प्यूठान । प्यूठान क्याम्पसका विद्यार्थीलाई मानव अधिकार सम्बन्धि अभिमुखिकरण गरिएको छ । मानवअधिकार संस्कृतिको प्रवर्धन गर्ने उद्देश्यले एम्नेस्टी इन्टरनेसनल नेपाल समुह-३६ प्युठानले “मानवअधिकार शिक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम” संचालन गरेको हो ।
बढी भन्दा बढी व्यक्तिहरूलाई मानवअधिकारका विषयवस्तुहरूमा साक्षात्कार गराउन एम्नेष्टी प्युठानले अभिमुखिकरण गरेको हो । क्याम्पसमा मानवअधिकारसम्बन्धी ज्ञान र चेतना अभिवृद्धिका कक्षाहरू संचालन गरीएको संयोजक कल्पना खड्काले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रमको सहजीकरण एम्नेष्टी इन्टरनेसनल नेपालका पुर्व उपाध्यक्ष पार्वता आचार्यले गर्नुभएको थियो। उहाँले मानव अधिकार, बाल अधिकार, एम्नेस्टी इन्टरनेशनल, एम्नेस्टी नेपाल लगायत बिषयमा प्रष्ट पार्नुभएको थियो।
मल्लरानी गाउँपालिकाले सहयोगमा पालिकाको ४ वटा शैक्षिक संस्थामा कार्यक्रम गरिएको समुह-३६ प्यूठानले जनाएको छ ।
प्यूठान क्याम्पसका विद्यार्थीलाई मानव अधिकार सम्बन्धि अभिमुखिकरण
प्यूठान क्याम्पसका विद्यार्थीलाई मानव अधिकार सम्बन्धि अभिमुखिकरण
Advertisement
तपाईको प्रतिक्रिया