• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शनिबार, असोज १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

बाल्यकालमै बुबा गुमाए, मेहनतले शिक्षकको दोस्रो श्रेणीमा पुर्‍यायो

लोकप्रिय समाचार

  • १. बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४ वटा तुइन सञ्चालनमा

  • २. जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा

  • ३. अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो रहेको अर्थसचिव उपाध्यायको दाबी

  • ४. भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी जग्गा पहिचान

  • ५. नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

  • ६. ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत पारित

  • ७. संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान

  • ८. राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ९. बीपी कोइराला क्यान्सर अस्पतालको सञ्चालक समितिमा ६ सदस्य नियुक्त

  • १०. भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँने

कार्यकारीलाई लखेट्न भन्दै लमहीका कर्मचारी उत्रिए बिरोधमा


  •   आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन, दाङ । प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीको बिरोधमा लमही नगरमा कार्यरत कर्मचारी कालोपट्टी बाँधेर आन्दोलनमा उत्रिएका छन ।

    Advertisement

    कार्यकारीलाई लमही नगरपालिका बाट लखेट्न भन्दै उनिहरु आन्दोलित बनेका हुन । ४९ जना कर्मचारीहरु एकताबद्ध बन्दै हातमा कालो पट्टि बाँधेर कार्यकारीको बिरोधमा उत्रिएका छन । आईतबार लमही नगरपालिकामा पत्रकार सम्मेलन गर्दै कर्मचारीहरुले कार्यकारीको ज्यादती बिरुद्धको आन्दोलन रहेको बताए । उनिहरुले आईतबार प्रमुख उपप्रमुख सहित कार्यपालिका सदस्यहरुलाई एक सुत्रिय माग सहित ज्ञापनपत्र बुझाएका छन । यो भन्दा अगाडी कर्मचारीहरुले जिल्ला प्रशासन कार्यालय दाङमा समेत ज्ञापनपत्र बुझाईसकेका छन ।कार्यकारी डाँगीले पटक–पटक आफु अनुकुल निर्णय गरि कर्मचारीलाई दरबन्दी नभएको ठाउँमा सरुवा गर्ने, लोकसेवा आयोगबाट नियुक्ती लिदा तोकिएको सेवा समुह भन्दा फरक स्थानमा कामकाज गर्न खटाउने, कर्मचारी माथी शोषणदमन ज्यादती गर्दै आएको उनिहरुको आरोप छ ।कर्मचारीहरुलाई अनावश्यक रुपमा नीति नियम, विधि पद्धती भन्दा बाहिर गएर आफु खुसी एक तर्फी रुपमा दरबन्दी विना मातहतको कार्यालयमा खटाईएको, कर्मचारीहरुलाई कानुनी प्रक्रिया विना ई–हाजिरबाट नाम हटाई हाजिर हुनबाट बञ्चित गरेको, लमही नगरपालिका अन्तरगतका कार्यालयका कर्मचारीहरुलाई कार्यसम्पादन मुल्यांकनको डर त्रास देखाई अनावश्यक दवाव सृजना गरेको आरोप लगाइएको छ ।

