काठमाडौं ।पछिल्लो समय जन्मदिनलाई तडक भडकका रुपमा मनाउने गर्दछन् । जन्मदिनमा बिभिन्न तारे होटेलहरुमा मनाउने र धेरै खर्च गर्ने चलनलाई तोड्दै आएकी लोक गायिका भुमिका गिरीले आफ्नो जन्मदिनमा त अनाथलाई सहयोग गर्दै आएकी थिइन। तर यसपाली भने भर्खरै सल्यानका हिजन बिष्टसँग बिवाह गरेकी भुमिकाले आफ्नो श्रीमानको जन्मदिनको अवसरमा अनाथ आश्रममा रहेका बालबालिकालाई सहयोग गरेकी छन् । काठमान्डौमा रहेको स्नेहा अनाथ आश्रमाा रहेका बालवालिकालाई दाल, चामल, चिउरा, खाजाको लागी सामाग्री, साबुन स्याम्पोहरु लगाएतका सामाग्री सहयोग गरेकी छन् । भुमिकाले कलाकार इक्कु सुर्यमान शंकरले संचालन गरेको सो आश्रममा सँधै जसो गएर सहयोग गर्दै आएकी थिइन । यस पटक भने आफ्नो श्रीमानको जन्मदिनको अवसरमा सहयोग गरेकी हुन् ।
जन्मदिनमा गरिने खर्च अनाथ र साहाराबिहिनलाई सहयोग गर्दा राम्रो हुने भएकोले सँधैजसो आफ्नो जन्मदिनमा सहयोग गर्दै आएको उनले बताइन् । यस पटक भने श्रीमान हिजनको जन्मदिनको अवसरमा पनि ति बालबालिकालाई सहयोग गरेको भुमिकाले बताइन् ।