• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज २४, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ५. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ९. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • १०. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

स्वस्थानीको कथा सुन्न धागिथुम मन्दिरमा भक्तजनको चहलपहल


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको तम्घासस्थित धागिथुम भगवती मन्दिरमा भक्तजनको चहलपहल बढिरहेको छ । पछिल्लो समय मन्दिरमा पुजाआरधाना गर्ने,कथा सुन्ने र भजनकृतन गर्ने श्रद्धालुको संख्या दैनिक बढिरहेको छ ।
       धागिथुम भगवती मन्दिर परिसरमा गतबर्ष स्वस्थानी माताको मन्दिर निर्माण गरिएको थियो । धागिथुम भगवती मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको मन्दिरमा गत पौष ३० गतेदेखि स्वस्थानी पूजा आरधाना चलिरहेको छ । नेपाली सेनाको व्यारेक परिसरमा रहेको यस धागिथुममा भगवतीको मन्दिरमा भक्तजनाको घुइँचो बढिरहेको छ । साँखु शालिनदी किनारमा अवस्थित स्वस्थानी माताको मन्दिर रहेको छ ।सोहि मन्दिर जस्तै यहाँ पनि स्थापना गरिएको छ । हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी ब्रत चलिरहेको छ । हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि स्वस्थानी कथा र ब्रतको ठूलो महत्व रहेकाले यहाँ भक्तजनको चहलपहल बढिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए । पुरानो इतिहास बोकेको धागिथुम मन्दिरमा अहिले स्वस्थानी कथा वाचन,पुजा आराधना संगै भजनकृतन भइरहेको छ ।  मन्दिर निर्माणले पछिल्लो समय व्रत बस्नेलाई सहज र भक्तजनको धार्मिक क्षेत्रमा थप विश्वास बढेको थापाले बताए । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन्। यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । गुल्मी जिल्ला ऋषिमुनिहरुले तपस्या गरेको स्थल रहेकाले यसक्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ ।
        स्वस्थानी माताको मन्दिर रेसुङ्गा नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा निर्माण गरिएको हो । मन्दिर निर्माणसँगै यहाँको पर्यटन प्रर्वद्धनमा पनि नगरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।  निजी क्षेत्रको सक्रियतामा निर्माणले भक्तजनमा थप उत्साह थपिएको रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले बताईन् । उनले करिब दुई सय वर्षअघि १८औं शताब्दीको अन्त्यतिर निर्माण भएको धागिथुम भगवती मन्दिरको आफ्नै धार्मिक महत्व र महिमा रहेको सुनाइन् । रेसुंगा नगरपालिकाले नेपाली संस्कृति र मौलिकताको संरक्षण र प्रर्वद्धनका निम्ति सहयोग गर्दै आएको उपप्रमुख कुँवरले बताईन् । उनले नेपाली कला संस्कृति र मौलिकता देशकै पहिचान रहेकाले यसको संरक्षण र प्रचारप्रसार सबैको दायित्व रहेको बताइन् । मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । जसमा पाँचवटा गजुर छन् ।  मन्दिरको छानो पनि पित्तलले छाइएकाले यसमा भक्तजनको थप आकर्षण देखिन्छ । स्वस्थानी माताको मन्दिर स्थापनासँगै दैनिक पूजाआजा तथा कथा वाचनमा तम्घास बजार आसपासबाट श्रद्धालु आइरहेको धागिथुम भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । मन्दिरमा पुगेर पुण्य काममा सरिक हुन पाइने भएकाले यहाँ भक्तजनको आर्कषण र विश्वास बढिरहेको उनले बताए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाका अनुसार यहाँ वडादशैंमा नवदुर्गा भगवान र माघमा स्वस्थानी माताको पुजाआरधाना हुने गर्दछ।
        मन्दिरमा धार्मिक तथा नागको ठुलो शक्ति रहेकाले पनि भक्तजनको ठुलो विश्वास बढ्दै गएको छ । यस मन्दिर र यहाँको धार्मिक विशेषताको प्रचारप्रसारका माध्यमबाट श्रद्धालु भित्राउने अपेक्षा लिएको थापाले बताए ।

    Advertisement

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने
    मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल
    रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा
    सरुवा भएका हाकिम नहटेपछि पिपरा गाउँपालिकाको आर्थिक अधिकार रद्द

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ५.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • २.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ३.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    • ४.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

    • ६.
      राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

    • ७.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

    • ८.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation