बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा जारी दोस्रो संगम कप नक आउट फुटबल प्रतियोगिताको उपाधी सुनवल-८ ले जितेको छ।
देवदह नगरपालिका वडा नं ४ स्थित सृष्टि सामुदायिक वनको खेलमैदानमा भएको फाईनल खेलमा भलुहि एफ.सी लाई ३-२ को गोल अन्तरले हराउँदै सुनवल-८ ले प्रतियोगिताको उपाधी जितेको हो।
उपाधिसँगै सुनवल-८ ले नगद ८० हजारसँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता भलुहि एफ.सी नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको हो।
प्रतियोगिताको उत्कृष्ट खेलाडी भलुहि एफ.सी का अनिल क्षेत्री घोषित भए। यस्तै उदयमान खेलाडी सुनवल ८ का विजय गुरुङ, सर्वाधिक गोलकर्ता सुनवल ८ का सुरज सुनार घोषित भए। सर्वोत्कृष्ट गोलरक्षक सुनवल ८ का दिपक पुन घोषित भए।प्रतियोगिताका विजयी टिम र खेलाडीलाई देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेल, देवदह नगरपालिकाको नगर उप प्रमुख विद्या लक्ष्मी गुरुङ, वडा नं ३ का वडा अध्यक्ष यज्ञ प्रसाद अर्याल, देवदह नगरपालिका वडा नं ४ का वडा अध्यक्ष दमननाथ रेग्मी, क्लबका अध्यक्ष कवि ज्ञवाली लगायतले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए।