पाल्प। पाल्पाको रैनादेवी छहरा गाउँपालिका ३ छचुवामा रुखवाट लडेर एकजना ब्याक्तिको ज्यान गएको छ ।
काफल टिप्न घर नजिकैको जङ्गलमा गएका १८ बर्षीय सुर्य कुमालको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो । रुखबाट खसेर घाइते कुमालको उपचारको क्रममा तानसेन स्थित यूनाइटेड मिसन अस्पतालमा मृत्यु भएको प्रहरी प्रमुख शर्माले बताउनुभयो । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको पाल्पा प्रहरीले जनाएको छ।
Advertisement