• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
सोमबार, माघ ०६, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा नियुक्त

लोकप्रिय समाचार

  • १. ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

  • २. जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

  • ३. औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र मरिच आयात खुला

  • ४. रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

  • ५. नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

  • ६. कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

  • ७. सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

  • ८. घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

  • ९. जिल्ला प्रशासन रामेछापको पहल : गाउँ-गाउँमा सार्वजनिक सुनुवाइ

  • १०. एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा बारे स्थानीय जनप्रतिनिधिसँग छलफल


  •   बुधबार, पुष १८, २०८० मा प्रकाशित
  • काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन् ।

    Advertisement

    केही दिन अगाडीमात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा.डा. अन्सारीले कलेजले स्थानीय तहका नागरिकहरुलाई प्रदान गर्दै आइरहेको स्वास्थ्य सेवालाई कसरी सुधार गर्ने, कस्ता सेवाहरु थप गर्ने, जनताका अपेक्षा कस्ता छन् भन्ने सवालमा छलफल गरेका हुन् । छलफलमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक कुमार रिसालले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरपालिकाको गौरबको रुपमा रहेको बताउँदै कलेजले प्रदान गर्ने स्वास्थ्य सेवाहरुलाई समयानुकूल सुधार गर्न सल्लाह दिए ।

    नगरपालिका नागरिकको स्वास्थ्य प्रति जिम्मेवार रहेकोले कलेजसँग सहकार्य गरेर अगाडी बढ्ने बताउँदै उनले विशिष्टीकृत स्वास्थ्य सेवाहरु थप गर्ने, नगरबासीको लागि नयाँ योजनाहरु ल्याउन आग्रह गरे । साथै उनले नगरपालिका मेडिकल कलेजलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सञ्चालन गर्नका लागि जस्तोसुकै सहयोग र सहकार्य गर्न प्रतिबद्ध रहेको जनाए ।

    भेटमा बोल्दै उपप्रमुख सान्नानी लामाले कलेजले स्वास्थ्य सेवालाई अहिलेको भन्दा प्रभावकारी बनाउँदै नयाँ नयाँ स्वास्थ्य उपकरण र सेवाहरु थप गर्न अनुरोध गरिन् । कलेज शान्तिपूर्ण र भयरहित वातावरणमा चलाउन कलेजलाई आवश्यक सल्लाह दिँदै नगरपालिकाले सदैब सहकार्य गर्ने बताउँदै उपप्रमुख लामाले नेपाल मेडिकल कलेज नगरको गौरबकै रुपमा रहेको चर्चा गरिन् ।

    कलेजका संस्थापक प्रिन्सिपल डा. शेखरबाबु रिजालले प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीलाई कलेजको स्वास्थ्य सेवा, शैक्षिक गुणस्तरमा सुधार गर्न योजनाबद्ध रुपमा अगाडी बढ्न सुझाए । नेशनल मेडिकल कलेजको सफलतापूर्वक सञ्चालन गरेको अनुभवसहित आएका प्रा.डा. अन्सारीको कुशल नेतृत्वमा कलेज अगाडी बढ्नेमा आशावादी रहेको बताए । वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठले जनतालाई सहजरुपमा गुणस्तरीय स्वास्थ्य सेवा कसरी प्रदान गर्न सकिन्छ भन्नेमा प्रशासनले बनाएको योजनामा आफुहरुको सहयोग र सहकार्य रहने प्रतिबद्धता जनाए ।

    सो क्रममा बोल्दै नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेजलाई सुधार गर्नकालागि आफु आएको बताउँदै कलेजलाई अझ उचाईमा पुर्याउन स्थानीय निकाय, जनप्रतिनिधि र सरोकारवालाहरुको भूमिका ज्यादै महत्वपूर्ण रहेकाले सहमति तथा सहकार्यको भावनाबाट अगाडी बढ्ने बताए । कुनैपनि कुरा एक जनाको सोच र विचारले पूर्ण नहुने भन्दै प्रा.डा. अन्सारीले नेपाल मेडिकल कलेज गोकर्णेश्वर नगरबासीको समेत भएकाले नगरबासीको सल्लाह सुझाबलाई अनुशरण गर्दै अगाडी बढ्ने बताए ।

    छलफलमा कलेजका डाइरेक्टर डा. साविहा यासमिन, बोर्ड अफ डाइरेक्टर शाहनवाज अन्सारी, अस्पताल निर्देशक डा. राजेशकिशोर श्रेष्ठसमेत उपस्थित रहेका थिए ।

    बुधबार, पुष १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेस निकट स्वास्थ्यकर्मी सङ्घ प्युठानको नयाँ नेतृत्व चयन
    राप्ती प्रतिष्ठानले ५ हजार जनामा सिकलसेल एनिमिया परीक्षण गर्ने
    गुल्मीमा पशु बाँझोपन निवारण शिविरबाट ५५ वटा गाईभैंसीमा उपचार
    गुल्मीमा स्वास्थ्य संस्थाहरूको वार्षिक समिक्षा कार्यक्रम सुरु
    राप्ती प्रतिष्ठान र किर्तिपुर जलन अस्पतालबीच सहकार्य, आगामी वर्षदेखि सेवा सुरु हुने
    राप्ती प्रतिष्ठानमा प्रयोगशाला विस्तार, टिकट काउन्टर थपिँदै

    लोकप्रिय

    • १.
      ११ औं खिचरा महोत्सव: २०८२ चितवनमा सुरू

    • २.
      जनताको अधिकारका लागि संघर्ष जारी छ :

    • ३.
      औद्योगिक प्रयोजनका लागि मात्रै केराउ, सुपारी र

    • ४.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ५.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन

    • ६.
      कर्णालीका रैथाने अन्नबालीको निर्यात बढ्दै

    भर्खरै

    • १.
      एमालेले लुम्बिनी प्रदेशभर डिजिटल युवा दस्ता गठन गर्ने

    • २.
      सिन्धुलीस्थित एसबीआई बैंक लुटपाटमा संलग्न ७ जना पक्राउ, योजनाकार घरधनी नै

    • ३.
      नेपाली कांग्रेसको गगन थापा समूहलाई निर्वाचन आयोगको मान्यता

    • ४.
      घोराही-तुलसीपुर चारलेन सडकको प्रगति अनुगमन गर्न महासचिव पोखरेल निर्माणस्थलमा

    • ५.
      जनताको अधिकारका लागि संघर्ष जारी छ : केपी ओली

    • ६.
      रैथाने अन्नबाली खरिद गर्दै गाउँपालिका

    • ७.
      अमेरिकी आप्रवासी भिसामा अस्थायी रोक : नेपालसहित ७५ देश प्रभावित

    • ८.
      नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन : गगन थापा निर्विरोध सभापति

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation