• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, माघ १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

झिमरुकमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय, शिक्षक र विद्यार्थी सम्मानित

लोकप्रिय समाचार

  • १. ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

  • २. नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

  • ३. श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

  • ४. दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

  • ५. खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

  • ६. रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

  • ७. प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

  • ८. मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

बुबाको स्मृतीमा ३ लाखको अक्षयकोष स्थापना


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • तेह्रथुम । मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थीत सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृति अक्षयकोष स्थापना भएको छ ।

    Advertisement

    स्कुलका संस्थापक स्व.मणिशंकर सेरेङ चोङबाङको छोरी उषा सिरेङ इधिङ्गोबाट ३ लाख १० हजारको अक्षयकोष स्थापना भएको हो ।

    ‘मणिशंकर सिरेङ तथा डम्बरकुमारी फुदोङ अक्षयकोष’ नाम राखिएको यस कोषले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने विद्यालयले जनाएको छ ।

    अक्षयकोषबारे मणिशंकर सिरेङचोङको शिक्षाप्रेमको कारण स्थापना गरिएको कोषदाता उषा सिरेङले जानकारी दिएकी थिइन् । त्यसैगरी पत्रकार देवेन्द्र खापुङले ३१ वर्षअगाडि मणिशंकर सिरेङलाई पढेको र ऐतिहासिक व्यक्ति भएपनि एकदमै ओझेलमा परेको बताएका थिए । उनको कृतिलाई संकलन गरेर पुनःप्रकाशन र जीवनीग्रन्थ प्रकाशन गर्नुपर्ने पत्रकार खापुङको जोड थियो । कार्यक्रममा प्रमुख अतिथि मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले मणिशंकर सिरेङचोङबाङको योगदानको चर्चा गरेका थिए । कोषको स्थापनाले विद्यार्थीहरूलाई प्रोत्साहन मिलेको बताउँदै यो कार्य शुरुवातमात्रै हुनसक्ने, भविष्यमा धेरै कोषहरू स्थापना हुने पनि प्रमुख अतिथि खापुङले बताए ।

    कार्यक्रमको बिचमा नातिनातिनाद्वारा संकलित रकमद्वारा खरिद गरिएको टेबल कुर्सी पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । स्कुलको तर्फबाट कोष स्थापनाकर्ता उषा सिरेङलगायत सिमला सिरेङ, दिपबहादुर सिरेङ र राजेन्द्र सिरेङलाई सम्मान गरिएको थियो ।

    को हुन् मणिशंकर सिरेङचोङ्बाङ ?
    शिक्षाप्रेमी मणिशंकर सिरेङचोङबाङ साविक मोराहाङ ९ मा जन्म भएको हो । सरकारी सेवामा जीवन बिताएका मणिशंकरले तेह्रथुम, ताप्लेजुङलगायतमा जागिर खाएका थिए । शिक्षा नै मानिसको लागि महत्वपूर्ण कारक हो भन्ने बुझेकैले गाउँमा मकैको ढोड बालेर विद्यार्थी बटुली पढाउने गर्दथे । त्यही पढाई नै सिद्धेश्वर प्रावि बनेको हो ।

    विद्यालयमा पुस्तकालयको स्थापना, हुलाकको स्थापना गर्नुका साथै वि.सं. २०१० मा चन्द्रमान कन्दङ्वासँग लिथोबाट किरात लिपिको वर्णमाला, इमान सिंह चेम्जोङद्वारा लिखित किरात साहित्यको इतिहास (२०३०) को प्रकाशन गरेका थिए ।

    सामान्य ज्ञान (२०३८), जन्मदेखि मर्दासम्मको किरात संस्कार (२०३८), सामान्य ज्ञान –दोश्रो संस्करण), सेरेङचोङ लिम्बू वंशावली, पाङ्गेनहाङ लिम्बू वंशावली, १५६ थरसहित पिल्मङ राई तीन पूर्खाको वंशावली, लिम्बू भाषामा लेकवेँशी अङ्गालेको पालामख्याली, लिम्बू भाषा शब्द सङ्ग्रह, आफ्नो जीवनी, प्राथमिक उपचारसम्बन्धि पुस्तकहरू लेखेका छन् ।

    त्यसैगरी तिब्बतमा १८ सालको परिवर्तन, संसारको सृष्टि र मानिसको सृष्टि (मुन्धुम), ३६ जातको फूलबारी थरसहित र विज्ञान सम्बन्धि संकलन पुस्तक पनि लेखेको पाइन्छ ।

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    क्यान्सर पीडित दिपक खत्रीलाई आर्थिक सहयोग
    चौरासी पूजामा विद्यालयलाई नयाँ मञ्च हस्तान्तरण
    २० वर्षमै प्रधानाध्यापक बनिन् रक्षाकुमारी यादव
    सफा बस्ती, पुरस्कारको अवसर-खुङ्गमा सरसफाइमा प्रतिस्पर्धा
    दुःखमा हात बढाउने गाउँ
    आमाको सम्झनामा वडाबासीको न्यूनतम विद्युत् महसुल अध्यक्ष पोख्रेलले व्यहोर्ने

    लोकप्रिय

    • १.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • २.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै

    • ३.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ४.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी

    • ५.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो

    • ६.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो

    भर्खरै

    • १.
      रुपन्देहीमा अब रोजगारी र मानवीय विकास पहिलो प्राथमिकता : बिष्णुप्रसाद पौडेल

    • २.
      श्रम संस्कृति पार्टी लुम्बिनी प्रदेश कमिटी गठन

    • ३.
      खयरबारीबासी भन्छन्, केपि ओलीको पहलमा खोलो बाँधियो अनि बाँचियो

    • ४.
      नारायणघाट-बुटवल सडक : पूर्वी खण्डका ३४ वटै पुल निर्माण सम्पन्न

    • ५.
      दुई सुरक्षा संगठनबीचको सद्भावको उदाहरण बने प्रहरी सहायक हवल्दार सुरेश कुँवर

    • ६.
      मौरीघाटको दाेलाई खोलामा पक्की पुल निर्माण सुरु

    • ७.
      ‘मगमग बसना’ मार्फत पुनः दर्शकमाझ सरगम राई

    • ८.
      प्युठानमा एक्ली महिला उम्मेदवार सीता विक सम्झना

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation