कुरियर व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा अर्याल

अनपल खत्री, गुल्मी । नेपाल कुरियर व्यवसायी संघ लुम्बिनीको अध्यक्षमा दिपेन्द्र अर्याल चयन भएका छन।
आज सम्पन्न लुम्बिनी प्रदेश कार्य समितिको प्रथम अधिवेशनले कुरियर व्यवसायी अर्यालको नेतृत्वमा २९ सदसिय नया कार्यसमिती सर्बसम्मत चयन गरेको हो।
अधिबेशनले उपाध्यक्षमा भेष ब. थापा (रूपन्देहि), विजय कौशल (बाँके),चन्द्र बिक (दाङ) र रुपन्देहीका ओमष थापालाई महासचिबमा चुनेको छ।
यसैगरी, संघको कोषाध्यक्षमा श्रीधर पोखरेल (रूपन्देहि), सचिबमा जनक पन्थ (गुल्मी) र सह कोषाध्यक्षमा पुर्ण श्रेष्ठ (नेपालगंज)लाई चयन गरेको छ।
संघको सदस्यमा सुरज श्रेष्ठ (नेपालगंज), राम किष्ण कोहार (रूपन्देहि),प्रकाश सेन (रूपन्देहि), अरून घर्ती (रूपन्देहि),कृष्ण पाण्डे (रूपन्देहि), केशव उपाध्याय (रूपन्देहि, लक्ष्मन भण्डारी (पाल्पा), रमेश पाण्डे (चन्द्रौटा),नवराज बन्जाडे(अर्घाखाँची),सुरेन्द्र पाण्डे (रूपन्देहि), भिष्म कोइराला (रूपन्देहि) रहेका छन।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...