प्यूठानका पहिरो प्रभावित १४ परिवारलाई सहयोग

प्यूठान । प्यूठानमा पहिरोबाट प्रभावित १४ परिवारलाई सहयोग गरिएको छ। हेम एण्ड माया फाउन्डेसन अमेरिकाले सरुमारानी गाउँपालिका -५ का ११ परिवार र २ का ३ परिवारलाई राहत प्रदान गरिएको हो ।
फाउन्डेसनबाट प्राप्त सहयोग लायन्स क्लब अफ प्युठानको समन्वयमा बितरण गरिएको कमल श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार यशअघि माण्डवी गाउंपालिका धनचौरका ४८, ऐरावतीको तिघ्रापातलका २५ र प्युठान नगरपालिकाका पहिरो प्रभावीत दुई घर परिवारलाई लायन्स कल्वको अगुवाईमा राहत प्रदान गरिएको हो।
राहत सामाग्रीमा कम्मल, चामल, दाल, तेल, नुन लगायत छन। फाउन्डेसनले नेपालमा विभिन्न सहयोग गर्दै आएको छ ।

 

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...