• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, कार्तिक ०३, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • २. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ३. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ४. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ५. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ६. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • ७. पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

गुल्मीमा सामुहिक योग अभ्यास गरेर दिवस मनाईयो


  •   शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
  • गुल्मी । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा गुल्मी जिल्ला सदरमुकाम तम्घासमा सामुहिक योग अभ्यास गरिएको छ । गुल्मी आयुर्वेद स्वास्थ्य केन्द्र गुल्मी आयोजना र पतंजली योग समिति गुल्मीको सह–आयोजनमा दशौं योग दिवसको अवसरमा तम्घास स्थित बालमन्दिरको प्राङगढ्मा सामुहिक योग अभ्यास गरेर दिवस मनाइएको हो ।
    ‘आफु र समाजका लागि योग’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा विभिन्न सरकारी गैर सरकारी कार्यालयका प्रमुख विद्यार्थी आम नागरिकको सहभागितामा प्रभातफेरिसँगै सामुहिक योग अभ्यास गरिएको थियो । पछिल्लो समय ७० प्रतिशत वढि नसर्ने रोगका कारण मानिसहरु मृत्यु हुने गरेकाले घरघरमा योग अभ्यास पुर्याउने उदेश्यले सामुहिक योग अभ्यास गरिएको हो ।
    दिवसको अवसरमा जिल्ला स्थित रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा लगायत विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख, नागरिकहरुको सहभागितामा सामुहिक योग अभ्यास गरिएको थियो । योग अभ्यासमा योगका विभिन्न चरण बारे पतंजली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी र अभ्यास गराएका थिए । योग मानव जिवनका लागि अपरिहार्य जस्तै बन्दै गएको योग अभ्यास गर्न पुगेकी रेसुङ्गा नगरपालिका वडानम्बर–१ की लक्ष्मी पाण्डेले बताइन ।
    उनले योगले सकरात्मक उर्जा प्राप्त गर्ने भएकाले समाजमा सकरात्मक सोचको विकास गर्न मद्दत गर्ने उनको भनाइ छ । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा पतञ्जली योग समितिले दैनिक योग अभ्यास गराउदै आएको पतञ्जली योग समिति गुल्मीका अध्यक्ष सुरेशचन्द्र भुसालले बताए । तर,योग अभ्यास गर्नका निम्ति भवन अभाव रहेको भुसालको भनाई छ ।     मानिस स्वास्थ्य रहन दैनिक योग अभ्यास आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।
    योग आफ्नै लागि र समाजमा रहेका आम नागरिकलाई आवश्यक रहने उनले बताए । योग र साधनमा बस्यो भने सारारिक र मानसिक रुपमा स्वस्थ्य रहन मद्दत गर्ने शर्माले बताए । स्वस्थ्य रहन र सकरात्मक सोचको विकास गर्न योग अभ्यासले मद्दत गर्ने भएकाले यसको महत्व धेरै रहेको प्रमुख जिल्ला अधिकारी शर्माको भनाइ छ ।
    प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली बिभिन्न उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् ।
    योग अभ्यास कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले पछिल्लो समय मानिसको खानपान दैनिक व्यवहार परिर्वतन गर्न योग अभ्यास आवश्यक रहेको बताए ।
    योगले सकरात्मक सोचबाट प्रेरित गर्दै सरिललाई सन्तुलित राख्न महत्वपूर्ण भूमिका रहने भएकाले सबै नागरिकहरुलाई योग अभ्यास आवश्यक रहने उनले बताए । तम्घासमा सामुहिक योग अभ्यास गर्न भवनको आवश्यक रहेकाले नगरपालिकाले त्यसको व्यवस्थापनका लागि आवश्यक पहल गर्ने नगरप्रमुख पन्थीले बताए। कतिपय रोगहरु योग अभ्यासका कारणले समाधान हुने भएकाले पनि यसप्रति आकर्षण बढ्दो छ । योगबाट मानसिक शान्तिका साथै रोग प्रतिरोध क्षमताको समेत वृद्धि हुने मान्यता रहि आएको छ ।
    संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाइन्छ ।

    Advertisement

    शुक्रबार, असार ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने
    रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक
    बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो
    पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त
    पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते
    गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • २.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ३.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त

    • ४.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    • ५.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व

    • ६.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...