नवलपरासी । नवलपरासीमा भारतबाट अबैधरुपमा नेपाल तर्फ ल्याईदै गरेको ५५ क्विन्टल अबैध प्याज प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रवार प्रतापपुर गाउँपालिका वडा नं. ५ धर्मीली र रेगैंयाको सिमानाबाट भारतिय नम्बर प्लेटको अन टेस्ट ट्रयाक्टरमा ल्याउदै गरेको करिब ३ लाख २२ हजार मुल्यको प्याज सहित ट्रयाक्टरको मूल्य ६ लाख तथा ट्रलीको २ लाख गरी कुल जम्मा १९ लाख २२ हजार बराबरको सामान प्रहरीले नियन्त्रणमा लिएको हो।
यसैगरी पाल्हिनन्दन गाउँपालिका वडा नं.५ भगतपुरा स्थितबाट पैदल ल्याइ जम्मा गरी राखिएको १८ बोरा ९ सय किलो करिब ९० हजार मुल्य बराबरको प्याज नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ
Advertisement