• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ०२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

लोकप्रिय समाचार

  • १. जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

  • २. प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

  • ३. सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण कार्ययोजना’मा के छ ?

  • ४. तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

  • ५. रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

  • ६. बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

  • ७. बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

  • ८. देवघाटमा १० सुकुम्बासी परिवारलाई लालपुर्जा

  • ९. विपद् व्यवस्थापनका लागि सर्वदलीय संसदीय विशेष समिति गठन गरिने

  • १०. बिग्रिएका सडकको गुनासो दर्ता गर्न ‘सडक सुझाव एप’

बुबाको स्मृतीमा ३ लाखको अक्षयकोष स्थापना


  •   सोमबार, पुष ०२, २०८० मा प्रकाशित
  • तेह्रथुम । मेन्छ्यायेम ६ सिक्देम तेह्रथुमस्थीत सिद्धेश्वर माध्यमिक विद्यालयमा छात्रवृति अक्षयकोष स्थापना भएको छ ।

    Advertisement

    स्कुलका संस्थापक स्व.मणिशंकर सेरेङ चोङबाङको छोरी उषा सिरेङ इधिङ्गोबाट ३ लाख १० हजारको अक्षयकोष स्थापना भएको हो ।

    ‘मणिशंकर सिरेङ तथा डम्बरकुमारी फुदोङ अक्षयकोष’ नाम राखिएको यस कोषले कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने विद्यालयले जनाएको छ ।

    अक्षयकोषबारे मणिशंकर सिरेङचोङको शिक्षाप्रेमको कारण स्थापना गरिएको कोषदाता उषा सिरेङले जानकारी दिएकी थिइन् । त्यसैगरी पत्रकार देवेन्द्र खापुङले ३१ वर्षअगाडि मणिशंकर सिरेङलाई पढेको र ऐतिहासिक व्यक्ति भएपनि एकदमै ओझेलमा परेको बताएका थिए । उनको कृतिलाई संकलन गरेर पुनःप्रकाशन र जीवनीग्रन्थ प्रकाशन गर्नुपर्ने पत्रकार खापुङको जोड थियो । कार्यक्रममा प्रमुख अतिथि मेन्छ्यायेम गाउँपालिका अध्यक्ष यादवबहादुर खापुङले मणिशंकर सिरेङचोङबाङको योगदानको चर्चा गरेका थिए । कोषको स्थापनाले विद्यार्थीहरूलाई प्रोत्साहन मिलेको बताउँदै यो कार्य शुरुवातमात्रै हुनसक्ने, भविष्यमा धेरै कोषहरू स्थापना हुने पनि प्रमुख अतिथि खापुङले बताए ।

    कार्यक्रमको बिचमा नातिनातिनाद्वारा संकलित रकमद्वारा खरिद गरिएको टेबल कुर्सी पनि विद्यालयलाई हस्तान्तरण गरिएको थियो । स्कुलको तर्फबाट कोष स्थापनाकर्ता उषा सिरेङलगायत सिमला सिरेङ, दिपबहादुर सिरेङ र राजेन्द्र सिरेङलाई सम्मान गरिएको थियो ।

    को हुन् मणिशंकर सिरेङचोङ्बाङ ?
    शिक्षाप्रेमी मणिशंकर सिरेङचोङबाङ साविक मोराहाङ ९ मा जन्म भएको हो । सरकारी सेवामा जीवन बिताएका मणिशंकरले तेह्रथुम, ताप्लेजुङलगायतमा जागिर खाएका थिए । शिक्षा नै मानिसको लागि महत्वपूर्ण कारक हो भन्ने बुझेकैले गाउँमा मकैको ढोड बालेर विद्यार्थी बटुली पढाउने गर्दथे । त्यही पढाई नै सिद्धेश्वर प्रावि बनेको हो ।

    विद्यालयमा पुस्तकालयको स्थापना, हुलाकको स्थापना गर्नुका साथै वि.सं. २०१० मा चन्द्रमान कन्दङ्वासँग लिथोबाट किरात लिपिको वर्णमाला, इमान सिंह चेम्जोङद्वारा लिखित किरात साहित्यको इतिहास (२०३०) को प्रकाशन गरेका थिए ।

    सामान्य ज्ञान (२०३८), जन्मदेखि मर्दासम्मको किरात संस्कार (२०३८), सामान्य ज्ञान –दोश्रो संस्करण), सेरेङचोङ लिम्बू वंशावली, पाङ्गेनहाङ लिम्बू वंशावली, १५६ थरसहित पिल्मङ राई तीन पूर्खाको वंशावली, लिम्बू भाषामा लेकवेँशी अङ्गालेको पालामख्याली, लिम्बू भाषा शब्द सङ्ग्रह, आफ्नो जीवनी, प्राथमिक उपचारसम्बन्धि पुस्तकहरू लेखेका छन् ।

    त्यसैगरी तिब्बतमा १८ सालको परिवर्तन, संसारको सृष्टि र मानिसको सृष्टि (मुन्धुम), ३६ जातको फूलबारी थरसहित र विज्ञान सम्बन्धि संकलन पुस्तक पनि लेखेको पाइन्छ ।

    सोमबार, पुष ०२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      जोखिमपूर्ण हिमतालको जलस्तर घटाउन ब्लास्टिङ गर्ने तयारी

    • २.
      प्रेस युनियन प्यूठानको अध्यक्षमा पदम सुवेदी

    • ३.
      सरकारले ल्याएको २१ बुँदे ‘पुँजी बजार सुदृढीकरण

    • ४.
      तीजको रमझम रोक्दै बाढीपीडितका लागि च्यारिटी डिनर

    • ५.
      रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय

    • ६.
      बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा

    भर्खरै

    • १.
      चालु आर्थिक वर्षमै १ लाख युवालाई रोजगारी दिने सरकारको तयारी

    • २.
      विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायुकुमार श्रेष्ठ नियुक्त

    • ३.
      प्यूठानमा १५ शय्याको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा

    • ४.
      धनुषाका ३८८ परिवारले पाए लालपुर्जा

    • ५.
      गुल्मीमा विज्ञान शैक्षिक सामग्री प्रदर्शन : रेसुङ्गा प्रथम

    • ६.
      बागमतीमा १३४ कर्मचारी दरबन्दी घटाइयो

    • ७.
      बागमतीमा सुरु भयो ‘हेलो सीएम’ सेवा

    • ८.
      कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation