• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ३. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • ४. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

  • ५. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ६. स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

  • ७. दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

  • ८. राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

  • ९. रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

  • १०. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

सरस्वती मा.वि. बाङ्गेसालको ४३ औँ बार्षिक उत्सव सम्पन्न


  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
  • प्युठान । प्यूठानको सरस्वती माध्यमिक विद्यालय सरूमारानी गाउँपालिका–१, बाँङ्गेसालको ४३ औं बार्षिक उत्सव तथा अभिभावक दिवस आज मंगलबार विद्यालय परिसर बाङ्गेसाल प्यूठानमा सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दधिराम भण्डारीको अध्यक्षता एवम् संविधानसभा सदस्य धनबहादुर राइमाझीको प्रमुख आतिथ्यता तथा सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्काको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।
    बार्षिक उत्सवको उद्धाटन गर्दै संविधानसभा सदस्य राइमाझीले शिक्षालाई सिप र उत्पादन संग जोड्नुपर्ने बताउनुभयो । उहाँले पढाईलेखाई संगै सबै अभिभावकहरुले आफ्ना छोराछोरीलाई घरमा कृषि पेसामा जोड्न सके मात्र सिप संग शिक्षाको तुलना हुने बताउनुभयो । उहाँले अब शिक्षा कृषि उत्पादन, उद्यमशिलता र सिप संग जोड्न सबैपक्ष जिम्मेवार हुन आग्रह गर्नुभयो ।
    संविधानसभा सदस्य राइमाझीले पछिल्लो समयमा बच्चाहरुमा संस्कार हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले संस्कार र पहिचान बिना शिक्षाको कुनै अर्थ नरहने तर्क गर्नुभयो । उहाँले समयअनुकुल शिक्षा परिमार्जन आवश्यक रहेको समेत बताउनुभयो ।
    त्यस्तै बार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै सरूमारानी गाउँपालिकाकी उपाध्यक्ष बसन्ता खड्काले विद्यार्थीहरुलाई शिक्षा संगै स्थानीय उत्पादन र सिप जोड्न आग्रह गर्नुभयो । उहाँले विद्यार्थीहरु पढेर बिदेश नभई स्वदेशी माटोमा रमाउन सक्नुपर्ने बताउनुभयो । उहाँले बैदेशिक यात्रा पछिल्लो समय जोखिम बन्दै गइरहेको उदाहरण दिंदै आफ्नै देशमा रोजगार र सिप संग जोडिन आग्रह गर्नुभयो ।
    यस्तै कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले अब शिक्षा सिप, प्रविधिमैत्री र संस्कार सहितको हुनुपर्ने बताएका थिए । उनीहरुले शिक्षालाई अहिलेको प्रबिधि संग जोड्दै सिप र संस्कार सिकाउन जरुरी रहेको बताएका थिए ।
    सो अवसरमा सोही विद्यालयमा अध्यापनरत ६ जना उत्कृष्ट शिक्षक सहित विद्यार्थी र अभिभावकहरुलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुने उत्कृष्ट शिक्षकहरुमा माबि तर्फ टोपाराम पोख्रेल, कृषि प्राबिधिक तर्फ सुमन पाण्डे, निमाबि तर्फ शरद गिरी तथा प्राबि तर्फ महेशकुमार रायमाझी, बोधराज अधिकारी र सीता कुमाल रहनु भएको छ । उहाँहरुलाई दोसल्ला र सम्मान—पत्र सहित सम्मान गरिएको थियो ।
    यस्तै विद्यार्थी सम्मान तर्फ उत्कृष्ट समाचार बाचक तर्फ कक्षा ८ की कबिता केसी, अतिरिक्त कृयाकलापमा धेरै सहभागिता जनाए बाफत कक्षा ८ की काब्या ज्ञवाली, अनुशासन तर्फ गगन बिष्ट, राशी घर्ती, टेक बहादुर पुन र जुना धामी सम्मानित हुनु भएको छ ।
    यस्तै बार्षिक उत्सव समारोह मै अनुशासित, महेन्ती, लगनशिल बिद्यार्थीहरुलाई विभिन्न अक्षयकोषबाट पुरुस्कृत गरेको छ । यसरी पुरुस्कृत हुनेहरुमा भुरेअ अक्षयकोस कक्षा ८ मा पालिका प्रथम सृजना मल्ल, कक्षा १० का पालिका प्रथम मनसिज घिमिरे रहनु भएको छ । यस्तै हाजी अक्षय कोषबाट कक्षा ५ का छात्रा सिमरन थापा, छात्र गगन राना, मुस्लिम समुदायबाट छात्रा जास्मिन खातुन, कक्षा १२ बाट छात्र सुन्दर थापा, छात्रा सुधा थापा, मुस्लिमबाट रुबिया खातुन र अभिभावक तर्फ पार्बता बिकलाई समेत पुरुस्कृत गरिएको छ ।
    कार्यक्रममा विद्यालयका प्रधानध्यापक भक्तबहादुर मर्साङ्गीले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा विद्यार्थीहरुले सन्देशमूलक नाटक र स्थानीय कला संस्कृति झल्किने सांस्कृतिक प्रस्तुत समेत देखाएका थिए ।
    वि.सं २०१७ सालमा स्थापना भएको विद्यालयमा हाल १ हजार १ सय ७४ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । जसमा ५ सय ४३ छात्र र ६ सय ३१ छात्रा रहेका छन् । हाल उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म पठनपाठन भइरहेको छ । यस्तै कक्षा नर्सरी देखि ७ कक्षा सम्म र ९ र १० कक्षा सम्म अँग्रेजी मिडिममा र कक्षा ९ देखि १२ सम्म प्राबिधिक धारमा समेत पठनपाठन भइरहेको विद्यालयले जनाएको छ । हाल विद्यालयमा प्रधानध्यापक र कार्यालय सहयोगी सहित ४८ जना शिक्षकशिक्षिकाहरु रहनु भएको छ ।

    Advertisement

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    जथाभावी फोहोर फाल्न रोक्न राप्तीका चोकचोकमा डस्टबिन
    जम्बो टोली लिएर ऊर्जा मन्त्रालय पुगे गृहमन्त्री गुरुङ
    गुल्मीमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु
    दुई दाजुभाइलाई बर्खे भेलले बगायो, एकको शव फेला, अर्का बेपत्ता
    ओलीको बचाउमा झाँक्री : ‘बा मात्र समस्या होइनन्, साथमा लिएर जानुपर्छ’
    पुनर्योगपछि गुल्मीमा थप दुई विद्यार्थीले ल्याए ४ जीपीए

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

    • ३.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • ४.
      पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी

    • ५.
      गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग

    • ६.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...