• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, कार्तिक ०१, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • २. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ३. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ४. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ५. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

  • ६. सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • ९. मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

  • १०. शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

‘भागु’ राष्ट्रिय बाल नाटक मेलाकाे सर्वाेत्कृष्ट नाटक घाेषित


  •   शनिबार, चैत ०३, २०८० मा प्रकाशित
  • काठमाडाैं । राष्ट्रिय बाल नाटक मेला २०८० काे सर्वाेत्कृष्ट नाटक ‘भागु’ घाेषित भएकाे छ । उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधि सहित ‘भागु’ ले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकाे हाे ।

    Advertisement

    नाटक मेलाकाे समापन समाराेहमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चाैधरीले विजयी नाटकका कलाकार, निर्देशक लगायतलाई ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरिन् । भक्तपुरको निष्ट स्कूलले तयार पारेकाे नाटक ‘भागु’ सुदूरपश्चिमको बैतडीमा भएको भागीरथी बलात्कार तथा हत्याकाण्डको सत्य कथामा आधारित छ । भागीरथीको न्यायको लागि लडिरहेको र छोरीको सुरक्षाको कुरा नाटकले उठाएको थियो।

    नाटकमा रुमानी रोकाया, ट्रेजा ढकाल, सुजन पहाडी, रेबिसा श्रेष्ठ, अपेक्षा अधिकारी, जिभिका खतिवडा, कृषा नेपाल, श्रीयम भट्टराई, आर्जन अधिकारी, स्यारोन कटुवाल, रिदम रावत, सौर्य शाह, अग्रिम थापाले अभिनय गरेका थिए । नाटकका लेखक पुष्पराज अवस्थी हुन् । गत फागुन १८ गते उदघाटन भएको प्रतियोगितात्मक मेलामा १० वटा विभिन्न नाटक मञ्चन भएका थिए । कार्यक्रममा मन्त्री चौधरीले विजेताहरुलाई बधाई ज्ञापन गर्दै प्रतियोगितामा हारजीत हुने र हारसँग डर नमान्ने सुझाव दिईन् । उनले आफ्नै राजनीतिक संघर्षकाे उदाहरण दिँदै बारम्बारको प्रयासपछि मात्र आफू पनि सफल भएको बताईन् । देशकै शक्तिशाली व्यक्तिसँग पटक-पटक निर्वाचनमा लड्दा आफूले गरेकाे संघर्ष र अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिंकनकाे संघर्षकाे उदाहरण दिँदै मन्त्री चाैधरीले हारमा हताेत्साहित हुने र जीतमा धेरै उत्साहित नहुन बालबालिकाहरूलाई सुझाउँदै मेहनत गर्न प्रेरित गरिन् ।

    समापन समारोहमा नेपाल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारी, चलचित्र निर्देशक राजेन्द्र शलभ, चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला आदिले बोलेका थिए । नाटक मेलालाई नेपाल टेलिकम, आलिशान फर्निचर, नेपाल मेडिकल कलेज, सुजल फुड, फरवार्ड नेपाल, क्याम्ब्रिज काठमाडाैं, इजी केयर स्वास्थ्य सेवा, वाइवी सलुसन, नेपाल एयरलाइन्स, एभरेस्ट बैंक लगायतले प्रायाेजन गरेका थिए ।

    मेलामा भागु नाटकबाट उत्कृष्ट अभिनेता सुजन पहाडी, उत्कृष्ट अभिनेत्री रुमानी रोकाया, उत्कृष्ट सहअभिनेत्री ट्रेजा ढकाल, उत्कृष्ट प्रकाश परिकल्पना पुष्पराज अवस्थी, उत्कृष्ट नाटककार पुष्पराज अवस्थी र उत्कृष्ट निर्देशक लक्ष्मी जोशीले पुरस्कार जितेका छन् ।

    त्यसैगरी मृगशिरा वर्ल्ड स्कूलले प्रस्तुत गरेको नाटक बाह्राले दर्शक छनौट पुरस्कारसहित उत्कृष्ट मञ्च परिकल्पना, उत्कृष्ट भेषभूषा तथा श्रृंगार, उत्कृष्ट पाश्र्व ध्वनि तथा संगीत गरी ४ वटा पुरस्कार जितेको छ ।

    नाटकमा नेवार समुदायमा बालिकाहरुलाई गुफा राख्ने परम्परामा आधारित कथा पस्केको थियो । नाटकमा प्रभा बुढा, निलम महर्जन, कृष्ण यादव, रोज देउला, स्नेहा यादव, रोमन सुन्दास, तपस्या शाक्य, रितिका खड्का, एन्जल शाही, रोशनी पाण्डे, श्रीणा तामाङ, विप्लव अधिकारी, ज्यास्लिन रन्जित, श्रृजल मानन्धरले अभिनय गरेका थिए ।

    प्रतियोगिताको उत्कृष्ट सहअभिनेताको पुरस्कार भने काभ्रे बनेपाको विद्यासागर स्कूलको नाटक नेपालको कानून दैवले जानुन्का कलाकार प्रसिद्ध तिमल्सिनाले पाएका छन् । त्यस्तै अनुशासित समुहको पुरस्कार भक्तपुरको नेक्सस स्कूलले प्राप्त गरेको छ ।

    मेलामा ग्लाडस्टोन एकेडेमी गीता नामक नाटक प्रस्तुत गरेको थियो । प्रभाकर न्यौपानेले निर्देशन गरेको नाटकमा परिवारको जिम्मेवारी निर्वाह गर्न विदेशिएका श्रीमान बेपत्ता भएपछि आईपरेको जिम्मेवारी निर्वाह गर्न श्रीमतीले गरेको संघर्ष र छोरी गीताको बाल मनोविज्ञानमा परेको असरको कथा बुनिएको थियो । नाटकमा दिप्शा श्रेष्ठ, आयुश्मा पौडेल श्रृष्टि शर्मा, श्रृष्टि खड्का, उज्ज्वल खत्री, सौरम्य दाहाल, जेनिस बलम्पाखी, रिया खत्री, तयामा राई, परिधि महतले अभिनय गरेका थिए ।

    त्यस्तै पुरानो सिनामंगलको नेक्सस स्कूलले सिम्रिकको अठोट प्रस्तुत गरेको थियो । नाटकमा व्यस्त शहरिया जीवनको कारणले खासगरि बृद्ध अवस्थामा पुगेका परिवारका सदस्यहरु र बालबालिकाहरुको उचित हेरचाह नपुग्ने र त्यसको कारणले बालबालिकामा पर्ने मानसिक असरलाई नै देखाईएको छ ।

    प्रभाकर न्यौपानेको निर्देशन रहेको नाटक उनैले लेखेका हुन् । नाटकमा गौरबी पराजुली, हेईस्का निरौला, अंशु खरेल, हृदय घिमिरे, रिसव सुवेदी, सम्भवी कार्की, रचना खरेल, जेनिस गौतम, सुस्मा स्याङताङ, आँचल पछाई, कृसु लामिछानेले अभिनय गरेका थिए।

    शनिबार, चैत ०३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य
    मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन
    कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित
    प्यूठान वाङ्मय केन्द्रको अध्यक्षमा जीवराज भट्टराई
    ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’
    कोहलपुरमा ‘एउटा अल्बाट्रस’ सार्वजनिक, कृतिमाथि परिसंवाद

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • २.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ३.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ४.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    • ५.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...