• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, भदौ २३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

१३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

बाढीपीडितलाई प्यूठान उद्योग वाणिज्य संघको ४ लाख सहयोग

लोकप्रिय समाचार

  • १. त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

  • २. बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा

  • ३. १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

  • ४. जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

  • ५. प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

  • ६. रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

  • ७. भोटेकोशी बाढीपीडितलाई गुल्मीका यातायात व्यवसायीको ५ लाख १ हजार सहयोग

  • ८. तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

  • ९. स्वास्थ्य सूचकमा धुर्कोट उत्कृष्ट

  • १०. बाढीपीडितलाई नव प्रगतिशील युवा क्लबको ५५ हजार सहयोग

गुल्मीको सिस्तुङमा सय रोपनीमा एकैदिन धान रोपाइँ


  •   आइतबार, साउन ०५, २०८२ मा प्रकाशित
  • गुल्मी । पहाडी जिल्ला गुल्मीको धुर्कोट गाउँपालिका–६, सिस्तुङमा एकै दिन १०० रोपनी क्षेत्रफलमा धान रोपाइँ गरिएको छ । जुन पहाडी भूभागमा असम्भव सरह मानिन्छ ।
    यो रोपाइँ कुनै साधारण कृषि कार्य मात्र होइन, एक भव्य उत्सवका रूपमा सम्पन्न भएको हो । स्थानीय अगुवा कृषक ५४ वर्षीय मेघनाथ अर्यालले विगत दुई वर्षदेखि एक विशेष परम्पराका रूपमा विकसित हुँदै आएको छ ।
    पछिल्लो समय अर्यालले आफ्नो ७० रोपनी र ३० रोपनी भाडामा लिएर धान खेती गर्दै आउनु भएको छ । अर्यालले आफ्नो खेतमा धान रोपाइँलाई सांस्कृतिक उत्सवका रूपमा अघि सार्नु भएको छ । एकै दिन १०० जना रोपाइँ गर्ने खेतारी, ५० जना ठिगारे र तीन वटा ट्याक्टरद्धारा जोत्ने काम गरिएको थियो । रोपाइँमा त्यसको दोब्बर संख्यामा हेर्ने नाँच्ने गाउँने पनि सहभागी थिए ।
    जसमा पञ्चे बाजा, राष्ट्रिय कलाकारहरूको प्रस्तुति र स्थानीय समुदायको व्यापक सहभागिता रहन्छ । खेतीपातीलाई बोझ होइन, उत्सवका रूपमा लिन सकिन्छ भन्ने सन्देश दिनका लागि धान रोपाइँलाई भव्य बनाउने गरेको अर्यालले बताउनुभयो ।
    पञ्चे बाजा, गीत–संगीत र रमाइलो गर्दै काम गर्दा थकाइ हुँदैन, उल्टै मन रमाउँने उनको भनाइ छ । कार्यक्रममा राष्ट्रिय कलाकारहरू हरि खत्री र शकुन्तला गैरे, हिमाल कुँवरद्वारा सांगीतिक प्रस्तुति दिइएको थियो ।
    सयौं स्थानीयले सामूहिक रूपमा रोपाइँमा सहभागिता जनाएका थिए । महिलाहरूको लामो लक्सर सहित रोपाइँमा सहभागिता जनाएका थिए ।
    पुरुषहरू बाजागाजासहित नाचगानमा रमाइरहेका थिए । सामूहिक खेती, परम्परा र आधुनिकतालाई जोड्ने यस प्रयासले सिंगो समुदायमा सहकार्यको भावना बलियो बनाएको छ ।
    स्थानीय सरकारका प्रतिनिधिहरू र कृषि प्राविधिकहरूले अर्यालको पहललाई नमूना परियोजनाका रूपमा मूल्यांकन गरेका छन् । यसैवर्ष उनलाई गाउँपालिकाले उत्कृष्ट कृषकका रुपमा पुरस्कृत समेत गरिएको थियो ।
    यी यस्ता क्रियाकलापहरूले युवालाई कृषि तर्फ आकर्षित गर्न सक्ने सम्भावना देखिएको छ । गुल्मी सिस्तुङको यो उदाहरणले पहाडमा कृषि केवल जीविकोपार्जनको माध्यम नभई उत्सव, रोजगार र पर्यटनको माध्यम बन्न सक्ने सम्भावनाको ढोका खोलेको छ ।
    उत्पादनसँगै उद्योग पनि
    अर्यालले उत्पादन गरेको धानको चामल अब ‘धुर्कोटे चामल’ को नाममा ब्राण्डिङ गरी बजारमा पठाइएको छ । यसैवर्ष देखि स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्दै व्यावसायिकिकरणतर्फ अघि बढाउने उद्देश्यले उक्त चामललाई ब्राण्डिङ, लेबलिङ तथा प्याकेजिङ गरी औपचारिक रुपमा बजारमा पठाइएको हो ।
    २५ किलोग्रामको बोरामा प्याक गरिएको चामलको बोरालाई २ हजार ५ सयमा बेच्ने गरि मुल्य तयार गरिएको छ । स्थानीय उत्पादनलाई ब्राण्डमार्फत पहिचान दिन सकिने उदाहरणीय पहलका रूपमा ‘धुर्कोटे चामल’ले अबको दिनमा कृषकहरूको भविष्य उज्यालो बनाउने अपेक्षा गाउँपालिकाले लिएको छ ।
    चामललाई नापतौल गुणस्तर विभाग लगायतका सरकारी प्रक्रिया पुरा गरेर बजारमा पठाइएको कृषक मेघनाथ अर्यालले बताउनुभयो। अर्यालका अनुसार उनले अघिल्लो वर्ष यसक्षेत्रमै धेरै ४ सय मुरि धान उत्पादन गरेका थिए ।
    उहाँले ‘धुर्कोटे चामल’को नामले बजारमा छुट्टै स्थान बनाएको बताएका छन् । चामल बजारमा माग धेरै भएको उहाँको भनाइ छ । यसले गाउँमा कृषि व्यवसायिकरण र स्वरोजगार सिर्जनाको सम्भावनालाई थप सशक्त बनाउने देखिएको छ ।
    स्थानीय उत्पादनलाई स्थानीय पहिचानसहित राष्ट्रिय बजारमा पु–याउने उद्देश्यले गरिएको यो प्रयास ग्रामीण अर्थतन्त्र सुदृढीकरणतर्फको महत्वपूर्ण पाइला मानिएको छ । गाउँमा बाँझिदै गरेका खेतीबारि लिजमा लिएर अर्यालले व्यवसायीक रुपमा धान मकै उत्पादनलाई जोड दिएका छन् ।
    अघिल्लो वर्षको मंसिर महिनामा अर्यालले पहिलो पटक उत्पादन गरेको ४ सय मुरि धान प्रर्दशन समेत गरिएको थियो । पहाडी क्षेत्रमा एउटै कृषकले सयौं मुरि धान उत्पादन गर्ने कृषक पाइदैन ।
    तर अर्यालले उत्पादन गरेर गुल्मीमै चर्चा कमाएका थिए । उहाँले गरे हेरक कुराको सम्भव रहेको प्रस्तुत समेत गर्नु भएको छ।
    अर्को वर्ष मकैको आटो र कोदो उत्पादन र खरिद गरेर बिक्री गर्ने सोचमा रहेको उहाँले बताउनुभयो । भैंसी पालन समेत गरेका अर्यालले उचित मलको प्रयोगले धान खेती पनि राम्रो हुँने गरेको बताउनुभयो ।
    गुल्मीबाट बैदेशिक रोगजारिका लागि कोरियामा मेहनत पछि बुटवलमा १६ वर्ष बसेका अर्यालले शहरको सुख्ख छोडेर भैँसी पालन र धान खेतीको व्यवसायलाई अगाल्दै आउनु भएको छ ।
    धान खेतीसँगै अर्यालको फममा अहिले माहु भैँसी २२ वटा सहित ४२ वटा भारतबाट ल्याएका मुर्रा जातका भैँसी छन् । हाल यो फर्मबाट दैनिक १ सय लिटर भैँसीको दूध उत्पादन भइरहेको छ।
    तीन वर्ष पहिले एक करोड बढि लगानीबाट शुरु भएको व्यवसायबाट स्थानीय २० जनाले प्रत्यक्ष रोजगारी समेत पाएका छन्।

