• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
शुक्रबार, असोज ३०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

लोकप्रिय समाचार

  • १. कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह विमोचित

  • २. नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

  • ३. बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

  • ४. बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

  • ५. अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला संयोजकमा केशर सुनार

  • ६. चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

  • ७. बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

  • ८. रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

  • ९. रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

  • १०. रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन

स्कुले छात्रालाई ‘निशुल्क प्याड र डिस्पेन्सर मेसिन


  •   शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
  • टेकबहादुर पुन,दाङ । राजपुर गाउँपालिकाले बिद्यालयहरुमा छात्राहरुका लागि सेनेटरी प्याड र डिस्पेन्सर मेसिन निशुल्क प्रदान गरेको छ ।

    Advertisement

    गाउँपालिका अन्तरगतका ८ वटा माध्यमिक बिद्यालय हरुमा अध्ययनरत छात्राहरुका लागि प्याड र मेसिन बितरण गरेको हो ।
    पढाईको बेला महिनावारी हुँदा छात्राहरुमा हुने समस्यालाई कम गर्न बिद्यालयमा प्याड र मेसिन अनिवार्य हुनुपर्ने भन्दै गाउँपालिकाले यस्तो कार्यको सुरुवात गरेको हो ।

    बुधवार मात्र राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित शिबशक्ती माबिमा प्याड र मेसिन बितरण गरिएको छ । यो भन्दा अघि गाउँपालिका अन्तरगतका साधारण नमुना माबि सालभौरी, बालकल्यान माबि खाँग्रानाका, माबी दुलैया, माबी सिक्टा, जनज्योती माबि बेला, शँकर माबि खरदरिया, गौरी शँकर माबी भैँसाही नाकामा बितरण गरि सकिएको राजपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशब लम्सालले बताए । उनका अनुसार डिस्पेन्सर मेसिन बिद्यालयमै रहने र आबस्यक्ता अनुसार सेनेटरी प्याड गाउँपालिकाले समय समयमा उपलब्ध गराउने जानकारी दिए ।

    मेसिनमा प्याड फिट गरिने र छात्राहरुले स्विचको मद्दतबाट आबस्यक प्याड निकाल्न मिल्ने प्रमुख लम्सालले बताए । गाउँपालिकाको यस्तो कार्यले महिनावारी हुँदा छात्राहरुलाई सहज हुने बिश्वास गरिएको छ । पढाईको बेला हुने महिनावारीले पढाइ नै प्रभाबित हुने गरेको शिबशक्ती माबि भौवानाकाकि छात्रा सञ्जु दसौंदीले बताईन । महिनावारी अबधीभर बिद्यालय जाने ईच्छा भएपनि जान नसक्ने अबस्था रहने उनको भनाई छ । आर्थिक स्थिती कमजोरीका कारण सबै छात्राहरुमा प्याड किनेर प्रयोग गर्न सक्ने अबस्था छैन । यसर्थपनि पढाईमा केही प्रभाबित हुने गरेको छात्रा दसौंदीको भनाई छ ।
    छात्राहरुमा हुने महिनावारीले विद्यार्थी बिद्यालय नआईँदिदा स्वयम् छात्राको पढाइ प्रभाबित हुँदै आएको बिद्यालयकि स्टाप नर्स लक्ष्मी रोकाहले बताईन । गाउँपालिकाको यस्तो अभियानले छात्राको पढाईमा थप सुधार हुने रोकाहले बिश्वास ब्यक्त गरिन । ‘सबैको प्याड किन्न सक्ने अबस्था छैन, कतिपय लाजले पनि आउँदैनन स्कुल स्टाप नर्स रोकाहले भनिन्-गाउँपालिकाको यस्तो कार्यले छात्राको पढाईमा हुने समस्या निर्मुल हुनेछ ।’

    छात्राहरुको महिनावारी समस्या र पढाईप्रती चिन्तित बन्दै ‘स्कुलमा निशुल्क प्याड र मेसिन’ बितरण गरिएको राजपुर गाउँपालिकाकि उपाध्यक्ष धनपती देबी यादबले बताईन । आफू एक महिला भएका कारण महिलाको समस्या बुझ्दै त्यसैमाथी छात्राहरुको पढाईमा महिनावारीले पुय्राएको असरलाई निर्मुल पार्न गाउँपालिकाले यस्तो अभियानको थालनी गरेको उपाध्यक्ष यादबको भनाई छ ।

    ‘समृद्दीका लागि शिक्षा एक हो, महिनावारीले केही हदसम्म पढाईमा प्रभाब पारेको छ उपाध्यक्ष यादबले भनिन-छात्राहरु त्यही शिक्षाबाट बञ्चित हुन नपरोस भनेर निशुल्क प्याड र मेसिनको अबधारणा लिएका हौँ।’
    गाउँपालिकाको यस्तो कार्यप्रती छात्राहरु हर्षित बनेका छन । दुर्गम बस्तिहरुमा अझैपनि महिनावारी हुँदा लाजले बिद्यालय जाँदैनन भने कतिपयको आर्थिक अबस्था कमजोर हुनु पनि प्रमुख कारण हो । गाउँपालिकाले यो भन्दा अघिपनि माबि स्तरिय बिद्यार्थीहरुका लागि ‘निशुल्क पढाई’ लागू गरिसकेको छ ।

    शुक्रबार, असोज ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता
    रुद्रगढ धार्मिक संस्थाद्वारा रक्तदान, २५७ युनिट रगत संकलन
    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
    लुम्बिनीको आर्थिक मामिला मन्त्रालयको निमित्त सचिवमा पौडेल
    स्वास्थ्यको समीक्षा पछि देउखुरी घोषणापत्र जारी, १३ प्रतिबद्धता
    लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याइने

    सम्पर्क सेतु

    ठेगाना: सरुमारानी – ४ बड्डडाडां , प्युठान
    फोन : ९८५७८३३०२८
    इमेल : kamanadaily@gmail.com

    लोकप्रिय

    • १.
      कोहलपुरमा चार स्रष्टा सम्मानित, रिजालको कविता सङ्ग्रह

    • २.
      नेपाल टेलिकमको दसैँ–तिहार अफर सार्वजनिक

    • ३.
      बेत्रावतीमा २४० फिट लामो एक्रो ब्रिज निर्माण

    • ४.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ

    • ५.
      अखिल (क्रान्तिकारी)को केन्द्रीय सदस्यमा सुशीला घर्ती, जिल्ला

    • ६.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी

    भर्खरै

    • १.
      चिकित्सा शिक्षामा ४१८ सिट थप, एमबीबीएसमा सरकारी कलेजलाई प्राथमिकता

    • २.
      रानीमहलको संरक्षण र प्रवर्द्धन सबैको साझा दायित्व : मुख्यमन्त्री आचार्य

    • ३.
      पुरुष भलिबलको उपाधि गुल्मीलाई, महिलातर्फ बागलुङको तमु समाज विजयी

    • ४.
      बाढीपहिरो प्रभावित ७ स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित

    • ५.
      मुख्यमन्त्री आचार्यद्वारा ‘जीवनशैली’ पुस्तक विमोचन

    • ६.
      सवारी दर्ता र नामसारीका लागि धनी स्वयं कार्यालय जान नपर्ने

    • ७.
      रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

    • ८.
      बूढीगण्डकीमा बाढी : पाँच जना बेपत्ता, डेढ सय पशुचौपाया बगायो

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation