प्युठान । स्वास्थ्य बीमा बोर्ड टेकु काठमाडौंले प्युठानमा स्थानिय तहका जनप्रतिनिधिहरुसंग छलफल तथा अन्तरक्रिया गरेको छ।
स्वास्थ्य बीमामा जनताको पहुँच अभिवृद्धि गर्न स्थानीय तहको भुमिका बारेमा बोर्डले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो। बोर्डले प्युठानमा पहिलोपटक यस्तो कार्यक्रम गरेको हो।
शनिवार विजुवारमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रतिनिधीसभा सदस्य सुर्य थापाले नेपाल सरकारले सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै स्वास्थ्यमा सबै जनताको पहुँच पुर्याउनुपर्ने बताएका छन। साथै समयानुकुल सेवाको गुणस्तरीयता अभिवृद्धि गर्नुपर्नेमा उनले जोड दिए।
स्थानीय सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिदै संसद थापाले बिमा कार्यक्रम जनतामा लैजान जनप्रतिनिधीहरुको भूमिका महत्वपुर्ण हुने समेत उल्लेख गरे।
त्यस्तै, लुम्बिनी प्रदेशसभा सदस्य तुल्सिराम शर्मा र निमा गिरीले स्वास्थ्य बीमा कार्यक्रमको अनिवार्यता र दायरा बढाउनुपर्ने धारणा राखे ।
कार्यक्रमा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले स्वास्थ्य बीमाको परिचय, उद्देश्य बारे जानकारी गराएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रखु, जिल्लाका ९ वटै स्थानीय तहका प्रमुख,उपप्रमुख, वडाध्यक्ष, सदस्यहरु, विभिन्न संघसंस्था तथा कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागि रहेको यो कार्यक्रम स्वास्थ्य बीमा बोर्डका सदस्य चन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो।