प्युठान । प्युठानमा विद्यार्थीमाथी कुटपिट भएको छ। प्युठान नगरपालिका-३ स्थित मुक्ति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययन गर्ने ४ जना बिद्यार्थीमाथी विद्यालयका गार्डले कुटपिट गरेको प्रधानाध्यापक दामोदर बिष्टले जानकारी दिए।
Advertisement
ब्लक इटा बनाउने तालिम चलिरहेको बेला बुधबार अपरेटरसंग विवाद भएपछि अपरेटरले गार्डलाई बोलाएर गार्डले विद्यार्थी माथि कुटपिट गरेको स्थानियले बताएका हुन। घाइतेमध्ये १ जनाको हात र एक जनाको हातको औला भाचिएको बताईएको छ । २ जनाको शरीरमा निलडाम छ । औला भाचिएको बिद्यार्थीलाई बुटवल लगिएको हो ।
प्रधानाध्यापक बिष्टका अनुसार घटनाको बिषयमा छलफल गर्न वैठक बोलाईएको छ।