• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, माघ ०८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

प्युठानमा १४ जनाको मनोनयन दर्ता

प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

लोकप्रिय समाचार

  • १. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • २. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ३. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ४. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ५. प्युठानमा १४ जनाको मनोनयन दर्ता

  • ६. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

  • ७. ‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

  • ८. ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

  • ९. अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

  • १०. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

सरस्वती मा.वि. बाङ्गेसालको ४३ औँ बार्षिक उत्सव सम्पन्न


  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
  • प्युठान । प्यूठानको सरस्वती माध्यमिक विद्यालय सरूमारानी गाउँपालिका–१, बाँङ्गेसालको ४३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस आज मंगलबार विद्यालय परिसर बाङ्गेसाल प्यूठानमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दधिराम भण्डारीको अध्यक्षता एवम् संविधानसभा सदस्य धनबहादुर राइमाझीको प्रमुख आतिथ्यता तथा सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्काको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
    बार्षिक उत्सवको उद्धाटन गर्दै संविधानसभा सदस्य राइमाझीले शिक्षालाई सिप र उत्पादन संग जोड्नुपर्ने बताउनुभयो । उहाँले पढाईलेखाई संगै सबै अभिभावकहरुले आफ्ना छोराछोरीलाई घरमा कृषि पेसामा जोड्न सके मात्र सिप संग शिक्षाको तुलना हुने बताउनुभयो । उहाँले अब शिक्षा कृषि उत्पादन, उद्यमशिलता र सिप संग जोड्न सबैपक्ष जिम्मेवार हुन आग्रह गर्नुभयो ।
    संविधानसभा सदस्य राइमाझीले पछिल्लो समयमा बच्चाहरुमा संस्कार हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले संस्कार र पहिचान बिना शिक्षाको कुनै अर्थ नरहने तर्क गर्नुभयो । उहाँले समयअनुकुल शिक्षा परिमार्जन आवश्यक रहेको समेत बताउनुभयो ।
    त्यस्तै बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्काले विद्यार्थीहरुलाई शिक्षा संगै स्थानीय उत्पादन र सिप जोड्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरु पढेर बिदेश नभई स्वदेशी माटोमा रमाउन सक्नुपर्ने बताउनुभयो । उहाँले बैदेशिक यात्रा पछिल्लो समय जोखिम बन्दै गइरहेको उदाहरण दिंदै आफ्नै देशमा रोजगार र सिप संग जोडिन आग्रह गर्नुभयो ।
    यस्तै कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अब शिक्षा सिप, प्रविधिमैत्री र संस्कार सहितको हुनुपर्ने बताएका थिए । उनीहरुले शिक्षालाई अहिलेको प्रबिधि संग जोड्दै सिप र संस्कार सिकाउन जरुरी रहेको बताएका थिए ।
    सो अवसरमा सोही विद्यालयमा अध्यापनरत ६ जना उत्कृष्ट शिक्षक सहित विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने उत्कृष्ट शिक्षकहरुमा माबि तर्फ टोपाराम पोख्रेल, कृषि प्राबिधिक तर्फ सुमन पाण्डे, निमाबि तर्फ शरद गिरी तथा प्राबि तर्फ महेशकुमार रायमाझी, बोधराज अधिकारी र सीता कुमाल रहनु भएको छ । उहाँहरुलाई दोसल्ला र सम्मान—पत्र सहित सम्मान गरिएको थियो ।
    यस्तै विद्यार्थी सम्मान तर्फ उत्कृष्ट समाचार बाचक तर्फ कक्षा ८ की कबिता केसी, अतिरिक्त कृयाकलापमा धेरै सहभागिता जनाए बाफत कक्षा ८ की काब्या ज्ञवाली, अनुशासन तर्फ गगन बिष्ट, राशी घर्ती, टेक बहादुर पुन र जुना धामी सम्मानित हुनु भएको छ ।
    यस्तै बार्षिक उत्सव समारोह मै अनुशासित, महेन्ती, लगनशिल बिद्यार्थीहरुलाई विभिन्न अक्षयकोषबाट पुरुस्कृत गरेको छ । यसरी पुरुस्कृत हुनेहरुमा भुरेअ अक्षयकोस कक्षा ८ मा पालिका प्रथम सृजना मल्ल, कक्षा १० का पालिका प्रथम मनसिज घिमिरे रहनु भएको छ । यस्तै हाजी अक्षय कोषबाट कक्षा ५ का छात्रा सिमरन थापा, छात्र गगन राना, मुस्लिम समुदायबाट छात्रा जास्मिन खातुन, कक्षा १२ बाट छात्र सुन्दर थापा, छात्रा सुधा थापा, मुस्लिमबाट रुबिया खातुन र अभिभावक तर्फ पार्बता बिकलाई समेत पुरुस्कृत गरिएको छ ।
    कार्यक्रममा विद्यालयका प्रधानध्यापक भक्तबहादुर मर्साङ्गीले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा विद्यार्थीहरुले सन्देशमूलक नाटक र स्थानीय कला संस्कृति झल्किने सांस्कृतिक प्रस्तुत समेत देखाएका थिए ।
    वि.सं २०१७ सालमा स्थापना भएको विद्यालयमा हाल १ हजार १ सय ७४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । जसमा ५ सय ४३ छात्र र ६ सय ३१ छात्रा रहेका छन् । हाल उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको छ । यस्तै कक्षा नर्सरी देखि ७ कक्षा सम्म र ९ र १० कक्षा सम्म अँग्रेजी मिडिममा र कक्षा ९ देखि १२ सम्म प्राबिधिक धारमा समेत पठनपाठन भइरहेको विद्यालयले जनाएको छ । हाल विद्यालयमा प्रधानध्यापक र कार्यालय सहयोगी सहित ४८ जना शिक्षकशिक्षिकाहरु रहनु भएको छ ।

    Advertisement

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • २.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ३.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ४.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना

    • ५.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ६.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन

    भर्खरै

    • १.
      ३ वर्षमा लगातार तेस्रो पटक सांसदको चुनाव लड्दै रवि लामिछाने

    • २.
      प्रतिस्पर्धीका बुवासँग आशिर्वाद लिएर गोकर्ण बिष्ट चुनावी मैदान

    • ३.
      प्युठानमा १४ जनाको मनोनयन दर्ता

    • ४.
      प्युठानमा सबै दलले टुंग्याए उम्मेदवार

    • ५.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • ६.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ७.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ८.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation
     

    Loading Comments...