• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
आइतबार, साउन १०, २०८३
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

लोकप्रिय समाचार

  • १. सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति उद्योग १० लाख जरिवाना

  • २. विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

  • ३. रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको निर्देशन

  • ४. राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

  • ५. पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न सचिवहरूलाई अर्थमन्त्री वाग्लेको निर्देशन

  • ६. विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न मन्त्रालयको निर्देशन

  • ७. भूमिहीन र अव्यवस्थित बसोबासीलाई ३५ दिनभित्र आवेदन दिन सरकारको अन्तिम आह्वान

  • ८. रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

  • ९. राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

  • १०. अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

२ वर्ष अघि प्रेमिकाको हत्या गर्ने मुराउ पक्राउ


  •   शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
  • बुटवल। आफ्नै प्रेमिकाको हत्या गरी दुई बर्षदेखि फरार एक व्यक्ति पक्राउ परेका छन् । कपिलवस्तुको शिवराज न.पा ७ जहभारी बस्ने ३६ बर्षिया काशिराम मुराउलाई २ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

    Advertisement

    मुराउले २०७७ माघ १० गते दिउसो सैनामैना नगरपालिका वडा न ११ शितलापुर फायर लाईन महेन्द्र राजमार्ग देखी दक्षिण तर्फ रहेको शान्ति सामुदायिक बनको घना जंगलमा आफ्नै प्रेमिकाको हत्या गरेका थिए ।

    सात महिनाको गर्भवती रहेकी मुराउकी प्रेमिका बसन्ती भनिले धनकुमारी अर्याल लाई मुराउले नजिकैको जंगलमा लगेर रक्सि सेवन गराई गलबन्धीले घाटि कसी हत्या गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

    ति महिलाको शब सडेको अवस्थामा फेला परेको थियो । महिलाको शब सनाखत हुन नसकेपछि उक्त ज्यान मुद्दाको फाईल हालको साउन महिना सम्म पेन्डिङ अवस्थामा नै रहेको थियो ।

    हत्यामा संलग्न मुराउलाई पक्राउ गरी ज्यान सन्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।

    यसरी पक्राउ परे मुराउ
    २०७७ साल माघ १० गते दिउसो फायरलाईन जंगलमा घाँस काट्न गएका स्थानियले एक गर्भवति महिलाको हत्या भएको अवस्थाको शब देखेपछि ईलाका प्रहरी कार्यालय सालझण्डी प्रहरीलाई खबर गर्दछन् । तत्काल घटनास्थल पुगेको प्रहरीले पुर्वपश्चिम महेन्द्र राजमार्गबाट ८ सय मिटर घना जंगलभित्र पँहेलो स्वेटरले घाँटी कसी रुखको फेँदमा बाँधी हत्या गरिएको र अनुहारमा किरा परिसकेको अवस्थाको उक्त वेवारिशे महिलाको शबको मुचुल्का गरी पोस्टमार्टमका लागि उक्त वेवारिसे शबलाई प्रादेशिक अस्पताल बुटबल पठाउँछ ।

    सो पश्चात प्रहरीले ति महिला को हुन् र कहाँकि बासिन्दा हुन् भन्ने कुरा पत्ता लगाउन चौतर्फि खोजतलास गर्दछ तर पनि शबको सनाखत नै हुन नसकेपछि उक्त ज्यान मुद्दाको फाईल हालको साउन महिना सम्म पेन्डिङ अवस्थामा नै रहेको हुन्छ ।
    ईलाका प्रहरी कार्यालय सालझण्डीमा कार्यालय प्रमुखको रुपमा प्रहरी निरीक्षक जगन्नाथ मरासिनी आए पश्चात पेन्डिङमा रहेको मुद्दाको थप अनुसन्धान गर्ने क्रममा लुम्बिनी प्रदेशका विभिन्न जिल्ला प्रहरी कार्यालयमा २०७७ सालभर हराई हालसम्म पनि फेला नपरेका महिलाहरुको विवरण मगाएर अनुसन्धान गर्छन् तर पनि कहिँकतै कुनै पनि जिल्लामा उक्त हत्या गरिएकी महिलाको सम्बन्धमा कुनै पनि उजुरी वा खोजतलासको लागि दिएको निवेदन समेत फेला पर्दैन ।

    त्यस पछि प्रहरीले ति महिलाको शबको फोटो र उनले लगाएको कपडा, घडी र माला लिइ स्थलगत रुपमै खोजि गर्दछ । रुपन्देही जिल्लामा केहि पत्ता नलागेपछि कपिलवस्तु जिल्लाका बिभिन्न स्थानमा खोजतलासको लागि सई मधु मरासिनीको कमाण्डमा प्रहरी टोली नै खटिई गई अनुसन्धानको क्रममा यहि साउन महिनामा उक्त हत्या गरी छाडिएकी महिला गुल्मी जिल्ला साविक अर्खवाङ वडा नं २ की ३५ बर्षिया बसन्ती भन्ने धनकुमारी अर्याल रहेको खुल्न आउँछ ।

    त्यसपछि प्रहरीले उक्त महिलाका बुबा बर्ष ७० का भक्तिराम अर्याललाई गुल्मीबाट झिकाई उक्त शबको सनाखत गराएको थियो । बुबा भक्तिराम अर्यालले शबको हातमा भएको टाटु, आफ्नी श्रीमतीलाई भनि किनिदिएको घडि श्रीमतीले आफूलाई छोडेर जाँदा नलगेपछि चिनोको रुपमा छोरीलाई दिएको र उनले लगाएको कालो माला र अनुहारको बनावटबाट छोरीको सनाखत गरेका थिए ।

    बसन्ती आफैँले नै १५÷१६ वर्षको उमेरमा बिहे गरी घरबाट टाढा भएकि थिईन । यसैक्रममा बुटबलको मगरघाटमा बस्ने क्रममा २०७३ सालतिर उनको कपिलवस्तु शिवराज ७ का काशिराम मुराउसँग भेट हुन्छ जुन समयमा उनि मिस्त्री काम गर्ने भोला लोहारसँग दुईछोरीको साथमा बसिरहेकि हुन्छिन्।

    कपिलवस्तुको शिवराज न।पा ७ जहभारी बस्ने ३६ बर्षिया काशिराम मुराउ ३ छोरी एक छोराको बाबु हुन्छन् र घरमा श्रीमती समेत हुन्छिन । बसन्तीसँगको प्रेममा परेका लोडर ड्राईभर काशिरामको बसन्तीसँग यौन सम्बन्ध समेत हुन्छ र बसन्ती गर्भवति भएपछि दुबैजना कपिलबस्तुको बुद्धभूमी नगरपालिकास्थित बुड्डीमा २०७७ सालको बैशाखको अन्तिम हप्तादेखि कोठा भाडामा लिएर बसोबास गर्दछन् ।

    बुड्डीमा बसिरहेको समयमा बसन्तीले घरमा बुबा भक्तिराम अर्याललाई फोन गरी हाल आफू काशिराम मुराउसँग रहेको र उनकै गर्भ समेत रहेकाले आफू चैत महिनातिर सुत्केरी हुने भएकाले घिउ बेसार समेत पठाईदिन भन्छिन् । तर सो समयमा काशिरामले बारम्बार गर्भ फाल्नको लागि दवाब दिन्छन् । सो दबाब दिएको कुरामा बारम्बार झगडा भएको र आफूलाई गर्भकै कारण काशिरामले आफ्नो हत्या समेत गर्न सक्ने कुरा बसन्तीले आफ्नी एक साथिलाई बताउँछिन् ।

