• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, साउन ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

लोकप्रिय समाचार

  • १. नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी हिनामिना

  • २. श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

  • ३. स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी

  • ४. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • ५. स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री शाहको प्रतिबद्धता

  • ६. मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने जोखिम : डिल्लीबहादुर चौधरी

  • ७. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ८. नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

  • ९. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • १०. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

चन्द्रकोटमा १५ शैयाको आधारभूत अस्पताल प्रयोगविहीन


  •   आइतबार, साउन १२, २०८२ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा निर्माण सम्पन्न भएको आधारभूत अस्पताल एक वर्ष बितिसक्दा समेत अझैसम्म प्रयोगमा ल्याइएको छैन् । करोडौं रुपैयाँ खर्चेर निर्माण गरिएको आधारभूत अस्पताल भवन सञ्चालनमा नआउदा नागरिकले वषौंदेखि भोग्दै आएको समस्या जहाको त्यहिँ छ ।
    गाउँपालिकाको वडानम्बर–४ शान्तिपुरमा निर्माण गरिएको १५ शैयाको अस्पताल भवन हालसम्म प्रयोगविहीन अवस्थामा रहँदै आएको छ । २०७८ साल असार २५ गते अस्पताल भवन निर्माणका लागि सम्झौता भएको थियो ।
    भवनको तोकिएको समयमै २०८१ साल असारमा निर्माण कार्य सम्पन्न गरिएको थियो । निर्माणको जिम्मा लिएको तुलसीदत्त अर्जुन बिल्डर्स प्रालि, तम्घासले १२ करोड ७२ लाख रुपैयाँको लागतमा भवन निर्माण गरेको हो ।
    निर्माण सम्पन्न भएको एक वर्ष पुगिसक्दा पनि अस्पताल सञ्चालन नहुँदा स्थानीय बासिन्दाहरू असन्तुष्ट छन् । स्थानीका अनुसार सामान्यदेखि आकस्मिक सेवा लिन पनि टाढासम्म धाउनुपर्ने बाध्यता छ ।
    सेवा सञ्चालन नहुँदा करोडौं रुपैयाँ खर्चेर बनाइएको अस्पताल भवन खेर जाने अवस्थामा पुग्न थालेको गुल्मी उद्योग वाणिज्य संघ शान्तिपुर शाखा अध्यक्ष तेजेन्द्र थापाले बताए । सरकारले गाउँमा अस्पताल बनाउने भनेर खुसी बनाएपछि समयमै अस्पताल सञ्चालनमा नआउदा विभिन्न खाले प्रश्न जन्माएको उनको भनाइ छ ।
    स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएपनि यसमा सरकारले ढिलाइ गर्नु गम्भीर लापरवाही भएको थापाको तर्क छ । अस्पताल सञ्चाालनमा नआउदा नागरिकले सामान्य बाहेक अन्य स्वास्थ्य सेवा लिन जिल्ला सदरमुकाम तम्घास र पाल्पा, बुटवल जानुपर्ने बाध्यता रहेको छ ।
    गाउँपालिकामा निर्माण भएका अत्यधुनिक अस्पताल भवनहरुमा तोकिए अनुसारका सेवा सुबिधा सहितका डक्टरहरु उपलब्ध नभए ठूला भवनले कुनै अर्थ राख्ने छैन् । अहिले पनि दुर्गम गाउँवस्तीमा बिशेषज्ञ डक्टरहरु जान र बस्न नमान्ने समस्या रहेको छ ।
    गाउँपालिकाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरेर सञ्चालन गर्ने तयारी गरिरहेको चन्द्रकोट गाउँपालिकाका सूचना अधिकारी शिवप्रसाद ज्ञवालीले बताए । कार्यपालिकाबाट अस्पताल सञ्चालनका लागि विभिन्न खाले प्रक्रिया अगाडी बढेको ज्ञवालीको तर्क छ ।
    पछिल्लो समय संघिए सरकारले आधारभूत अस्पताललाई पालिका चलाउने भनेकाले डाक्टर लगायत स्वास्थ्यकर्मीहरु राख्न पालिकासँग आन्तरिक श्रोत नहुँदा राख्न समस्या छ । भवनमा लिफ्ट सिस्टकसँगै अत्यधुनिक खालको रहेको छ ।
    नेपाल सरकारले २०७७ साल मंसिर १५ देशभर रहेका स्थानीय तहमा अस्पताल निर्माण गर्न एकै पटक शिलान्यस गरेको थियो । जिल्लाको गुल्मीदबार गाउँपालिको गएको वैशाखदेखि अस्पताल सञ्चालनमा आएको छ ।
    पालिकाले एकजना डक्टर सहित नर्स, स्वास्थ्य कर्मीहरु राखेर सञ्चालनमा ल्याएको हो । तर जिल्लाका अन्य स्थानीय तहमा भने अस्पताल निर्माणको काम निकै सुस्त गतिमा भइरहेको छ ।
    जिल्लाका अन्य पालिकामा १५ शैयाका र जिल्ला सदरमुकाम तम्घासमा पनि ५५ शैयाको अत्यधुनिक भवन निर्माणको काम भइरहेको छ ।

    Advertisement

    आइतबार, साउन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी
    नारायणी अस्पतालमा सुलभ फार्मेसी सञ्चालन
    प्यूठान अस्पतालमा भिडियो एक्सरे सेवा बन्द

    लोकप्रिय

    • १.
      नेपाल टेलिभिजनको स्याटेलाइट खरिदमा २० करोडभन्दा बढी

    • २.
      श्रीलंकामा प्रचण्डले प्रस्तुत गरे समाजवादको राजनीतिक रूपरेखा

    • ३.
      स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने

    • ४.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • ५.
      स्वदेशी जुत्ता–चप्पल उद्योगलाई नीतिगत सहजीकरण गर्ने प्रधानमन्त्री

    • ६.
      मुक्त कमैयाको पुनर्स्थापना अधुरो, फेरि दासतामा फर्किने

    भर्खरै

    • १.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ३.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ४.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ५.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    • ६.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

    • ७.
      भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

    • ८.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation