काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका प्रमुख तथा प्रहरी नायब निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
बुढाथोकीले सवारी साधनलाई आवत/जावत गर्न सहजीकरण गरिदिए वापत घुस लिएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धन आयोगको टोलीले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।अख्तियारको सम्पर्क कार्यालय नेपालगञ्जबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिएको अवस्थामा पक्राउ गरेको थियो ।
उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो २५ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर भएको छ ।
Advertisement