• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
मङ्गलबार, असोज १३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

टिमुरेको टेलिफोन टावरमा सोलार जडान

पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • २. एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

  • ३. अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

  • ४. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

  • ५. पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको मृत्यु

  • ६. टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

  • ७. जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

  • ८. जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

  • ९. प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

  • १०. बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

उदयपुरका १० वर्षीय बालक कसरी सडकमा बस्न पुगे ? भन्छन ‘घर जान मन छ लगिदिनोस्’


  •   शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
  • Advertisement

    काठमाडौँ, असोज १९ । उदयपुर गाईघाटका १० वर्षीय दावा मगर चाबहिलको सडकमा बस्थे । बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे । कतिपयले खाने कुरा नै दिन्थे ।

    बुधबार स्थानीयले दिएको सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई सडकबाट उद्धार ग¥यो । मगरलाई अहिले बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँमा राखिएको छ ।

    “उनलाई संरक्षणमा राखेका छौँ,” केन्द्रका प्रमुख कृष्णबहादुर राजभण्डारीले भन्नुभयो, “अब परिवारको खोजी गर्छाैं, फेला परे बुझाउँछौँ नभए बालसंरक्षण केन्द्रमा पठाउँछौँ ।” उदयपुरबाट बुबाआमासँगै काठमाडाँै आएका मगर उनीहरुले छाडेका हुन् या आफैँ छुटेका हुन् भन्ने अनुसन्धानमै रहेको भण्डारी बताउनुहुन्छ ।

    “सडकमा बस्दा जाडो हुन्थ्यो, बाटोमा हिँड्ने मान्छेले खानेकुरा र पैसा दिन्थे, त्यही खान्थें” मलिन स्वरमा मगरले भन्नुभयो, “घर जान मन छ, लगिदिनोस् ।” बेलाबेलामा म घर कहिले जाने भनेर सोधिरहन्छन् । मगरका अनुसार बुबा दलबहादुर र आमा दुर्गाको मुख्य पेशा ज्याला मजदुरी हो ।

    कञ्चनपुर दसराबस्तीका नौ वर्षीय सविन लामा र उनका तीन वर्षका भाइ कुशल असोज १६ गते काठमाडौँ छहारी क्लब नजिकै सडकमा भेटिए । कलिलो उमेरमै उनीहरु कसरी सडकमा आइपुगे यकिन भएको छैन । महानगरीय प्रहरी वृत्त बौद्धको उद्धारपछि उनीहरुलाई अहिले बालमन्दिर नक्सालको संरक्षणमा राखिएको छ । उनीहरु पनि घर लगिदिन आग्रह गर्दैछन् ।

    कसरी सडकमा आइपुगे भनेर अनुसन्धान थालेको खोजतलास केन्द्रका प्रहरी सहायक निरीक्षक नारायण केसी बताउनुहुन्छ । परिवारको खोजीका लागि सञ्चारमाध्यमबाट सार्वजनिक सूचना जारी गर्ने तयारी भएको केसीले बताउनुभयो । यस्तै जोखिममा परेर उद्धार गरिएकी एक बालिकालाई तीन महीनापछि बिहीबार केन्द्रीय बालकल्याण समितिले परिवारकोमा जिम्मा लगाएको छ । समितिका कार्यक्रम संयोजक चित्र पौडेल जोखिममा परेपछि संरक्षण गरिएको बालिकालाई राम्रो हेरचाह गर्ने सहमतिपछि परिवारमा जिम्मा लगाइएको बताउनुहुन्छ ।
    यी केही प्रतिनिधि घट्ना हुन् । दैनिकरुपमा बालबालिका हराउने र बेवारिसे हुने अवस्था नेपालमा छ । हराउने भन्दा भेटिने सङ्ख्या न्यून छ । मुख्यतः आर्थिक अवस्था कमजोर, पारिवारिक बेमेल र मदिरा सेवन, घरेलु हिंसा, आमा अर्कैसँग गएपछिको समस्या, अशिक्षा तथा वैदेशिक रोजगारी लगायतका कारणले बालबालिका सडकमा पुग्ने गरेका छन् । यस्ता कारणमध्ये आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिका भने सबैभन्दा बढी जोखिममा रहेको प्रहरीको निष्कर्ष छ । जुनसुकै घटना भए पनि कतै न कतै गएर आर्थिक कुरा जोडिने गरेको बताउनुहुन्छ बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी ।

    उहाँका अनुसार साना उमेरका बालक बढी हराएका छन् भने ठूला उमेरका बालिका बढी हराउने गरेका छन् । कतिपय बालबालिका गम्भीर शोषणमासमेत पर्ने गरेका छन् । चालू आर्थिक वर्षको साउन र भदौमा मात्रै देशभर ५११ बालबालिका हराएकामा ३९० बालिका थिए । उनीहरु मध्ये २०८ जना फेला परे ।

    आर्थिक वर्ष २०७४÷७५ को तथ्याङ्कअनुसार नेपालमा दुई हजार ३३० बालबालिका हराएका थिए जसमा एक हजार ४०७ बालिका छन् । त्यस्तै ९२३ बालक छन् । तीमध्ये एक हजार १७ मात्रै फेला परेका छन् । उक्त तथ्याङ्कले बालिका बढी जोखिममा छन् भन्ने देखाउँछ । एक वर्षमा प्रदेश नं १ बाट २४५, प्रदेश नं २ बाट २८७, प्रदेश नं ३ बाट ७०२ (उपत्यकामा २८३), प्रदेश नं ४ बाट २७५, प्रदेश नं ५ बाट ३४१, प्रदेश नं ६ बाट २१० र प्रदेश नं ७ बाट २७० बालबालिका हराएका थिए ।

    आर्थिक वर्ष २०७४÷७५ मा ४४२ बालबालिका बेवारिसे अवस्थामा भेटिएका थिए । सबैभन्दा बढी उपत्यकामा मात्रै ३०८ बालबालिका बेवारिसे फेला परेको तथ्याङ्क छ । हाल १६७ बालबालिका बालगृहमा छन् । नेपालको संविधान २०७२ को मौलिक हकअन्तर्गत धारा १६ मा सम्मानपूर्वक बाँच्न पाउने हक, धारा २९ मा शोषणविरुद्धको हक तथा धारा ३९ मा शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहारको हकको व्यवस्था भए पनि बालबालिका जोखिममा पर्ने क्रम भने रोकिएको छैन । (रासस)

    शुक्रबार, असोज १९, २०७५ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    • २.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना

    • ३.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको

    • ४.
      भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण

    • ५.
      पाल्पामा पहिरोले घर पुरिँदा बेपत्ता तीनै जनाको

    • ६.
      टिकापुरमा कर्णाली कटान रोक्न तटबन्ध सुरु

    भर्खरै

    • १.
      कांग्रेस प्रवेशसँगै दीपक मनाङेलाई मनाङ संयोजकको जिम्मेवारी

    • २.
      लुम्बिनीका औद्योगिक समस्या समाधान गर्दै अघि बढ्नुपर्छ : भण्डारी

    • ३.
      प्यूठानबाट कांग्रेसको केन्द्र ताक्दै निमा गिरी

    • ४.
      पार्टीमा अनुशासनहीनता अब स्वीकार्य हुँदैन : ओली

    • ५.
      ३६ वर्षपछि बुद्धशान्तिका २६ परिवारले पाए लालपुर्जा

    • ६.
      तीन दशकदेखि कांग्रेस राजनीतिमा सक्रिय श्रेष्ठ महाधिवेशन प्रतिनिधिको दौडमा

    • ७.
      सौर्य र ब्याट्री ऊर्जा प्रविधिबारे ४५ इन्जिनियरलाई तालिम

    • ८.
      टिमुरेको टेलिफोन टावरमा सोलार जडान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...