    ‘राईट म्यान ईन राईट प्लेस’को सिद्धान्त विपरित कर्मचारीलाई आफु खुसी कार्य जिम्मेवारी दिने गरेको, प्रशासनिक कर्मचारीलाई प्राविधिक क्षेत्रमा र प्राविधिक कर्मचारीलाई प्रशासनिक क्षेत्रमा जिम्मेवारी दिएको, योग्यता प्रणालीबाट नियुक्त र्कचारीलाई गरिने निर्देशन कार्य पद्धती हिटलरी शासन भन्दा कम नभएको आरोप कर्मचारीले लगाएका छन । लमही नगरपालिकाको कर्मचारी प्रशासनमा लुट प्रणाली स्थापीत गर्न खोजिएको, एउटै कर्मचारीलाई पटक–पटक सरुवा गरी मानसिक तनाव दिएको, महिनौं सम्म कर्मचारीहरुलाई पदिय जिम्मेवारी नदिई सजाय दिएको, जुन निजामती सेवा ऐन, नियम विपरित रहेको विज्ञप्तीमा उल्लेख छ । कर्मचारीहरुले एउटै माग दर्साएका छन । त्यो हो कार्यकारी गेहेन्द्र बहादुर डाँगीको सरुवा ।
    डाँगी लमही नगरपालिकामा रहँदा सम्म लमही नगरको कामकाज सहित सम्पुर्ण वडा कार्यालयहरु ठप्प पारिने कर्मचारीहरुले चेतावनी दिएका छन । गेहेन्द्र बहादुर डाँगी सँग कुनै हालतमा काम गर्न नसकिने पशु शाखा प्रमुख शिबराज न्यौपानेले बताए । डाँगी यहाँ रहदा सम्म हामी सबै कर्मचारीले वडादेखि नगर सम्मका कामहरु बन्द गरिने बताए ।यो भन्दा अघिपनि ४७ जना कार्यपालिका सदस्यहरुले डाँगी सरुवा भएर लमहीमा आए लगत्तै आन्दोलन गरेका थिए । कार्यपालिका सदस्यहरुले चरणबद्व आन्दोलनका क्रममा नगरपालिकाको मुलगेटमा ताला समेत लगाएका थिए । चुनाबका कारण आंचारसंहिता लागू भएसँगै कार्यपालिका सदस्यहरुको आन्दोलन पुन:सुचारु हुनेगरी स्थगित भएको थियो । चुनाब लगत्तै कर्मचारीहरु स्वयम् आन्दोलित बनेपछि सम्पुर्ण वडाध्यक्ष सहित कार्यपालिका सदस्यहरुले कर्मचारीको आन्दोलनलाई समर्थन गरेका छन ।ज्ञापनपत्र बुझ्दै कार्यपालिका सदस्य तथा वडा नम्बर ५ का वडाध्यक्ष ओमप्रसाद सुबेदीले कर्मचारीको आन्दोलनलाई समर्थन गरिने बताए । गेहेन्द्र बहादुर डाँगीलाई आफुहरु पनि स्विकार्न असमर्थ रहेको तर प्रमुख र उपप्रमुखले काखी च्यापेका कारण समस्या श्रृजना भएको बताए । “प्रमुख उपप्रमुखले गेहेन्द्र गेहेन्द्र भन्दै हिड्नुहुन्छ, कस्तो जाल फिजाएछन गेहेन्द्रले! वडाध्यक्ष सुबेदीले भने-गेहेन्द्रलाई छोडिदिनुस, हामी तपाईलाई सफल बनाउँछौ ।” कार्यकारीले प्रमुख र उपप्रमुखलाई प्रभाबमा पारेकाले ठुलै चलखेल भएको हुनसक्ने आशंका उत्पन्न भएको बताए ।गेहेन्द्र बहादुर डाँगीको लागि भएको यो आन्दोलन कुनै नौलो त होईन । उनी लमही नगरमा आएदेखी यस्ता बिरोधका आवाजहरु उठि रहन्छन । फेरि सरुवा भएर जाने र फर्किने क्रमपनि चलिरहन्छ । उनी सरुवा भएर जाँदा कार्यरत कर्मचारीहरु खुसीको आभासमा रहन्छन । गेहेन्द्र बहादुर डाँगी जब फेरि सरुवा मिलाएर लमही नगरमा फर्किन्छन तब कर्मचारीहरुलाई टचर हुन्छ एक कर्मचारीले भने । आग्रह पुर्बाग्रहका कारण गेहेन्द्र बहादुर डाँगीले दर्जनौ कर्मचारीको जागीर बर्खास्त गरिदिएको उदाहरण हरु छन एक कर्मचारीले भने-मन नपरेका कर्मचारीहरुलाई तनाब श्रृजना गरि जवरजस्ती सरुवा सहमती लिन बाध्य तुल्याउँछन ।

    २०७६ सालमा उनी लमही नगरमै रहँदा १९ जना करार कर्मचारीको जागीर बरखास्त गरिदिएका थिए । सोही समयमा समय सकिएर आएको टेण्डर फर्मलाई दर्ता नगरेको झोंकमा कार्यकारीले १ जना कर्मचारीको जागिर बरखास्त सहित २ जनालाई जवरजस्ती सरुवा सहमती लिन बाध्य पारेका थिए । त्यस यता पनि डाँगीका यस्ता ज्यादतीहरु छरपष्ट छन ।
    अधिकृत छैँठौ तहको कर्मचारीलाई पाँचौ तहको दरबन्दी रहेको लमही अस्पतालमा सरुवा सहमती लिन बाध्य बनाएपछी कर्मचारीहरु आन्दोलित बनेका हुन ।

    आइतबार, मङि्सर ११, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण
    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु
    जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल
    जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा
    संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान
    राजनीतिक दलका कार्यक्रममा सहभागी शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

    लोकप्रिय

    • १.
      बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, ४

    • २.
      जेन–जीका सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क

    • ३.
      अर्थतन्त्र सुस्त भए पनि वित्तीय अवस्था बलियो

    • ४.
      भोटेकोशी बाढीपीडितका लागि ३ हजार २७९ रोपनी

    • ५.
      नयाँ प्रणालीबाट लाइसेन्स छपाइ सुरु

    • ६.
      ओलीको राजनीतिक प्रतिवेदन एमाले केन्द्रीय कमिटीबाट सर्वसम्मत

    भर्खरै

    • १.
      अधिवेशन बाँकी छँदै प्यूठान कांग्रेसमा नेतृत्व हस्तान्तरणको घोषणा

    • २.
      भोटेकोशी बाढीमा बेपत्ता ऋचा लोकसेवा लिखितमा उत्तीर्ण

    • ३.
      बाढीपछि नुवाकोटमा आकस्मिक स्वास्थ्य केन्द्र सञ्चालन

    • ४.
      प्यूठान अस्पतालमा जन्मिए तिम्ल्याहा शिशु

    • ५.
      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि कार्यक्रम तर्जुमा सुरु

    • ६.
      जेनजी सहिद परिवार र घाइतेलाई स्नातकसम्म निःशुल्क शिक्षा, कार्यान्वयनबारे छलफल

    • ७.
      सात प्रदेशका २७ स्थानमा खेलकुद पूर्वाधार निर्माण गरिने

    • ८.
      एमालेको वरिष्ठ नेतामा विद्यादेवी भण्डारी, ७ जना स्थायी कमिटीमा चयन

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation

    Loading Comments...