• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, भदौ ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

धनुषाका ११० परिवारले पाए लालपुर्जा

रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

लोकप्रिय समाचार

  • १. महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

  • २. आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ : अर्थमन्त्री वाग्ले

  • ३. हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले पाए सुविधा

  • ४. बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट उपकरण ढुवानी

  • ५. प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ भवन

  • ६. पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

  • ७. नयाँ संसद भवन परिसरमा सांसदहरूले रोपे ५ सय बिरुवा

  • ८. प्युठानमा भेटिएका पाँच शव रोल्पा पहिरोका बेपत्ता रहेको खुल्यो

  • ९. पाल्पाली ढाका : नेपालीको पहिचान, पर्यटकलाई उपहार

  • १०. रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास मौज्दात भेटियो

अर्थमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालका विभागीय प्रमुखहरुसँग छलफल


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • बुटवल । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालको सेवा सुधार तथा विस्तारका बारेमा अस्पताल बिकास समिति, अस्पताल प्रशासन तथा विभागीय प्रमुखहरुसँग शनिबार छलफल गरेका छन् । छलफलमा प्राप्त प्रतिक्रियाहरुपछि बोल्दै अर्थमन्त्री पौडेलले सेवा भावकासाथ आफ्नो दायित्व र जिम्मेवारी पूरा गर्न अस्पताल परिवारलाई आग्रह गरे।
    अस्पतालमा निर्माणाधिन अत्याधुनिक १२ तले भवन सम्पन्न भएपछि यहाँको स्वास्थ्य सेवामा ठूलो फड्दो मार्न सकिने बताउँदै उनले सरकारकोतर्फबाट बजेटमा कुनै कमी हुन नदिने प्रतिवद्धता समेत गरे। अस्पतालको भवन संरचना बनाउनु मात्रै ठूलो कुरा नभई दक्ष र प्रयाप्त जनशक्ति व्यवस्थापन, स्वास्थ्य उपकरणहरुको व्यवस्थापन पनि महत्वपूण रहेको उल्लेख गरे । बुटवललाई आर्थिक राजधानी बनाउने विषयसँग अस्पताल जोडिएको बताउँदै उनले सोही अनुसार सबैजना एक भएर लाग्नु पर्नेमा जोड दिए।
    छलफलमा सहभागी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अस्पतालमा गुनासोरहित सेवा जनताको अपेक्षा रहेको बताउँदै त्यसतर्फ ध्यान दिन अस्पताल प्रशासनलाई आग्रह गरे । शल्यक्रिया सेवा तथा अन्य सेवाका लागि महिनौं कुर्नुुपर्ने विषयमा बजारमा आएका टिप्पणीहरु बारे उल्लेख गर्दै उनले सुधारका लागि प्रदेश सकारले आवश्यक सहयोग गर्न तयार रहेको र अस्पताल परिवारले पनि जिम्मेवारीपूर्ण काम गर्न निर्देशन गरे।
    कार्यक्रममा बोल्दै अस्पताल बिकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले प्रदेश सरकारको आयोजनामा निर्माणाधिन भवनमा अस्पत परिवारलाई अपनत्व दिलाउन नसकेको गुनासो गरे । आयोजना जसले सञ्चालन गरेको भए पनि जनताले त्यसमा हुने कमजोरी तथा ढिला सुस्तिका विषयमा सबैभन्दा पहिलो बिकास समिति, अस्पताल प्रशानलाई नै प्रश्न उठाउने गरेको उल्लेख गर्दै यसको कार्यान्वयनका लागि समन्वय गर्न प्रदेश पूर्वाधार प्राधिकरणसँग आग्रह गरे । यसैगरी अस्पतालको सेवाका विषयमा बजारमा आएका आलोचना बारे बोल्दै अध्यक्ष श्रेष्ठले सीमित जनशक्ति र सीमित श्रोतसाधानले ठूलो जनसङ्ख्यालाई सेवा प्रदान गर्नु परेको गुनासो गरे । अस्पतालको क्षमताले ठेग्नै नसक्ने गरी सेवाग्राहीको भिड लाग्दा महिनौसम्म लाइन लाग्नु पर्ने स्थितीको सिर्जना भएको उल्लेख गरे। उक्त समस्यालाई समाधान गर्नका लागि प्रदेश सरकारले प्रयाप्त लगानी र जनशक्ति व्यवस्थापन गर्नुपर्ने माग गरे।
    यसैगरी अस्पतालमा नेतृत्वका विषयमा हुने राजनीतिक द्वन्दको बेफाइदा सेवाग्राहीले भोग्नु परेको भन्दै यसको दिर्घकालिन समाधानको माग गरे । विभिन्न कानूनी उल्झनले अस्पताल बिकास समिति तथा अस्पताल प्रशासनले आफ्नो क्षमता अनुसारको काम गर्न नपाइरहेको समयमा सरकारले राजनीतिक तवरबाट समाधान खोज्न आग्रह गरे । बिकास समिति र अस्पताल प्रशासनलाई सेवा सुधारका लागि पूर्ण अधिकारमा रहेर काम गर्ने अवसर सरकारले सिर्जना गर्नुपर्ने उनको जोड थियो ।
    अस्पतालमा हाल उपलब्ध जनशक्ति, उपकरण तथा दैनिक आउने सेवा ग्राहीको चाप बारे जानकारी गराउँदै विभागीय प्रमुखहरुको तर्फबाट डा. वर्षा थापाले प्रस्तुती दिएकी थिइन् । हाल उपलब्ध जनशक्तिले ठेग्न सक्नेभन्दा पनि ३ गुणा बढी सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउनु परेको भन्दै उनले जनताबाट आउने गुनासो र सुधार गर्नुपर्ने भन्दै सरकारका प्रतिनिधिहरुले दिने दबाब आफूले झेल्नु परेको गुनासो गरिन् । सीमित श्रोत साधन र जनशक्तिबाट पनि सकेसम्म कम भन्दा कम गुनासो आउनेगरी आफूहरुले काम गरिरहेको बताउँदे डा. थापाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सरकारले प्रोत्साहनका कार्यक्रम ल्याउन आग्रह गरिन् । अन्तरक्रियमा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, स्वास्थ्य मन्त्री खेबबहादुर सारु, स्वास्थ्य निर्देशनालयका प्रमखु डा. विनोद गिरी, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरी टेन्डेन (मेसु) डा. इन्द्र ढकालसहित विभागीय प्रमुखहरुको सहभागिता रहेको थियो । अस्पतालका मेसु ढकालले अस्पतालको सेवा सुधार तथा विस्तारका लागि तत्कालिन र दिर्घकालिन योजना बनाएर अघि बढिएको जानकारी दिए । यसैगरी अस्पतालमा शल्यक्रिया सेवाका लागि पालो कुर्नुपर्ने समस्यालाई कम गर्न छिट्टै उपकरण तथा कार्यकक्ष थपको योजना समेत रहेको उनले जानकारी दिए ।

    Advertisement

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि
    राप्तीमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार, लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स
    जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस
    स्वदेशमै ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने सरकारको तयारी
    गेटा अस्पतालले पायो शिक्षण अस्पतालको मान्यता
    कोशी अस्पतालमै विशिष्टीकृत आँखा अस्पताल बनाउने तयारी

    लोकप्रिय

    • १.
      महिला विकास मञ्चद्वारा मनोसामाजिक तथा कानुनी प्रशिक्षण

    • २.
      आफ्नै आम्दानीबाट देश बनाउने बजेट ल्याएका छौँ

    • ३.
      हुलाकबाटै घरदैलोमा सरकारी सेवा, १० हजार नागरिकले

    • ४.
      बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार गर्न हेलिकोप्टरबाट

    • ५.
      प्यूठानमा बन्यो सडक पूर्वाधार विकास कार्यालयको नयाँ

    • ६.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल

    भर्खरै

    • १.
      लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

    • २.
      धनुषाका ११० परिवारले पाए लालपुर्जा

    • ३.
      रेसुङ्गामा पौवा होटल बन्द, सर्वोच्चको आदेशपछि हटाइँदै सामान

    • ४.
      शशांकको नेतृत्वमा कांग्रेस इतरसमूह अघि बढ्ने

    • ५.
      प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई

    • ६.
      विराटनगरबाट सुरु भयो ‘शिक्षा संवाद’, सातै प्रदेशमा पुगेर सरोकारवालासँग छलफल

    • ७.
      मुसिकोटमा २५ प्रतिशत छुटमा औषधि

    • ८.
      पहिरोको जोखिममा नुवाकोटका बस्ती, स्थानान्तरणका लागि पहल गर्ने सञ्चारमन्त्रीको प्रतिबद्धता

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation