सवारी साधनमै नागरिता प्रदान

जनक पन्थ, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले सवारी साधनमै पुगेर नागरिकता प्रदान गरेको छ । प्रशासन कार्यालयको परिसरमा नागरिता लिन पुगेका जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–७ निवासी ३५ वर्षका राजन काफ्लेलाई गाडीमै नागरिता प्रदान गरिएको हो ।
नागरिता लिने काफ्ले जन्मजात पूर्ण अपांगता भएका व्यक्ति हुन् । नागरिता बनाउन जिल्ला प्रशासन कार्यालय पुगेका काफ्ले आफैले कुनैपनि कार्यगर्न नसक्ने भएकाले गाडिमै नागरिता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेलले बताए । पूर्ण अपांगता भएका राजनले नागरिता नबनाएकै कारणले सामाजिक सुरक्षा भत्ता समेत लिन पाएका थिएनन् ।

Korona Ads
कतै छुटाउनुभयाे कि?
प्रतिक्रियाहरू
Loading...