• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, पुष १६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

जसपा नेपाल र लोसपाबीच एकताको सहमति

रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

गुलरियामा कपडा बैंकको शुभारम्भ

लोकप्रिय समाचार

  • १. गुलरियामा कपडा बैंकको शुभारम्भ

  • २. रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

  • ३. संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

  • ४. मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

  • ५. जसपा नेपाल र लोसपाबीच एकताको सहमति

  • ६. जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

  • ७. चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

  • ८. क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

  • ९. गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

गलकोट बहुमुखी क्याम्पसमा ज्ञानमहायज्ञ सञ्चालन हुदै


  •   बुधबार, माघ १७, २०८० मा प्रकाशित
  • बागलुङ । गलकोट बहुमुखी क्याम्पसमा पत्रकार सम्मेलन गरिएको छ । क्याम्पसमा आगामी फागुन ६ गतेदेखि १३ गतेसम्म श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ सञ्चालन गर्न लागिएको हो।

    Advertisement

    मंगलबार गलकोट बहुमुखी क्याम्पस व्यवस्थापन समितिले पत्रकार सम्मेलन आयोजना गरी गलकोट क्षेत्रकै एक मात्र सामुदायिक क्याम्पसको दीर्घकालीन गुणस्तरीय भौतिक र शैक्षिक विकासमा सहयोगार्थ शैक्षिक ज्ञान महायज्ञ आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

    क्याम्पसको १९ औं वार्षिकोत्सवको अवसरमा सप्ताह व्यापी संगीतमय कथा प्रवचन सहित महायज्ञ सञ्चालन गर्न लागिएको क्याम्पसका अध्यक्ष एवं महायज्ञ मुल समारोह समितिका संयोजक घनश्याम शर्माले जानकारी दिनुभयो । हाल क्याम्पसमा बिएड र बिबिएसका कक्षाहरु सञ्चालन हुँदै आएकोमा विश्व बजार अनुकुलका विभिन्न विषयहरु थप गर्ने तथा हाल सञ्चालन हुँदै आएका विषयहरुको समेत स्तरोन्नती गरी स्नातकोत्तर तहका कक्षाहरु र प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यले महायज्ञ आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ मार्फत २० करोड रकम संकलन गर्ने लक्ष्य रहेको श्रीमदभागवत शैक्षिक ज्ञान महायज्ञ आर्थिक समितिका संयोजक राम प्रसाद शर्माले जानकारी दिनुभयो ।

    महायज्ञबाट संकलित रकमले क्याम्पसको २० रोपनी भन्दा बढी जग्गा खरिद गरेर अध्ययन अध्यापन भवन, प्रशाशनिक भवन, छात्रावास भवन, स्मृती कक्ष तथा सभा भवन, पुस्तकालय कक्ष, प्रयोगात्मक कक्ष, खेलकुद मैदान र स्मृती पार्क लगायतका संरचना समेत निर्माण गर्ने उद्धेश्य महायज्ञले राखेको क्याम्पस प्रमुख मुकुन्दसिंह भण्डारीले जानकारी दिनुभयो । क्याम्पसको शैक्षिक भौतिक विकासका लागि आर्थिक व्यवस्थापन मुख्य चुनौती रहेकाले वार्षिकोत्सवको अवसरलाई सदुपयोग गरी महायज्ञ आयोजना गरिएको र सो अवसरमा देश विदेशमा रहेका महानुभावहरुलाई सहयोगका लागि अपिल गर्ने आयोजकले जनाएको छ ।

    महायज्ञमा भागवत भाष्कर श्री कमलनयन गौतमज्यूको प्रमुख वाचकत्वमा दैनिक संगीतमय भजन कृतन, नृत्य पाठ पुजा लगायतका कार्यक्रम रहने जनाईएको छ । गौचम ज्यूले सञ्चालन गर्ने संगीतमय श्रीमद्भागवत महायज्ञको सफलताका लागि समाजका सबैपक्षसँग सहयोगको अपिल गरिएको सहायक क्याम्पस प्रमुख चुडामणी शर्माले बताउनुभयो । वि.सं २०६१ मा स्थापित गलकोट बहुमुखी क्याम्पस सुरुवातमा गलकोट माध्यमिक विद्यालयको भवनमा बिहानी समयमा सञ्चालन हुँदै आएको थियो। क्याम्पसको शैक्षिक तथा भौतिक विकासका लागि वि.स. २०६१ फाल्गुण १४ गतेदेखि २२ गतेसम्म विश्वशान्ति धनधान्यान्चल महायज्ञ आयोजना गरी संकलित रकमबाट क्याम्पसको भवन निर्माण तथा शैक्षिक व्यवस्थापन गरीएको थियो । तत्कालिन समयमा महायज्ञबाट १ करोड ५० लाख नगद संकलन तथा झण्डै २५ लाख बराबरको जग्गा निःशुल्क प्राप्ति भएको थियो । क्याम्पसमा शिक्षा शास्त्र र वाणिज्य संकायमा स्नातक तहको पठनपाठन हुँदै आएको छ । हाल क्याम्पसमा गलकोट नगरपालिका सहित, ताराखोला गाउँपालिका, बरेङ गाउँपालिका र बडिगाड गाउँपालिकाका गरी २५७ विद्यार्थी अध्ययनरत रहेका छन्।

    महायज्ञ सञ्चालनका लागि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष घनश्याम शर्माको संयोजकत्वमा महायज्ञ मूल समारोह समिति र २६ वटा विभिन्न उपसमिति गठन गरिएको छ । महायज्ञ सफल पार्न मुल समारोह समिति तथा उपसमितिहरुले तयारीलाई तीव्र पारेका छन् ।

    बुधबार, माघ १७, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने

    लोकप्रिय

    • १.
      गुलरियामा कपडा बैंकको शुभारम्भ

    • २.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी

    • ३.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय

    • ४.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन

    • ५.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ६.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा

    भर्खरै

    • १.
      गुल्मीमा क्रिकेट खेलमार्फत अनलाइन विद्युत महसुल भुक्तानीको सन्देश

    • २.
      क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग

    • ३.
      चिसो बढेपछि राप्तीका विद्यालय तीन दिन बन्द

    • ४.
      जोगिथुम भगवती मन्दिरको छैठौं वार्षिक साधारण सभा सम्पन्न

    • ५.
      जसपा नेपाल र लोसपाबीच एकताको सहमति

    • ६.
      रवि-बालेन सहमतिमा हस्ताक्षर : बालेन शाह भावी प्रधामन्त्री उम्मेदवार

    • ७.
      संघर्षले हुर्काएको नेतृत्व : प्युठानका प्रेम, संघीय सांसदको जेनजी उम्मेदवार

    • ८.
      मुख्यमन्त्री फेरिए, तर मधेस किन फेरिन सकेन ?

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation