• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बिहिबार, असोज २२, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

मधेशमा कम्तीमा १०० विश्वस्तरीय विद्यालय बनाउनुपर्छ : शिक्षामन्त्री पोखरेल

लोकप्रिय समाचार

  • १. बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

  • २. प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा संयोजक तोकिए

  • ३. तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक संघको घोषणा

  • ४. एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

  • ५. देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको मृत्यु

  • ६. दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा तयारी तीव्र

  • ७. लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

  • ८. ५३ लाखमा घरजग्गा लिलामी गरेको भन्दै बैंकअगाडि धर्ना

  • ९. दीर्घकालीन प्रभाव पार्ने गरी विद्यालय शिक्षा ऐन ल्याइने

  • १०. स्काउटको प्रमुख स्काउटमा दीक्षित भए मन्त्री घिमिरे

बिद्यार्थीका लागि नि:शुल्क लोक सेवा तयारी कक्षा


  •   मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । लमही नगरपालिका वडा नम्बर ७ को कार्यालयले वडा स्तरका बिद्यार्थीहरुको लागि निःशुल्क लोकसेवा आयोगका तयारी कक्षा सञ्चालन गरेको छ ।

    Advertisement

    वडाले खरिदार वा सो सरह पदको तयारीका लागि निःशुल्क २ महिने कक्षा संचालन गरेको हो । निःशुल्क लोकसेवा तयारी कक्षाको सोमबार लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले उद्घाटन गरेका हुन् । युवा उमेरका विद्यार्थी हरुमा सकारात्मक भावनाको विकास गराई कुशल नेतृत्व, कुशल प्रशाषक, सफल, मेहनती, प्रतिस्पर्धी, इमान्दार युवा बिद्यार्थीका रुपमा स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिएको वडाध्यक्ष गिरीले बताए।

    समाज र देश परिर्वतनका लागि बिद्यार्थीहरुको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै उनले विद्यार्थीहरु बेलैमा जिम्बेवार बन्दै मेहनत गरेर रोजगार सँग जोडिन आग्रह गरे ।
    भौतिक निर्माणका कामहरु प्रक्रियागत रुपमा नियमित हुने बताउँदै उनले शिक्षा आर्जन र रोजगारलाई बढी प्राथमिकतामा राखेको बताए । “बाटाघाटा, नाला, खानेपानी, बिजुली बिस्तार यस्ता नियमित प्रक्रिया हुन! यिनी पुर्बाधारका काम जसरीपनि हुन्छन वडाध्यक्ष गिरीले भने-शिक्षा दिलाउन सकियो भने रोजगारका अबसर खुल्छन, जसले गर्दा घरपरिवार, आफन्ती, ईष्टमित्र सँगै समाज र देश समृद्धि उन्मुख हुनेछन ।”

    आर्थिक अबस्था कमजोरीले परिवार र देशमा परेको असर नजिकबाट नियालेका उनले आर्थिक समृद्धि सँग जोड्न नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको बताए । अबको नया शैक्षिक सत्रबाट समग्र नगरपालिका अन्तरगतका बिद्यार्थीहरुको लागि देउखुरी बहुमुखी क्याम्पसमा नि:शुल्क विद्यार्थी भर्नाको अभियान थालिने गिरीले बताए । उनले कारणबस त्यो अभियान सफल हुन नसके वडा नम्बर ७ का बिद्यार्थीका लागि मात्र भएपनि नि:शुल्क भर्ना गरिने प्रतिबद्धता ब्यक्त गरे ।

    वडाको यस्तो कार्यले लोकसेवा कक्षाका लागि काठमाण्डौ, बुटवल, घोराही बसेर पढ्नुपर्ने बाध्यता हटेको छ । महँगो ठाउँमा महँगो फिस तिरेर पढ्न सक्ने सबैको क्षमताले भ्याउदैन । अहिलेपनि काठमाण्डौका लोकसेवा ईन्स्टिच्युट हरुले २५ देखि ३० हजार सम्म फिस लिने गर्छन । महिनामा सबै खर्च करिब डेढ लाख सम्म खर्च हुने बिद्यार्थीहरुको बुझाई छ । महँगो खर्चमा बाहिर पढ्न जानुपर्ने बाध्यताको अन्त्य सँगै वडामै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँका बिद्यार्थीहरु खुसी भएका छन् । वडा कार्यालयले बिद्यार्थीहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको परीक्षार्थी टेकेन्द्र वलीले बताए । पहिले बाहिर बसेर महँगो फिस तिरेर पढेको हो, अहिले त वडाले बिनाखर्च पढ्ने ब्यबस्था मिलायो औधि खुसी लागेको छ उनले भने ।

    कार्यक्रममा जिल्ला समन्वय समिती दाङका जिल्ला सदस्य कुल बहादुर बुढा मगरले
    राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै कर्मचारीतन्त्रमा क्षमता भएको मान्छे र युवा बिद्यार्थीहरु आउनुपर्ने बताए । बिद्यार्थीका लागि वडाले दिएको सुनौलो अबसरबाट फाईदा लिनका निमित्त उनले कडा मेहनत सहित अध्ययन गर्नुपर्ने जिकिर गरे । तयारी कक्षामा वडा अन्तरगतका ५६ जना प्रशिक्षार्थी सहभागी छन । प्रशिक्षकमा लमही नगरपालिकाका प्रशासन प्रमुख महेश थापा ठेँडी, गढवा गाउँपालिकाका प्रशासकिय अधिकृत आशिष् चौधरी, कोष नियन्त्रक कोलिनिका दाङका प्रमुख शिव प्रसाद चौधरी, लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयका शाखा अधिकृतहरु सन्तोष सुवेदी र नारायण अर्याल लगायतका छन ।

    वडा सदस्य उर्मिला चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिब शेरबहादुर चौधरीले गरेका हुन । वडा अन्तरगतको अर्जुन आबिमा बिहान ६ देखि ९ बजेसम्म कक्षा चलिरहेको छ ।

    मङ्गलबार, बैशाख ०५, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ८४ वर्ष पुगेकी आमाको सम्मानमा चौरासी पूजाको सट्टा अक्षयकोष
    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      बिजुवार अस्पतालमा एक महिनामा १८० प्रसूति सेवा

    • २.
      प्युठानमा देउवा समूहको समानान्तर तयारी, ९ पालिकामा

    • ३.
      तिहारपछि शिक्षक आन्दोलन गर्ने अखिल नेपाल शिक्षक

    • ४.
      एस मोडमा बस दुर्घटना, ६ जनाको मृत्यु,

    • ५.
      देउखुरीमा बस र अटो ठोक्किँदा दुई जनाको

    • ६.
      दसौँ राष्ट्रिय खेलकुद मंसिर १६ देखि, कर्णालीमा

    भर्खरै

    • १.
      एमालेको राष्ट्रिय भेला मंसिर पहिलो साता

    • २.
      स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणका लागि फाउन्डेसनको काम सुरु

    • ३.
      व्यापारिक मेला नलगाउने स्वतन्त्र युवा व्यावसायिक प्यानलको प्रतिबद्धता

    • ४.
      लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल

    • ५.
      दशैंमा घुम्ने गन्तव्य : नयाँ पुस्ताको रोजाइमा लुम्बिनी केबलकार

    • ६.
      कांग्रेसको वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध

    • ७.
      गुल्मीका चार स्थानीय तहमा आज दिनभर विद्युत् अवरुद्ध हुने

    • ८.
      कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation