प्युठान। प्युठानमा माघेसक्रान्ती पर्व मनाईएको छ। खास गरी जिल्लाका मगर समुदायले विशेष उत्सवका साथ माघेसक्रान्ती मनाए । उनीहरूले सामूहिक रूपमा आफ्नो परम्परा एवं संस्कृतिलाई निरन्तरता दिँदै माघेसक्रान्ती मनाएका हुन्।
माघे संक्रान्तिका दिन माघी मेला तथा बृहत सास्कृतिक कार्यक्रम समेत भए। मगर समुदायले जिल्लाको गौमुखी,ऐरावती,माण्डवी गाउँपालिकाको १,३ र ५ नम्बर , अरङखोला र माडी खोलाको सङ्गम स्थल त्रिवेणी धाममा पनि माघी मेला सम्पन्न भएको छ।
माघ महिनाको पहिलो दिन यी स्थानहरुमा स्नान गरेमा वर्षभरी जानेर वा अन्जानमा भएका गल्ती पखालिन्छ भन्ने धार्मिक बिश्वास छ । त्यसैले तिर्थ गर्नेहरु यहाँ पुग्छन। यस्तै, सरुमारानीको किमिचौर दह, रानिकुवा, प्यूठान नगरपालिका-४ स्थित बाझाबारीमा पनि बृहत सास्कृतिक कार्यक्रम आयोजना गरिएका थिए।सरुमारानी -६, किमिचौर दहमा भव्यताका साथ बृहत् सास्कृतिक कार्यक्रम सम्पन्न भएको वडाअध्यक्ष तिलबहादुर बुढाले बताए। यहाँ परम्परागत रुपमै मेला लाग्दै आएको उनले जानकारी दिए।