• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज ०७, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

लोकप्रिय समाचार

  • १. गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

  • २. ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष

  • ३. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • ४. बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

  • ५. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ६. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ७. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

  • ८. विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

  • ९. संविधानमाथिको प्रहार स्वीकार्य छैन : प्रचण्ड

  • १०. धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

कारागारका कैदी बन्दीलाई टिभी प्रदान


  •   बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
  • गुल्मी । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले आफनो स्थापना दिवसको अवसरमा जिल्ला कारागार गुल्मीका कैदी बन्दीहरुलाई सामाग्री प्रदान गरेको छ । संगठनको ३४ औं स्थापना दिवसको अवसरमा कारागारका कैदी बन्दीहरुको आवश्यकताको आधारमा टिभी प्रदान गरिएको हो ।
    बिहिवार एक कार्यक्रमको आयोजना गरेर लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसाल, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा, नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश बस्यालले संयुक्त रुपमा हस्तातरण गरेका हुन् । संगठनमा रहेका सदस्यहरुद्धारा थोरै थोरै रकम संकलन गरेर सामाजिक उत्तर दायित्व स्वरुप स्थापना दिवसको अवसरमा कैदी बन्दीहरुलाई ४२ इन्चको टिभी प्रदान गरिएको नेपाल निजामती कर्मचारी संगठन गुल्मीका अध्यक्ष भिमलाल खनालले बताए ।
    कार्यक्रममा संगठनका कर्मचारीले स्थापना दिवसको अवसरमा गरेको सहयोगको प्रशंसा गरिएको थियो । दिवसको अवसरमा आधिकारि ट्रेड यूनियन जिल्ला अध्यक्ष खिमबहादुर अधिकारीले देश संघीयतामा गईसकेको करिब एक दशक पुग्नै लाग्दा समेत संघीय निजामती सेवा ऐन जारी नहुँदा अन्यौलता सिर्जना भएको बताए । स्थापना दिवसको अवसर पारेर नेपाल निजामती कर्मचारी संगठन गुल्मीले रचनात्मक कार्य गर्दै आएको छ ।
    कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका पूर्व केन्द्रिय अध्यक्ष गणेश बस्यालले देशभरका पेसाकर्मीहरु एक हुनुपर्छ भन्ने मान्यता बोकेर संगठन स्थापना भएको बताए । कर्मचारीहरुका समस्याहरुलाई निराकण गर्ने उदेश्यले कर्मचारीहरु संगठिन हुँदै आएको उनले बताए ।
    प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले कारागारमा धेरै समस्याहरु रहेपनि जल्दोबल्दो समस्यालाई सम्बोधन गरेकोमा संगठनलाई धन्यवाद दिए । उनले कर्मचारीहरु आफ्ना समस्याहरु राख्दै नागरिकको सेवाप्रवाह गुणस्तरीयता प्रदान गर्नु प्रमुख उदेश्य रहेको बताए ।
    लुम्बिनी प्रदेशका सांसद डिल्लीराज भुसालल कुनैपनि समस्या हकहितको लागि आवाज उठाउने संगठन एउटै हुनुपर्नेे बताए । कर्मचारी बिभाजित भएर भन्दा पनि एक जुठ भएर लाग्नु पर्नेमा जोड दिए ।
    कर्मचारी संगठनले विभिन्न समयमा समाजिक उत्तरदायित्व स्वरुप रचनात्मक कार्य गर्दै आएको उनले बताए । कारागारमा विभिन्न समस्याहरु रहेको उनले बताए ।
    २५ जनाको क्षमता रहेको कारगारमा क्षमता भन्दा कैदी बन्दी बस्नुपर्ने बाध्यता रहेको भुसालले बताए । नेपाल निजामती कर्मचारी संगठन गुल्मीले आफनो स्थापना दिवसको अवसरमा २ दिनसम्म कार्यक्रम राखेको संगठनका जिल्ला सल्लाहाकार बोम अर्यालले बताए ।
    पहिलो दिन कारागार गुल्मीका कैदी बन्दीलाई टिभी प्रदान गरिएको हो । भने शुक्रबार रक्तदान को कार्यक्रम आयोजना गरिएको अर्यालले बताए ।
    २५ जनाको क्षमता रहेको गुल्मी कारगारमा अहिले ११७ जना कैदी बन्दी रहेका छन् । जसमध्ये कैदी ८४ जना, ३० जना थुनुवा,  ३ जना नावालक रहेका छन् ।
    त्यसमध्ये पुरुष कैदी ७७ जना, २६ जना थुनुवा रहेका छन् । महिला कैदी ७ जना, थुनुवा ४ जना रहेका छन् ।
    जिल्ला कारागार गुल्मीमा अहिले मुडा, विभिन्न बुटिक सलहरु र फर्निचरका सामाग्रीहरु उत्पादन हुँदै आएका छन् । अहिले कारागार गुल्मीमा कैदी बन्दीले उत्पादन गरेका सामाग्रीले उद्योगको रुप लिदै आएको छ ।
    यहाँ उत्पादन भएका सामाग्रीहरु बलिया र राम्रो हुने गरेको छ । त्यसैले कारागारमा उत्पादन भएका सामाग्रीहरुको माग बढदै गएको छ ।

    Advertisement

    बिहिबार, बैशाख ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    लोकप्रिय

    • १.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा

    • २.
      ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको

    • ३.
      विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति

    • ४.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ५.
      देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    भर्खरै

    • १.
      जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सुरु

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

    • ३.
      संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

    • ४.
      बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

    • ५.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

    • ६.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

    • ७.
      राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    • ८.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...