• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ३. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ४. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ५. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ६. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ७. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ८. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

छोरा गुमाउँदा आन्दोलनमा थिए बाबु, सुदीपको निधनले बुटवल शोकमग्न


  •   बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
  • बुटवल, रुपन्देही — भारतको जम्मु–कश्मीरको पहलगाममा आतङ्कवादी आक्रमणमा परी बुटवल–११ मनकामना टोलका २७ वर्षीय सुदीप न्यौपानेको मृत्यु भएको छ। मंगलबार दिउँसो भएको आक्रमणमा आतंककारीले धर्म पहिचान सोधी गोली प्रहार गर्दा सुदीपको घटनास्थलमै ज्यान गएको हो।
    सुदीप आमा रिमा, बहिनी सुष्मा र ज्वाइँ उज्ज्वल काफ्लेसँग पारिवारिक घुमघामका लागि पहलगाम पुगेका थिए। आक्रमणमा परिवारका अन्य सदस्य भने भागेर ज्यान जोगाउन सफल भए, आमा सामान्य घाइते भएकी छन्।
    सुदीपले बीपीएच (Bachelor in Public Health) अध्ययन पूरा गरेका थिए र पछिल्लो समय ‘आधुनिक समाज डेन्टल’ मार्फत मुख स्वास्थ्य अभियानमा संलग्न थिए। उनी ग्रामीण क्षेत्रका सर्वसाधारणबीच स्वास्थ्य सचेतना फैलाउन क्रियाशील थिए।
    उता, उनका पिता ध्रुव न्यौपाने काठमाडौंमा शिक्षक आन्दोलनमा सहभागी थिए। मंगलबार आन्दोलन सकाएर बुधबार बिहान बुटवल फर्कने क्रममा उनले बाटोमै छोराको मृत्युको खबर थाहा पाए।
    ‘घुम्न गएका छन् भन्ने पनि थाहा थिएन, गाडीमा फेसबुक खोलेपछि अचानक यस्तो खबर देख्दा म एक्कासी भत्किएँ,’ भन्दै उनले आफ्नो पीडा व्यक्त गरे। ध्रुव न्यौपाने बुटवल–१८ स्थित भवानी माविमा अध्यापन गर्दछन्। श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको कारण सुदीप आमासँग बस्दै आएका थिए। एक छोरा र एक छोरीमध्ये छोरीको विवाह पोखरामा भइसकेको छ। अहिले बुटवल ११ मनकामना टोल शोकमग्न छ। स्थानीय र छिमेकीले सुदीपलाई मिलनसार र सेवाभावी युवाका रूपमा सम्झिएका छन्।
    सुदीपको शवलाई पाल्पाको बगनासकाली गाउँमा पुर्याइने तयारी गरिएको छ, जहाँ उनका बुबाले संस्कार गर्ने इच्छा व्यक्त गरेका छन्।

    Advertisement

    बुधबार, बैशाख १०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ४.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ५.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation