• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, असोज २५, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

लोकप्रिय समाचार

  • १. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • २. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ३. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ४. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ५. स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता

  • ६. कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

  • ७. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ८. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

  • ९. झलनाथ खनालले नेकपा छाडे, घोषणा गरे ‘समाजवादी जागरण अभियान’

  • १०. दसैँ–तिहारमा घरको याद, बिनय र शान्ति श्रीको स्वरमा पोखियो परदेशीको पीडा

लमहीमा बिरामीको समस्या एकातिर, परिक्षण अर्कै तिर


  •   आइतबार, पुष १५, २०८० मा प्रकाशित
  • दाङ । लमहीमा बिरामी चेकअपको नाममा रकम असुली गरेको पाईएको छ ।

    Advertisement

    रकम असुल्न अनाबस्यक चेकअप गरेको पाईएको हो । सामान्य बिरामी उपचारमा जाँदा अनाबस्यक चेक गरिदिँदा बिरामी महँगोमा परेका हुन । यसरी अनाबस्यक चेकजाँच गरि रकम असुल्ने क्लिनिक हो लमही स्थित ‘लमही मेडिटेक पोलिक्लिनिक प्राली’ ।
    लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी करिब ४५ बर्षिय मेघबहादुर कुमाल सामान्य चेकजाँचका निम्ति बिहिवार लमहीकै सरुमा अस्पताल प्रालीमा गए । उनले चिकित्सक सँग आफ्नो समस्या ‘घाँटी र पेट दुखिरहेको’ बताए । सरुमाका चिकित्सकले घाँटीमा केही अड्किएको होकि! भन्ने शँकाले ‘ईन्डोस्कोपी’ गर्न सम्झाए । सोही अनुरुप चिकित्सकको सल्लाहमा कुमाल आँखा अस्पताल रातोडाँडा गए । त्यँहापनि ईन्डोस्कोपी मेसिन बिग्रिएको र चिकित्सकको सल्लाहमा उनी लमही मेडिटेक पोलिक्लिनिकमा ठोक्किन पुगे ।
    त्यहाँ ईन्डोस्कोपी चेकजाँच सँगै चिकित्सिकले आफ्नै सुरमा अन्य चेकजाँच गर्न लगाए । गाउँका सामान्य ब्यक्तिले चिकित्सकको कुरा काट्नपनि सकेनन् । चिकित्सकको सल्लाह कुमालले मान्दै गए । चिकित्सकले रगत सँगै हेपाटाईटिस ‘बि’, कोभिड-१९, एचआईभी सम्मका चेकजाँच तथा एक्सरे सम्म गर्न भ्याए । कुमालले चिकित्सिकले आफ्नो अनाबस्यक १३ किसिमका विभिन्न चेकजाँच गरिदिएको जानकारी दिए । बिल भुक्तानीका क्रममा चेकजाँच र औषधीको १२ हजार १ सय २९ रुपैया हुनपुग्यो । सामान्य मजदुरी गरि खाने कुमाल सामान्य चेकजाँचका लागि महँगोमा परे ।
    उनले ७ हजार ५ सय बुझाए र अरु रकम नभएको जानकारी दिए। पोलिक्लिनिकका सँचालक तथा स्टापहरुले सबै पैशा दिनुपर्ने भन्दै यातना दिएको कुमाल बताउछन । उनले ३ घण्टा सम्म यातना दिएर बाहिर निस्कन समेत नदिएको गुणासो गरे ।
    “म नजिककै मान्छे हो, पछि आएर बाँकि रकम दिन्छु भन्दापनि मलाई छुटकारा दिएनन् कुमालले भने-सबै रकम दिनैपर्छ भन्दै ३ घण्टा सम्म यातनामा राखे ।”
    छुटकारा नपाउने भएपछि कुमालले आफ्ना नजिकका स्थानियलाई खबर पुराए । लगत्तै उनका नजिकका ब्यक्ती सनम कुमार पौडेल आएर बाँकी रकम बुझाए अनि कुमाललाई लिएर गए ।
    बिरामीलाई बन्धक जस्तै गरेर राखेको सनम कुमार पौडेल बताउछन। “म त्यहाँ जाँदा बन्धक जस्तै कोठामा राखेको पाए पौडेलले भने-अनाबस्यक चेकजाँच गरेर सामान्य मान्छेलाई फसाएछन ।”
    उनका अनुसार बिल हेर्दा अनाबस्यक चेकजाँच गरिएको पाईयो । पोलिक्लिनिकले ब्रम्हलुट मचाएको भन्दै पौडेलले लमही नगरपालिकामा शुक्रबार “कारबाही गरिपाउँ” भनी निबेदन दिएको दिएका छन ।
    यस बिषयमा लमही मेडिटेक पोलिक्लिनिक प्रालीका चिकित्सक सुनिल केसीलाई बुझ्न खोज्दा उनी बोल्न चाहेनन् । ब्यस्त रहेको भन्दै फोन काटिदिए । लगत्तै शुक्रबार सोही क्लिनिक सहित लमहीका अन्य २ वटा अस्पतालमा लमही नगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा र स्वास्थ्य शाखा, देउखुरी उद्योग बाणिज्य संघ, ईलाका प्रशासन कार्यालय लमही, वडा प्रहरी कार्यालय, औषधी ब्यबसायी सँघ दाङ, पत्रकार लगायतको टिमले अनुगमन गरेको छ ।
    अनुगमनका क्रममा पनि सोही लमही मेडिटेक पोलिक्लिनिक प्रालीमा ५ महिना म्याद गुज्रिएको सलानी ईन्जेक्सन र औषधी फेला परेको छ । जसको बजार मूल्य १ पिसको १३ सय रुपैया पर्न जाने अनुगमन सँयोजक उपभोक्ता हित सँरक्षण शाखाकि प्रमुख लक्ष्मी सुबेदीले बताईन । बिपि पोलिक्लिनिक, अधिकारी दन्त हस्पिटल प्राली र मेडिटेक पोलीक्लिनिकमा अनुगमन गरिएको सँयोजक सुवेदीले बताईन ।
    हाम्रो अनुगमन नियमित अनुगमन हो, हप्तामा एकचोटी अनुगमन गर्छौ सुबेदीले जानकारी दिईन ।

    आइतबार, पुष १५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने
    कुष्ठरोग पहिचानका लागि लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • २.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ३.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    • ४.
      लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता

    • ५.
      स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३

    • ६.
      कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश,

    भर्खरै

    • १.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • २.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ३.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ४.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

    • ६.
      रास्वपाका रोल्पा संस्थापक सभापति रमेश थापाले छाडे राजनीति

    • ७.
      पूर्वप्रधानन्यायाधीश जबरालाई भेटेको प्रकरणमा एआईजी दाहाल बर्खास्त

    • ८.
      दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation