दाङ। दाङको दंगीशरण गाउँपालिका – २ कौवाघारीका २५ वर्षीय प्रेमबहादुर कुसारीको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा स्थानीय २२ वर्षीय छबिलाल डाँगी र नेपालगंज वाँकेबाट २७ वर्षाीय पुष्पलाल बस्नेत रहेका छन् । जिल्ला प्रहरी कार्यालय दाङले आज पत्रकार सम्मेलन गरेर उनिहरुलाई सार्बजनिक गरेको हो । प्रहरीका अनुसार छविलाललाई बाँकेको कोहलपुर र पुष्पलाई तुलसीपुर बजारबाट पक्राउ गरिएको थियो। माघ ३ गते छविलाल र पुष्पले प्रेमलाई गोली हानेर हत्या गरेका थिए।
उनीहरूले गोली हानेर पनि जिंगटको रूखबाट खसेर घाइते भएको बताएका थिए। प्रेमको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको थियो। यश बिषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Advertisement