• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असोज २८, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

लोकप्रिय समाचार

  • १. लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

  • २. कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

  • ३. गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

  • ४. कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

  • ५. व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

  • ६. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • ७. बेत्रावतीमा बेलिब्रिज जडान अन्तिम चरणमा

  • ८. गण्डकी र लुम्बिनीका १९४ पालिकामा सूचना महामार्ग विस्तार गरिने

  • ९. एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

  • १०. पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थी र एक वृद्धको मृत्यु, १४ जना घाइते

गुल्मीको एउटा यस्तो मन्दिर : जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ


  •   आइतबार, असोज २१, २०८० मा प्रकाशित
  • गुल्मी । गुल्मी जिल्ला सदरमुकाममा एउटा यस्तो मन्दिर छ जहाँ विवाहित जोडी एक वर्ष भित्र पूजा गर्न जानै पर्छ । जुन मन्दिर धार्मिक र पर्यटकीय महत्वले भरिपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।
    तम्घासमा सबैभन्दा पुरानो तम्घासस्थान मन्दिर प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । रेसुङ्गा नगरपालिकाको वडानम्बर–९ मा मन्दिर रहेको छ । यस मन्दिरको महत्वलाई जनमानसमा पुर्याउनले उदेश्यले गुल्मी उद्योग संघले मन्दिर परिसरमै कात्तिक १५ गतेदेखि २५ गतेसम्म महात्सव गर्न लागिएको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घास (उपल्लो तम्घासमा) अवस्थित तम्घासस्थान मन्दिर नव विवाहित जोडिको लागि मनोकांक्ष पुरा हुने जनविश्वास परापुर्व कालदेखि रहि आएको छ ।
    मन्दिरको शदीयौंदेखिको एउटा मान्यता यसभेगमा विवाह गर्ने नव जोडिले भाकल पूजा गर्नुपर्ने मान्यता छ । निकै पुरानो मन्दिर जीर्ण बन्दै गएपछि अहिले नेपाल सरकारको आर्थिक सहयोगमा नयाँ मन्दिर पनि निर्माण भएको छ ।
    मन्दिरको इतिहास रहेको देउराली अर्जुन पैदल मार्गले जोडने योजना रहेको रेसुङ्गा नगरपालिका वडानम्बर–९ का वडाअध्यक्ष कृष्णप्रसाद पाण्डेले बताउनुभयो । उहाँले यस मन्दिरलाई पर्यटकीय गनतव्य बनाउन नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको बताउनुभयो ।।मन्दिरमा पूज ागर्न आउनेहरुका लागि खानेबस्नका लागि पौवा पनि निर्माण गरिने अध्यक्ष पाण्डेको भनाइ छ । तम्घासस्थान मन्दिरको स्थापना कहिले कसरी भयो भन्ने हालसम्म कुनै प्रमाण भेटिएको छैन ।
    तर तम्घास आसपासका क्षेत्रमा विवाह गरी ल्याउने वा लैजाने तम्घासबाट विवाह गरी बाहिर लैजाने वरहरूले विवाह गरेको एक वर्षभित्र मन्दिरमा पूजापाठ अथवा बलि दिने प्रचलन चली आएको स्थानीय जेष्ठ नागरिक बिष्णुप्रसाद पन्थीले बताउनुभयो । पन्थीका अनुसार यसमन्दिर भएर आउ–जाउ गर्ने नव विवाहित जोडिले पूजा नगरे जीवनमा धेरै उतारचढाप आउने गरेको बताउनुभयो ।
    त्यहि मुक्ति पाउनका लागि यहाँ पूजा गर्ने गरेको बताउनुभयो । अचेल कसैलाई केही कठिनाई पयो भने त्यस कठिनाइबाट मुक्ति पाउने उद्देश्यले पनि यस मन्दिरमा पूजापाठ गरिने गरिन्छ ।
    रापुर्वकालमा अर्जुन पर्वतमा भुरे नामका राजा बस्थे । उनी अत्याचारी, धूर्त, मूर्ख तथा चरित्रहीन मात्र नभइ उनी ज्यादै विलासी थिए ।
    तम्घासको देउरालीमा आफ्ना सिपाही राखी तम्घासबाट आउने जाने नवविवाहित दुलहीलाई आफूसँग पुराउने व्यवस्था गरी बलात्कार गरी सतीत्व हरण गर्ने उनको चलन थियो । एकपटक धुर्कोटका वाग्लाका एउटा ब्राह्मणले गुल्मी चारपाला दरबार देवीस्थान तिरबाट एउटी कन्यालाई विवाह गरेर देउराली कटाएर घरतिर लैजाने क्रममा भुरे राजाले आफ्ना सिपाइ प्रयोग गरेर एकरातको लागि दरबार लगेछ्न ।
    राजाले बेहुलीलाई उनलाई अभद्र व्यवहार गर्न खोज्दा हे दुष्ट राजा, म यदि पतिव्रता हूँ भने तेरो वंश यहाँ बस्न नपाओस भन्दै उनले भनेकी थिइन् । बेहुलीले बोलेको सत्य भएपछी तम्घासस्थानमा शिलाको स्थापना गरी पुरुषलाई सिद्धको रूपमा र नारीलाई देवीको रुपमा पुजा गर्दै आएको स्थानीय शताब्दी पुरुष फर्सुराम पन्थीले बताउनुभयो । उहाँले जसले शुद्ध मनले पूजा गर्छ त्यसका लागि ठूलो पुण्य हुँने बताउनुभयो । यस मन्दिर रेसुङ्गा र अर्जुनसँग सम्बन्धीत रहेको पन्थीको भनाइ छ ।
    यी धार्मिक तथा पर्यटकीय क्षेत्रको इतिहास लामो रहेकाले महत्व पनि धेरै नै रहेको बताउनुभयो । दुलहीले एउटा कचौरामा गाईको दूध राखी आफ्ना पति र जन्तीहरूसित भनिछन यदि म साच्चिकै पतिव्रता रहेछु भने त्यस दुष्ट राजाले कुव्यावहार गर्ने प्रयास गरे यो दूध, रगत बन्नेछ र म ब्रह्मलीन हुनेछु ।
    अन्यथा यो दूध बन्ने भनिन । तर उनले भनेअनुसार दूध रगतमा परिणत भयो । रगतमा परिणत भएपछि ती दुलही ब्रह्मलीन भइन । अहिले पनि मन्दिर परिसर क्षेत्रमा केहि त्यस्ता रगत लागेका ढुंगाहरु पनि फेला परेको स्थानीयको भनाइ छ । यसपछि ती दुलहा तथा दुलहीको ब्रह्मलीनताबाट प्रभावित भई यी देवी–देवताको पूजा गरेमा दाम्पत्य जीवन अवश्य पनि सखमय बन्दै आएको बताउँछन । सयौं वर्ष पहिले स्थापना भएको मन्दीर विभिन्न कारणले प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
    धार्मिक र पर्यटकीय क्षेत्र रहेको मन्दिरलाई आम नागरिक माझ ल्याउने उदेश्यले मन्दिर परिसर क्षेत्रमै गुल्मी महोत्सव हुन लागेको गुल्मी उद्योग संघका महासचिव सुर्दशन खनालले बताउनुभयो । उहाँले पश्चिम क्षेत्रमै यो मन्दिरको इतिहास ८ सय वर्ष पुरानो रहेको पाइएको बताउनुभयो । केहि इतिहास बिदहरुले मन्दिरहरुको अहिले पनि अध्ययन गरिरहेका छन् । यो इतिहास खोज्ने क्रममा यो मन्दिर धेरै पुरानो र धार्मिक मान्यता रहि आएपनि प्रचुर प्रचारप्रसार नभएपछि महोत्सवमा यसलाई आम नागरिक माझ पुर्याउने उदेश्य रहेको खनालले बताउनुभयो ।
    जिल्लाका सबै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार भइरहेपनि यस मन्दिरको महात्वकमैले मात्रै जान्ने बुझने गरेको खनालको भनाइ छ ।

    Advertisement

    आइतबार, असोज २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • २.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    • ३.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत्

    • ४.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ५.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको

    • ६.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    भर्खरै

    • १.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • २.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ३.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    • ४.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ५.
      शुसिला घर्तीले अस्वीकार गरिन् केन्द्रीय सदस्य पद

    • ६.
      रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

    • ७.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

    • ८.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...