दाङ। लुम्बिनी प्रदेश सरकारले थारु समुदायको बड्का अट्वारीको अवसरमा दाङसहित बाँके र बर्दियामा सार्वजनिक विदा दिने भएको छ । भदौ ३१ गते पर्न गएको अट्वारी पर्वका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।
Advertisement
थारु समुदायले अट्वारीलाई विशेष पर्वका रुपमा मनाउने गरेका छन् । थारु बाहुल्यता भएका यी तीन जिल्लामा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो । प्रदेश सरकारले बिहीबार एक विज्ञप्ति जारी गरेर चैत १७ को निर्णय अनुसार सार्वजनिक विदा दिएको हो ।