• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, फागुन २२, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

उपाध्यक्ष पोख्रेलको पहलमा ३ लाख ८७ हजार सहयोग

लोकप्रिय समाचार

  • १. प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

  • २. प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

  • ३. सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

  • ४. दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

  • ५. प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

  • ६. तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

  • ७. प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

  • ८. इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

गुल्मीको धागिथुममा स्वस्थानी माताको मन्दिर शुभारम्भ


  •   बिहिबार, माघ ११, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको धागिथुममा स्वस्थानी माताको मन्दिर पूजाआजा सुरु गरिएको छ । आजदेखि स्वस्थानी व्रत कथाको सुरुवातसँगै गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले एक कार्यक्रमका बिच मन्दिरमा पूजाआजा शुभारम्भ गरेका हुन् ।
    मन्दिरमा रहेको स्वस्थानी माताको मूर्ति बिधिवत रुपमा प्राणप्रतिष्ठा गरेर शुभारम्भ गरिएको थियो । स्वस्थानी माताको मन्दिर स्थापनासँगै अब दैनिक पूजा तथा कथा बाचन हुने भएकाले मन्दिरमा पुगेर पूजा गर्न भक्तजनका लागि खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए ।
    मन्दिरको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी शर्माले स्वास्थानी व्रत गर्नेहरुका लागि सहज हुने बताए । हिन्दु धर्म मान्नेहरुको लागि स्वस्थानी माताको ठूलो महिमा रहेको उल्लेख गरे ।
    उनले निजी क्षेत्रको सक्रियतामा निर्माण गरेको यो मन्दिरले हिन्दु धर्म मान्नेहरुको आस्थाको केन्द्र रहेको बताए । गुल्मी जिल्ला ऋषिमूनिहरुले तपस्या गरेको स्थल रहेकाले यसक्षेत्र निकै महत्वपूर्ण क्षेत्र रहेको शर्माले बताए ।
    आजभन्दा करिब २ सय वर्षअघि अर्थात १८ औं शताब्दिको अन्त्यतिर रेसुङ्गा नगरपालिकाको वडानम्बर २ स्थित धागिथुम भगवती मन्दिर निर्माण गरिएको हो । पहिले स्थानीयले नै मन्दिरको संरक्षण गरेपनि अहिले भने नेपाली सेनाले त्यसको रेखदेखि गर्दै आएको छ ।
    तीन तले मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ । जसमा छत्र सहित पाचँवटा गजुरसमेत रहेका छन् ।
    मन्दिरको छानो पनि पित्तलले छाइएको छ । जसले गर्दा मन्दिरमा थप आकर्षण रहेको छ ।
    मन्दिरमा धार्मिक र पर्यटकीय महत्व रहेको छ । सोहि स्थानमा स्वस्थानी माताको मन्दिर स्थापना भएको छ । स्वस्थानी माताको मन्दीर पनि सोहि अनुसार आकर्षक रुपमा तयार गरिएको छ ।
    निकै पुरानो भगवतीको मन्दिर रहेको स्थानमा स्थानीयको सक्रियतामा मन्दिर स्थापना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर थापाले बताए । नेपाली सेनाको व्यारेक परिसरमा स्वस्थानी माताको मन्दिर यश क्षेत्रमा नभएकाले भक्तजनको सहजताको लागि मन्दिर स्थापना गरिएको थापाले बताए ।
    मन्दिर स्थानीय वडाको १ लाख र स्थानीयको ६ लाख गरि ७ लाखमा मन्दिर निर्माण भएको हो ।  मन्दिरमा आजबाट दैनिक पूजा तथा कथा बाचन सुरु भएको छ ।
    धागिथुम मन्दिरको इतिहास निकै पुरानो रहेको स्थानीय तथा रेसुङ्गा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शसी पन्थीले बताए । जिल्लामा रहेका जोगिथुम, अर्जुन र धागिथुम भगवती मन्दीरको इतिहास निकै पुरानो रहेको पन्थीले उल्लेख गरे ।
    यश मन्दिर धार्मिक आस्थासँगै पर्यटकीय हिसाबले पनि महत्वपूर्ण रहेको उनले बताए । साँखु शालिनदी किनारमा अवस्थित स्वस्थानी माताको मन्दिर रहेको छ ।
    सोहि मन्दिर र मूर्ति जस्तै यहाँ पनि स्थापना गरिएको स्थानीय समाजसेवी रामचन्द्र पान्थीले बताए । हिन्दु महिलाले मनाउने एक महिने ब्रत श्री स्वस्थानी बिहिबारबाट आरम्भ भएको छ ।
    आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका साथ नेपाली हिन्दू महिलाहरुले एक महिनासम्म स्वस्थानीको व्रत बस्ने गर्दछन् । यो व्रत पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना चल्ने पन्थीको भनाइ छ ।
    सत्य युगमा भगवान विष्णुको कृपा अनुसार हिमालय पुत्री पार्वतीले महादेव पति पाउ भनी श्रीस्वस्थानी व्रत बसेको कथा छ । व्रतका प्रभावले शिव र पार्वतीको विवाह भएको मान्यता अनुसार परापुर्वकालबाटै चिताएको पुग्ने विश्वासमा श्रीस्वास्थानीको व्रत बस्ने चलन छ ।
    यस अवधिमा स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने र सुनाउने परम्परा छ । श्रीस्वस्थानीको व्रतकालमा काठमाडौंको साँखुस्थित शाली नदी, पशुपति, गौरीघाट, गुहेश्वरी तथा सतिदेवीका अङ्ग पतन भएका शक्तिपिठहरुमा घुइँचो लाग्ने गर्दछ ।
    नेपालभुमि र श्रीस्वास्थानीको महत्व धेरै छ । स्वस्थानीको व्रतमा नेपाली भूमिको वर्णन गरीएको छ ।

    Advertisement

    बिहिबार, माघ ११, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्रमा नयाँ नेतृत्व
    क्यान गुल्मीद्धारा तम्घासका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान
    बुल्मका कुमाल समुदायलाई माटाका भाँडा बनाउने तालिम
    शहिदभूमी गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया
    गम्भीर घाइते गुल्मीका सन्दीप श्रेष्ठको उपचारका लागि परिवारको अपिल
    सुन्दरहरैंचामा ८५औं निवृत्तभरण दिवस मनाइयो

    लोकप्रिय

    • १.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस

    • २.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक

    • ३.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने

    • ४.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ५.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २

    • ६.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान

    भर्खरै

    • १.
      प्युठानमा ५१.१६ प्रतिशत मतदान, छिटो मतपरिणाम सार्वजनिक गर्ने तयारी

    • २.
      प्यूठानमा सूर्य थापालाई सहकारी विज्ञ टिकाराम पोख्रेलको साथ

    • ३.
      प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

    • ४.
      तीन दिन पैदल हिँडेर मतदान केन्द्रतर्फ प्रस्थान गर्दै साइपालका कर्मचारी

    • ५.
      दार्चुलाकी ३१ वर्षीया महिलाले जन्माइन् तिम्ल्याहा बच्चा

    • ६.
      सर्लाहीमा सब–इन्जिनियर हत्या प्रकरणको सफल अनुसन्धान गर्ने चार प्रहरी पुरस्कृत

    • ७.
      इन्जिनियर–ठेकेदारलाई रुखमा बाँधेर देश बन्दैन : विश्वप्रकाश शर्मा

    • ८.
      प्युठानमा ४४ औं राष्ट्रिय मगर एकता दिवस मनाईयो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation