• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, पुष १४, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

  • २. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • ३. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ४. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ५. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ६. व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

  • ७. दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

  • ८. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ९. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

यी हुन् सफल जीवन बदल्दिने प्लेटोका १२ वाणी


  •   मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
  • Advertisement

    प्लेटो विश्वचर्चित दार्शनिक हुन् । उनी सुकरातका शिष्य र अरस्तुका गुरु हुन् । तर, यी दुईको साथ लिएर प्लेटोले पश्चिमी सभ्यताको बौद्धिक परम्पराको रचना र सुरुवात गरे । पश्चिममा उच्च शिक्षाका लागि पहिलो एकेडेमी स्थापना गर्ने श्रेय पनि उनैलाई जान्छ । इसापूर्व ४२७ मा ग्रिसको राजधानी एथेन्स सहरमा जन्मिएका प्लेटोका थुप्रै पुस्तक र जीवनसम्बन्धी वाणीहरू विश्वचर्चित छन् । सफल जीवनका लागि प्लेटोका केही वाणी यहाँ उल्लेख गरेका छौँ । जसले तपाईंको जीवनमा सकारात्मक परिवर्तन ल्याउन भूमिका खेल्न सक्छ :

    १. मानिसले सफल हुनका लागि हरसम्भव मिहिनेत गर्छ । विभिन्न हतकन्डा अपनाउँछ, आइडिया निकाल्छ । प्लेटो भने मानिस सफल हुनका लागि तीन चिजको आवश्यकता पर्ने बताउँछन्– इच्छा, भावना र ज्ञान । उनको भनाइअनुसार यी तीन चिजलाई आत्मसात् गरेर अगाडि बढ्ने मान्छे जीवनमा सफल हुन्छ ।

    २. मनिसले थुप्रै कामको योजना बनाएको हुन्छ, सपना देखेको हुन्छ । जुन दिनप्रतिदिन फेरिँदै पनि जान्छन् । कतिले आफूले बनाएका योजना कार्यान्वयनमा समेत लैजान सक्दैनन् । तर, प्लेटो भन्छन् कि काम गर्नुको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै सुरुवात हो । त्यसैले तपाईंले सोचेको कामलाई कार्यान्वयनमा लान थालिहाल्नुस् । जसले जीवन सफल बनाउन भूमिका खेल्छ।

    ३. अरूलाई पछि पार्न, पराजित गर्न र नंग्याउनका लागि मानिस लागिपर्छ र यस्तो गतिविधि सफल भएमा आफूलाई विजयी ठान्छ । यस विषयमा प्लेटोको फरक धारणा छ । उनी भन्छन्, ‘पहिलो र सबैभन्दो ठूलो जित भनेको आफैँमाथिको विजय हो । तपाईंले भविष्यमा हात पार्ने जितमा यसले ठूलो भूमिका खेल्छ । तर, तपाईं आफैँभित्र पराजयको अनुभूति छ भने त्यस्ता जितले लज्जित बनाउँछ ।’

    ४. एउटा चर्चित भनाइ छ, ‘स्वास्थ्य नै धन हो’ । प्लेटोको पनि स्वास्थ्यसम्बन्धी महत्वपूर्ण वाणी छ । उनले स्वास्थ्यलाई जीवनको सबैभन्दा महत्वपूर्ण पक्ष मानेका छन् । भनेका छन्, ‘स्वास्थ्यप्रति निकै सचेत हुनुस् किनभने स्वास्थ्य जीवनको सबैभन्दा ठूलो बाधा हो ।’

    ५. मानिस स्वभावैले असन्तुष्ट प्राणी हो । कतिपयले हरेक सफलतालाई समेत असन्तुष्टिको दलदलमा फसाइरहेका हुन्छन् । अरू कसैको देखासिकी र आरिस पनि असन्तुष्टिको कारक हो । प्लेटोले भने सन्तुष्टिलाई महत्वपूर्ण ढंगले प्रस्ट्याएका छन् । भन्छन्, ‘अलिकति सन्तुष्टि पनि तपाईंका लागि निकै ठूलो धन साबित हुन सक्छ ।’

    ६. मानिस शक्तिमा रहन चाहन्छ । सकेसम्म अरूलाई शोषण गर्न चाहन्छ र यसो गर्न सकेमा सन्तुष्टिको सास फेर्छ । तर, कहिल्यै अरूको सेवा गर्न चाहँदैन, पवित्र मनले मजदुर बन्न सक्दैन । जीवन सफल बनाउनका लागि प्लेटोको अर्को दर्शन हो, ‘जो राम्रो सेवक होइन, ऊ राम्रो मालिक पनि बन्न सक्दैन ।’

    ७. हामी सानामसिना कामलाई त्यति वास्ता गर्दैनौँ या भनौँ इन्कार नै गर्छौं । ठूल्ठूला काम मात्र मस्तिष्कमा बोकेर हिँड्छौँ र त्यसैअनुसारको महत्वाकांक्षा मनमा सजाउँछौँ । तर, प्लेटोको दर्शनले स–साना कामलाई पनि उत्तिकै महत्व दिएको छ । जुन जीवनका लागि निकै महत्वपूर्ण साबित हुन सक्छ । उनले भनेका छन्, ‘स–साना कामलाई सफलतापूर्वक पूरा गर्नु ठूल्ठूला कामलाई अपूर्ण गर्नुभन्दा धेरै गुणा राम्रो र महत्वपूर्ण हुन्छ ।

    ८. हामीले भविष्यको लक्ष्य कहिले निर्धारण गर्छौं ? यस विषयमा निकै रोचक दर्शन छ, प्लेटोको । आफ्नो सुरुवाती शिक्षाको समयमै मानिसले भविष्यको लक्ष्य निर्धारण गर्ने बताउँछन्, प्लेटो । शिक्षाअनुसार नै मानिसले आफ्नो भविष्यको लक्ष्य निर्धारण गर्ने उनको भनाइ छ ।

    ९. कैयौँ मानिस आफ्नो जीवन र कामप्रति असन्तुष्टि हुन्छन् । कतिपय त आत्महत्या गर्नसमेत पछि पर्दैनन् । तर, प्लेटो भने जीवनलाई सुन्दर तरिकाले जिउन सुझाब दिन्छन् । भन्छन्, ‘जीवनलाई खेलजसरी जिउनुपर्छ, खेल खेल्दाजस्तै रमाइलो गरी ।’ यसो गर्दा मानिस सफल हुनका लागि प्रेरणा मिल्छ ।

    १०. हामीले आफ्नो कुरालाई प्रमाणित गर्नका लागि कतिसम्म एउटै कुरा दोहोर्‍याउन सक्छौँ ? कहिलेकाहीँ त सही कुरा पनि कसैको बहकाउमा बोल्न सक्दैनौँ । तर, सुकरात भन्छन् कि राम्रो कुरालाई दोहोर्‍याउनका लागि कुनै झन्झट मान्नु हुँदैन ।

    ११. अरू दार्शनिक या महान् व्यक्तिले जस्तै प्लेटोले पनि आत्मविश्वासलाई ठूलो शक्तिका रूपमा वर्णन गरेका छन् । सफल मानिसमा आत्मविश्वासको ठूलो भूमिका रहने उनको भनाइ छ । भनेका छन्, ‘यदि विश्वासका साथ लडेमा हाम्रो शक्ति दुई गुणाले बढ्छ ।’

    १२. प्लेटोले भनेका छन्, ‘महान् बन्न चाहेमा स्वयं आफ्नो कामप्रति प्रेम गर्नुपर्दछ । जुन उचित लाग्छ त्यही काम गर्नुपर्छ, न कि अरूले भनेको काम गर्नुपर्छ ।’ उनले यो पनि भनेका छन् कि एक व्यक्ति एकैसाथ थुप्रै काममा सफल हुन सक्दैन । नयाँ पत्रिकाबाट

    मङ्गलबार, असोज २३, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने
    सापडाडाका अशक्त दिलिपलाई घरमै पुगेर नागरिकता

    लोकप्रिय

    • १.
      गुल्मीको इस्मा विद्यालयस्तरीय छात्र फुटबल प्रतियोगिता सुरु

    • २.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ६.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    भर्खरै

    • १.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • २.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ३.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ४.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ५.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    • ६.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • ७.
      दम्ती सबस्टेसन सञ्चालनको मागसहित प्राधिकरणमा निवेदन

    • ८.
      व्यवसायीका समस्या बुझ्न घरदैलो कार्यक्रम

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...