    Advertisement

    आइतबार, साउन ०५, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा
    प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान
    तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का
    बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब रुपैयाँ निकासा
    एमालेले बाढीपीडितका लागि १ करोड २० लाख सहयोग परिचालन गर्ने
    रसुवाका विभिन्न क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित

    लोकप्रिय

    • १.
      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    • २.
      बाढी प्रभावित क्षेत्रमा खर्च गर्न एक अर्ब

    • ३.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ४.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे

    • ५.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    भर्खरै

    • १.
      विपत्तिको बेला सरकारको विरोध होइन, सहयोग गर्नुपर्छ : बब्बु

    • २.
      १३ वर्षपछि बुद्धभूमिका ७३० परिवारको हातमा लालपुर्जा

    • ३.
      प्रधानमन्त्री राहत कोषमा कांग्रेसको एक करोड योगदान

    • ४.
      तीजको खर्च पीडितका नाममा, धागिथुमका महिलाको मनकारी निर्णय

    • ५.
      माथिल्लो त्रिशूली–३ए उद्धारका पर्दापछाडिका नायक

    • ६.
      रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

    • ७.
      तिनाउमा पौने दुई अर्बको ‘सिग्नेचर ब्रिज’ बन्ने,चिनियाँ कम्पनीले पायो ठेक्का

    • ८.
      जोखिमपूर्ण यात्रा गर्दै राहत लिएर रसुवा पुगे प्यूठानका युवा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...