    यसै क्रममा २०७७ सालको पुस महिनाको अन्तिम हप्ता तिर बुटवल गएकी वसन्तिलाई काशिराम मुराउ आफै बुटबल फुलबारि सम्म लिन गई सालझण्डी सम्म बसमा लिइ आई सालझण्डीमा लोकल रक्सि र दालमोट किनी आफुलाई सालझण्डी बजारमा मानिसहरुले चिन्ने हुनाले नजिकैको जंगलमा जाउ उतै रक्सी खाई रमाईलो गरौला भनी दिउसोको करिब तिन बजे तिर फायरलाईन जंगलमा लगेर रक्सि सेवन गराइ आफैले लगाएको गलबन्धीले महिलाको घाटि कसी हत्या गर्छन् । शब नचिनियोस भनेर महिलाले लगाएको स्विटर मुखमा बेरी नजिकैको रुखमा बाधेर रक्सिको बोतल र महिलाले लगाएका चप्पलहरु समेत वाणगगां नदिमा बगाई फरार हुन्छन् ।

    हत्या भएको केही समय पछि काशिराम मुराउले बसन्ताका वुवालाई फोन गरी वसन्ता हराएकी छिन मैले खोजि रहेकी छु, प्रहरी समेतमा मैले नै खबर गरेको छु तपाईले केहि गर्न पर्दैन भनी फोन गर्ने गरेका थिए । कतै कुनै माध्यमबाट बुवाले केही थाहा पाएकि भन्ने कुरा बुझ्नको लागी २०७९ सालको वैशाख महिना सम्म समेत बसन्तीको वारेमा केही पत्तो पाउनु भयो भएन भनी गाउमा बस्ने वसन्तिका ७० बर्षीया वुवा भक्तिराम अर्याललाई सोध्ने गरेका थिए ।

    प्रहरीले अनुसन्धान गर्ने क्रममा वुवाबाट महिलाको सनाखत गराएकोमा मृतकका बुबाले काशिराम मुराउले नै आफ्नी छोरीको हत्या गरेको भनि प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले थप अनुसन्धान गरेको थियो । काशिराम मुराउलाई पक्राउ गरी ज्यान सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रहरी निरिक्षक जगन्नाथ मरासीनिले बताउनुभएको छ ।

    शनिबार, भदौ १८, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मुगुमा जातीय विभेद अन्त्यका लागि सामूहिक सहभोज
    विदेशस्थित नेपालीको मताधिकारबारे गढवामा बहस
    गढवामा दलित समुदाय लक्षित निःशुल्क कम्प्युटर तालिम सुरु
    तुलसीपुरमा थारू भाषाको विद्यालय सञ्चालन गर्न अनुमति
    लोपोन्मुख राउटे समुदायका युवक सिभिल इन्जिनियर बन्ने यात्रामा
    गुल्मी प्रहरीमा ‘नागरिक सहजकर्ता’ सेवा

    लोकप्रिय

    • १.
      सिर्सिया प्रदूषण गर्ने १२ उद्योग कारबाहीमा, प्रति

    • २.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५

    • ३.
      रुपन्देही बालसुधार गृह तत्काल सार्न संसदीय समितिको

    • ४.
      राप्ती गाउँपालिकाद्वारा ३२७ मजदुरको निःशुल्क दुर्घटना बीमा

    • ५.
      पूँजीगत खर्च र राजस्व लक्ष्य पूरा गर्न

    • ६.
      विपद्का बेला स्थानीय तहका कर्मचारीलाई कार्यालय नछोड्न

    भर्खरै

    • १.
      अर्घाखाँचीमा २६ बाँदर हेरालु परिचालन

    • २.
      रोल्पामा पहिरोले दुई महिलाको ज्यान गयो, गोठमा रहेका ६ पशु पनि मरे

    • ३.
      प्रदेश सरकारमा सहकार्य गर्ने एमाले-नेकपा लिखित सहमति

    • ४.
      राजस्व लक्ष्य प्राप्तिको तयारी बुझ्न अर्थमन्त्री आन्तरिक राजस्व विभागमा

    • ५.
      विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति

    • ६.
      झापाको अर्जुनधारामा १८ परिवारलाई लालपुर्जा

    • ७.
      ४४औँ वीपी स्मृति दिवस : ‘पुस्तकालयलाई ज्ञान र वैचारिक बहसको केन्द्र बनाउनुपर्छ’

    • ८.
      जनकपुरमा मिर्गौला उपचार केन्द्र बनाउन अध्ययन समितिको सिफारिस

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2026 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation