रामेछाप। रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण गएको पहिरोले ठूलो जनधनको क्षति गरेको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित लेखर्कवस्तीमा पहिरो गएको हो । पालिकाका सूचना अधिकारी भोला पाठकका अनुसार पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाल विकास केन्द्रकी एक शिक्षिका र उहाँका छोरा रहेको पाठकले बताउनुभयो ।
यसैगरी, पहिरोमा ११ जना बेपत्ता भएको आशंका गरिएको छ । पहिरोले ४ वटा घर र एउटा पक्की पुल बगाएको छ ।सूचना अधिकारी पाठकले भन्नुभयो, ‘पहिरोले ठूलो क्षति गरेको छ । ४ वटा घर र एउटा पुलको नाम निशाना नै छैन । ठूलो पहिरोले उद्धारमा पनि कठिनाइ भइरहेको छ ।’ हाल स्थानीय बासिन्दा र नेपाल प्रहरीले उद्धार कार्य जारी राखेका छन् ।
Advertisement