दाङ–लुम्बिनी प्रदेश सभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेश सभा बैठकमा बिशेष सम्वोधनकालागि निमन्त्रणा गरेको छ । फागुन ५ गते सोमवार बस्ने प्रदेश सभाको बैठकमा बिशेष सम्वोधनकालागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको हो ।
सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रणा गर्नु भएको हो । लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको छ।
फागुन ५ गते प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधनपछी घोराहीमा आयोजना हुने सभालाई सम्वोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
Advertisement