उपल्लो तम्घासका विद्यार्थीलाई न्यानो कपडा वितरण

अनिल खत्री, गुल्मी । गुल्मी जिल्लाको उपल्लो तम्घास माध्यमिक विद्यालयले फरक क्षमताका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शनिवार अन्तर्राष्ट्रिय अपाङ्गगता दिवसको अबसरमा विद्यलयका २५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक पिङ्की भुसालले बताइन्।
चिसो बढदै जान थालेपछि विद्यार्थीहरुको सहजताको लागि न्यानो कपडा वितरण गरिएको भुसालले बताइन्। जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–९ मा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयमा फरक क्षमताका विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।
फरक क्षमताका विद्यार्थीले आवासिय रुपमा अध्ययन गर्दै आएको यस विद्यालयमा अन्य समयमा बिभिन्न संघ संस्थाहरुले सहयोग गर्ने गर्दछन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...