प्युठान। नेकपा (एमाले) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मल्लरानीले मेग बहादुर रानाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
विहिबार चुजाँठाटिमा सम्पन्न संघको दोश्रो पालिका अधिवेशनबाट उपाध्यक्षमा दिनेश श्रेष्ठ, सचिव मोहन केसी, सह सचिव चन्द्रिका नेपाली, दिपेन्द्र श्रेष्ठ र कोषाध्यक्षमा सर्मिला बुढामगर चुनिएका हुन।
यस्तै,सदस्यहरुमा दिवस जिसी, राज पौडेल,सर्मिला मुकाम पुन,सरस्वती पुन, कल्पना पुन, अनिता सुनार, बासु पौडेल,हिमाल केसी, सुदन पुन ,विमला खत्री, अनिता घर्ति,निर्मला पोख्रेल , बर्षा खत्री ,विष्णु रानामगर, राजकुमार पन्थी ,गोकुल नकर्मि , योग माया श्रेष्ठ , जोगेन्द्र मल्ल, विकास नेबार , मुकेस नेपालि र पदम अधिकारी चयन भएका छन । नेकपा एमालेका केन्द्रिय सल्लाहकार परिषद सदस्य शोभाराम भण्डारीको प्रमुख आतिथ्यता र पुर्व मन्त्री एवम लुम्वीनी प्रदेशसभा सदस्य तुल्सीराम शर्माको विशेष आतिथ्यता रह्यो ।
कार्यक्रममा युवा,विद्यार्थी र पार्टी नेताहरु सहभागी थिए।
युवा संघ मल्लरानीले चुन्यो सर्बसम्मत नेतृत्व
युवा संघ मल्लरानीले चुन्यो सर्बसम्मत नेतृत्व
Advertisement
तपाईको प्रतिक्रिया