• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ६. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ७. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ८. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ९. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

  • १०. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

प्रधानमन्त्रीको दशै झापामा, सुरक्षा कडा, तालिम प्राप्त कुकुर खटाइयो


  •   आइतबार, असोज २८, २०७५ मा प्रकाशित
  • बिर्तामोड : प्रधानमन्त्री केपी शर्मा ओली दसैँ मनाउन झापा आउने भएपछि प्रहरीले झापाको सुरक्षा व्यवस्था कडा बनाएको छ । सवारी चेकजाँच देखि सीमाक्षेत्रमा हुने आवत जावत र ओसारपसारमा समेत कडाई गरिएको झापा प्रहरीले जनाएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी भीमप्रसाद ढकालका अनुसार शनिवार देखिनै झापाको सुरक्षा व्यवस्थालाई अझै मजबुत बनाइएको छ । ‘चाडपर्वमा अपराधिक गतिबिधि अलिक बढी हुन सक्छ, त्यसैले सुरक्षा रजाँचलाई प्रमुख प्राथमिकता दिएको छ’, प्रमुख ढकालले भने ।

    यो पटक दसैँ मनाउन प्रधानमन्त्री ओली झापा आउने भएपछि सुरक्षाका लागि गस्ती र चेकजाँचमा थप कडाई गरिएको उनको भनाइ छ ।

    प्रधानमन्त्री ओली कात्तिक १ गते झापा आउने भएका छन् । विगतका वर्षहरुमा जस्तै चियापान समारोहलाई निरन्तरता दिन र शुभकामना आदनप्रदान गर्न प्रधानमन्त्री ओली झापा आउन लागेका हुन् ।

    चाडपर्वको समयमा प्रहरी र भन्सारका कर्मचारी चेक जाँचमा व्यस्त र बिदामा बस्नाले जनशक्ति कम भएको मौका छोप्दै बिस्फोटक बस्तु र हतियार भित्रन सक्ने अनुमानसहित१ नम्बर प्रदेश कुकुर शाखा धरानबाट कुकुर ल्याएर पनि झापाका मुख्य बजारमा अनुुसन्धान र जाँच सुरु गरिएको प्रमुख ढकालले बताए ।

    शनिवार प्रदेश शाखा धरानबाट बिस्फोटक पदार्थ पत्ता लगाउने कुकुर ल्याएर प्रधानमन्त्री ओलीको गृह नगर दमकका मुख्य स्थानमा चेक जाँच गरिएको छ ।

    आइतबार बिर्तामोडको मुख्य व्यापारिक स्थलमा कुकुरको सहयोगमा चेकजाँच गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख डीएसपी कृष्णप्रसाद कोइरालाले बताए ।

    ‘चाडपर्वमा ठुला बजरमा भीडभाड हुन्छ, ती स्थानमा बिस्फोटक पदार्थ लुकाएको पनि हुन सक्ने आशंकामा बिर्तामोडको चोक क्षेत्रमा रहेका ठुला बजार र कृषि बजारमा चेक जाँच गरिएको हो’, कोइलारालले भने । उनका अनुसार आइतबार विहान बजारमा भीड लागेको समयमा चेक गरिएको हो ।

    कोेइरालाले कुकुर ल्याएर सुरक्षा जाँच गर्दा अनुसन्धान अझै प्रभावकारी भएको पनि बताए । प्रदेश १ का लागि धरानमा १ नम्बर कुकुर प्रदेश शाखा रहको र आवश्यक परे त्यहाँबाट विभिन्न अनुसन्धानमा पोख्त कुकुरलाई ल्याएर झापामा पनि चेकजाँच गर्ने गरिएको कोइरालाको भनाई छ ।

    शनिवार झापाको लागी बिस्फोटक पदार्थको अनुसन्धान गर्न पोख्त कुकुर झिकाएर अनसन्धान गरीएको १ नम्बर प्रदेश कुकुर प्रदेश शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक दयानन्द श्रेष्ठले बताए ।

    उनका अनुसार झापाको काँकडभिट्टा र चन्द्रगढीमा पनि कुकुरले अनुसन्धान गर्नेछ । १ नम्बर प्रदेश कुकुर प्रदेश शाखामा विभिन्न बिधाको अनुसन्धानमा पोख्त १० वटा कुकुर छन् ।

    तीनवटा विराटनगर एयरपोर्टमा, २ वटा लागूऔषध नियन्त्रण व्यूरो विराटनगरमा र एउटा विस्फोटक पदार्थको चेक गर्ने कुकुर विराटनगरमै रहेका छन् । अन्य चारवटा कुकुर धरानमा रहेको प्रहरीले बताएको छ ।

    आइतबार, असोज २८, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ६.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation