको छ।
    राष्ट्रिय स्वतन्त्र पार्टीले ३१ वर्षीय सुशान्त वैदिकलाई अघि सारेको छ। अर्थशास्त्र पृष्ठभूमिका वैदिक प्रदेश सरकारका पूर्व अर्थ सल्लाहकार हुन्। उम्मेदवारीअघि मात्रै पार्टी प्रवेश गरेका वैदिकलाई रास्वपाले ‘वैकल्पिक राजनीति’ को अनुहारका रूपमा प्रस्तुत गरेको छ।
    राष्ट्रिय जनमोर्चाले तिलकबहादुर जिसीलाई उम्मेदवार बनाएको छ। कुनै समय जिल्लामा प्रभावशाली मानिएको जनमोर्चा यसपटक पुनः आफ्नो आधार सुदृढ गर्ने रणनीतिमा छ।
    प्युठानमा यसपटक प्रत्यक्षतर्फ १४ जना उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी, मंगोल नेशनल अर्गनाइजेशन लगायतका दलका उम्मेदवार पनि प्रतिस्पर्धामा छन्।
    २०७९ को समानुपातिक मत परिणामअनुसार एमालेले ३३ हजार ८०४ मत प्राप्त गरेको थियो। कांग्रेसले १७ हजार ८५१, माओवादी केन्द्रले १३ हजार ३०३, राष्ट्रिय जनमोर्चाले ९ हजार ९५९ र रास्वपाले ५ हजार ८५१ मत पाएका थिए।
    तर स्थानीय विश्लेषकहरूका अनुसार पुराना मत परिणाम मात्र निर्णायक आधार नहुन सक्छन्। उम्मेदवारको व्यक्तिगत प्रभाव, दलभित्रको एकता, र मतदाताको बदलिँदो मनोविज्ञान यसपटक परिणाम निर्धारणका मुख्य कारक बन्न सक्ने देखिन्छ।
    फागुन २१ ले प्युठानको प्रतिनिधित्व मात्र होइन, जिल्लाको आगामी राजनीतिक दिशा पनि तय गर्नेछ।

    Advertisement

    मङ्गलबार, फागुन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने
    रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन
    रास्वपामा नयाँ जिम्मेवारी बाँडफाँट, स्थानीय चुनावको तयारी अघि बढाउने
    सङ्घीय अनुदानका शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ्यो
    पाँच वर्षभित्र राष्ट्रिय गौरवका सिँचाइ आयोजना सम्पन्न गर्ने सरकारको लक्ष्य
    लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    लोकप्रिय

    • १.
      चन्द्र नहरलाई कृषि र पर्यटनसँग जोड्नुपर्छ: मन्त्री

    • २.
      बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क फोन,

    • ३.
      बडीमालिकामा पुग्यो फोर–जी सेवा

    • ४.
      नेपालमै बनेको यात्री स्कुटरले राष्ट्रिय आत्मविश्वास जगायो

    • ५.
      जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन

    • ६.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत

    भर्खरै

    • १.
      रसुवा बाढीपीडितका लागि नेपाली कम्युनिष्ट पार्टीले २५ लाख दिने

    • २.
      बाढी प्रभावितका लागि पत्रकार महासंघ गुल्मीले १ लाख रुपैयाँ सहयोग गर्ने

    • ३.
      बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

    • ४.
      रसुवा बाढी प्रभावितका लागि गोर्खा ब्रुअरीको १० करोड सहयोग

    • ५.
      रसुवामा ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त, ४१ पुल बगे

    • ६.
      नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा पुनःस्थापना

    • ७.
      रसुवाको बाढीमा रोल्पाका एकै परिवारका चार जना बेपत्ता

    • ८.
      रसुवामा बाढी : १९६ भन्दा बढी जलविद्युत् कर्मचारी सम्पर्कविहीन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation