दाङ । लमही नगरपालिका वडा नम्बर ७ बन्गै र कमानपुरमा कुकुरलाई रेविज बिरुद्धको भ्याक्सिन लगाईएको छ। छाडा तथा घरपालुवा सबै कुकुरलाई रेबिज भ्याक्सिन लगाईएको हो।
बहुला कुकुरबाट किटाणु सरेको हुनसक्ने आशँका गर्दै बस्तिका छाडा तथा घरपालुवा कुकुरहरुलाई भ्याक्सिन लगाईएको लमही नगरपालिका पशु स्वास्थ्य शाखा प्रमुख शिबराज न्यौपानेले बताए।
पशु स्वास्थ्य शाखाका कर्मचारी, वडाका कर्मचारी, स्थानिय प्रहरी, टोल बिकाशका पदाधिकारी, स्थानिय युवा तथा समाजसेवी, बुद्धिजीवी लगायतको सहयोगमा बस्ती बस्तीमा डुलेर छाडा तथा घरपालुवा गरि ४० वटा कुकुरहरुलाई भ्याक्सिन दिईएको हो।
केहीदिन अघि बहुला कुकुरको टोकाईबाट त्यहा १० जना घाईते भएका छन। घाईतेहरुको नेपालगञ्ज, बुटवल र काठमाण्डौ उपचार भईरहेको छ।
धेरैको सँख्यामा कुकुरले टोकेपछी स्थानिय त्रसित थिए। छाडा कुकुरको बिगबिगीसँगै बौलाहा कुकुरको जोखिम बढ्न सक्ने भएकाले सचेत भएर प्रत्यक कुकुरलाई भ्याक्सिन लगाउन निर्देशन दिईएको वडाध्यक्ष मोहन गिरीले बताए।
कुकुरहरुलाई भ्याक्सिन दिईएपछि त्रसित हुनुपर्ने बाध्यता हटेको छ।