९ सय २३ उम्मेदवारलाई सोधियो स्पष्टीकरण

पाल्पा । जिल्ला निर्वाचन कार्यालयले स्थानीय तहको निर्वाचन खर्च विवरण नबुझाउने ९ सय २३ उम्मेदवारलाई स्पष्टीकरण सोधेको छ । जसमध्ये अहिलेसम्म १ सय ५९ जना उम्मेदवारले स्पष्टीकरण दिएका छैनन् ।

उम्मेदवार बनेर खर्च विवरण नबुझाएकाहरूलाई स्पष्टीकरण सोधिएको हो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाले निर्वाचन परिणाम सार्वजनिक भएको ३० दिनभित्र खर्च विवरण आयोगमा बुझाउनुपर्ने प्रावधान रहेको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले बताए । स्थानीय तहको निर्वाचनमा पाल्पामा १ हजार ७२ जना उम्मेदवार थिए ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...