• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असार २१, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

नौबहिनीले बाल विवाह शून्यमा झार्न १० वर्षे रणनीति बनाउँदै

लोकप्रिय समाचार

  • १. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • २. बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन कार्यशाला

  • ३. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

  • ४. बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव लिन संवाद कार्यक्रम

  • ५. नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

  • ६. गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

  • ७. भारी वर्षाको सम्भावना: राप्ती गाउँपालिकामा दुई दिन विद्यालय बन्द

  • ८. क्वाडी–बाग्दुला सडक विस्तार हुँदै, संरचना हट्नेमा स्थानीय चिन्तित

  • ९. मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

  • १०. शंकर बिसिको शब्दमा तीज गीत ‘साइली छोरी’ सार्वजनिक

स्वस्थानीको कथा सुन्न धागिथुम मन्दिरमा भक्तजनको चहलपहल


  •   आइतबार, माघ २७, २०८१ मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको तम्घासस्थित धागिथुम भगवती मन्दिरमा भक्तजनको चहलपहल बढिरहेको छ । पछिल्लो समय मन्दिरमा पुजाआरधाना गर्ने,कथा सुन्ने र भजनकृतन गर्ने श्रद्धालुको संख्या दैनिक बढिरहेको छ ।
       धागिथुम भगवती मन्दिर परिसरमा गतबर्ष स्वस्थानी माताको मन्दिर निर्माण गरिएको थियो । धागिथुम भगवती मन्दिर व्यवस्थापन समितिले निर्माण गरेको मन्दिरमा गत पौष ३० गतेदेखि स्वस्थानी पूजा आरधाना चलिरहेको छ । नेपाली सेनाको व्यारेक परिसरमा रहेको यस धागिथुममा भगवतीको मन्दिरमा भक्तजनाको घुइँचो बढिरहेको छ । साँखु शालिनदी किनारमा अवस्थित स्वस्थानी माताको मन्दिर रहेको छ ।सोहि मन्दिर जस्तै यहाँ पनि स्थापना गरिएको छ । हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी ब्रत चलिरहेको छ । हिन्दु धर्ममा आस्था राख्नेहरुका लागि स्वस्थानी कथा र ब्रतको ठूलो महत्व रहेकाले यहाँ भक्तजनको चहलपहल बढिरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए । पुरानो इतिहास बोकेको धागिथुम मन्दिरमा अहिले स्वस्थानी कथा वाचन,पुजा आराधना संगै भजनकृतन भइरहेको छ ।  मन्दिर निर्माणले पछिल्लो समय व्रत बस्नेलाई सहज र भक्तजनको धार्मिक क्षेत्रमा थप विश्वास बढेको थापाले बताए । आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिला दिदीबहिनीले एक महिनासम्म श्रीस्वस्थानीको ब्रत बस्ने गर्दछन्। यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्दछ । गुल्मी जिल्ला ऋषिमुनिहरुले तपस्या गरेको स्थल रहेकाले यसक्षेत्र निकै महत्त्वपूर्ण मानिन्छ ।
        स्वस्थानी माताको मन्दिर रेसुङ्गा नगरपालिका र स्थानीयको आर्थिक सहयोगमा निर्माण गरिएको हो । मन्दिर निर्माणसँगै यहाँको पर्यटन प्रर्वद्धनमा पनि नगरले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।  निजी क्षेत्रको सक्रियतामा निर्माणले भक्तजनमा थप उत्साह थपिएको रेसुङ्गा नगरपालिका उपप्रमुख अमृतादेवी कुँवरले बताईन् । उनले करिब दुई सय वर्षअघि १८औं शताब्दीको अन्त्यतिर निर्माण भएको धागिथुम भगवती मन्दिरको आफ्नै धार्मिक महत्व र महिमा रहेको सुनाइन् । रेसुंगा नगरपालिकाले नेपाली संस्कृति र मौलिकताको संरक्षण र प्रर्वद्धनका निम्ति सहयोग गर्दै आएको उपप्रमुख कुँवरले बताईन् । उनले नेपाली कला संस्कृति र मौलिकता देशकै पहिचान रहेकाले यसको संरक्षण र प्रचारप्रसार सबैको दायित्व रहेको बताइन् । मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । जसमा पाँचवटा गजुर छन् ।  मन्दिरको छानो पनि पित्तलले छाइएकाले यसमा भक्तजनको थप आकर्षण देखिन्छ । स्वस्थानी माताको मन्दिर स्थापनासँगै दैनिक पूजाआजा तथा कथा वाचनमा तम्घास बजार आसपासबाट श्रद्धालु आइरहेको धागिथुम भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाले बताए । मन्दिरमा पुगेर पुण्य काममा सरिक हुन पाइने भएकाले यहाँ भक्तजनको आर्कषण र विश्वास बढिरहेको उनले बताए। मन्दिर व्यवस्थापन समितिका अध्यक्ष थापाका अनुसार यहाँ वडादशैंमा नवदुर्गा भगवान र माघमा स्वस्थानी माताको पुजाआरधाना हुने गर्दछ।
        मन्दिरमा धार्मिक तथा नागको ठुलो शक्ति रहेकाले पनि भक्तजनको ठुलो विश्वास बढ्दै गएको छ । यस मन्दिर र यहाँको धार्मिक विशेषताको प्रचारप्रसारका माध्यमबाट श्रद्धालु भित्राउने अपेक्षा लिएको थापाले बताए ।

    Advertisement

    आइतबार, माघ २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
    पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक
    रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग
    गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट
    पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 
    गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    लोकप्रिय

    • १.
      प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

    • २.
      बालबालिकाको लेखन सिप अभिवृद्धिका लागि नौबहिनीमा हस्तलेखन

    • ३.
      प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

    • ४.
      बेलुवा–बिजुवार सडक विस्तारमा दर्जनौं घर प्रभावित, सुझाव

    • ५.
      नौबहिनीमा उत्कृष्ट किसानहरु सम्मानित

    • ६.
      गण्डक नहरमा युवक बेपत्ता, खोजी जारी

    भर्खरै

    • १.
      बर्दियामा डेङ्गु, कालाजार र स्क्रबटाइफसका बिरामी बढ्दै

    • २.
      नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु

    • ३.
      पहिरोको जोखिम बढेसँगै पाल्पामा रातिको यात्रामा रोक

    • ४.
      रुखबाट खसेर घाइते भएकी तुलसालाई दुई लाख ४४ हजार सहयोग

    • ५.
      गुल्मीदरबारमा १५ शैयाको अस्पताल सञ्चालन, गाउँमै उपचार सेवा सुरु

    • ६.
      गढवा गाउँपालिकामा एक वर्षमा १२१ उजुरी, ८१ फर्छ्यौट

    • ७.
      ‘बाचा पुरा गरेरै छाड्छु’ : मन्त्री थापा

    • ८.
      प्यूठानका दर्जनौ खानेपानी योजना बर्षौंदेखी अधुरै

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation