• गृहपृष्ठ
  • समाचार
    • खेलकुद
    • राम्रो प्रदेश
    • समाज
    • पत्रपत्रिका
    • विश्व
    • मनोरञ्जन/कला
    • सूचना प्रबिधि
    • यौन र स्वास्थ्य
    • अचम्म दुँनिया
  • विचार
  • कुटनिती
  • कुराकानी
  • अर्थ र बाणिज्य
  • भिडियो
  • सिफारिस
×
बुधबार, असार १८, २०८२
☰
    • गृहपृष्ठ
    • समाचार
      • खेलकुद
      • राम्रो प्रदेश
      • समाज
      • पत्रपत्रिका
      • विश्व
      • मनोरञ्जन/कला
      • सूचना प्रबिधि
      • यौन र स्वास्थ्य
      • अचम्म दुँनिया
    • विचार
    • कुटनिती
    • कुराकानी
    • अर्थ र बाणिज्य
    • भिडियो
    • सिफारिस

भर्खरै

झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

मदवाका बासिन्दालाई सडकको राहत, मन्त्री रोज राणाप्रति धन्यवाद

लोकप्रिय समाचार

  • १. ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति थप्ने

  • २. प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन उद्यमी’देखि ‘एक घर, एक धारा’सम्म

  • ३. किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

  • ४. छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा उत्साह

  • ५. प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

  • ६. शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको बजेट पारित

  • ७. राप्ती गाउँपालिकाद्वारा ६३ करोड बढीको बजेट प्रस्तुत

  • ८. रेसुङ्गाको महिमा गुञ्जिएको भजन ‘रेसुङ्गा जाऔं’ सार्वजनिक

  • ९. प्युठान उद्योग वाणिज्य संघमा मेलमिलाप केन्द्र स्थापना

  • १०. प्युठानमा सुनचाँदी व्यवसायी आन्दोलित

रोगले थलिएका कुमालको गुल्मी अस्पतालले गर्यो निशुल्क उपचार


  •   सोमबार, साउन १६, २०७९ मा प्रकाशित
  • अनिल खत्री, गुल्मी । रुखबाट लडेर घाइते भएका इस्मा गाउँपालिका वडानम्बर-२ छल्दी निवासी ६४ वर्षका टीके कुमालको गुल्मी अस्पतालले निशुल्क उपचार गरेको छ । २ हप्ता अघि रुखबाट लडेर गम्भीर घाइते भएका कुमालको गुल्मी अस्पतालमा उपचार पछि फोक्सोमा समस्याका कारण बुटवल रिफर गरिएको थियो ।
    आर्थिक अवस्था निकै दयनिय अवस्थामा रहेका उनको बुटवलसम्म पुग्ने समेत पैसा नभएपछि गुल्मी अस्पतालबाट निशुल्क रुपमा एम्बुलेन्सको व्यवस्था गरिएको थियो । तर बुटवलमा उनि आर्थिक समस्या बताएर उपचार नगरी घरमै फर्किएका थिए ।
    आर्थिक समस्याका कारण भएको घरको लालपूर्जा लिएर उपचार खर्च जुटाउन हिडेका थिए । तर बिरामीको उपचारका कहिबाट पनि उपचार खर्च जुट्न सकेको थिएन् ।करिव २ सातासम्म घरमै रहेका कुमालको घाउ दिनानु दिन दुखाई बढ्दै गएपछि पुनः उनको गुल्मी अस्पताल आएपछि उपचार गरिएको अस्पताल प्रमुख डाक्टर उत्तम पच्याले बताए । रुखबाट लडेर सुरुमा अस्पतालमा आउदा उनलाई निशुल्क रुपमा बुटवलसम्म पुग्ने र उपचारको व्यवस्था मिलाइएको डाक्टर पच्चयाले बताए ।
    तर विरामी उपचार नगरी घरमा फर्केका थिए । पुनः उनको गुल्मी अस्पतालमा उपचारपछि अहिलेको अवस्था सामान्य हुदै गएको डाक्टर पच्चयाले बताए ।
    गुल्मी अस्पतालले गरिव निमुखा जनताको लागि स्वास्थ्यको क्षेत्रमा उल्लेखिनीय काम गर्दै आएको छ । पछिल्लो समय गुल्मी अस्पताल सुत्केरी लगायतका अन्य सेवाहरुमा अब्बल बन्दै गएको छ ।
    कुनैबेला रिफर सेन्टर जस्तै बनेको अस्पताल अहिले बिरामीहरुका लागि निकै सहज बनेको छ । सरकारी अस्पतालले राम्रो उपचार गर्दैनन भन्ने आम मानिसको सोचाईलाई गुल्मी अस्पतालले चिरदिएको छ । अस्पतालमा हाल दैनिक ३ सय वढि बिरामीले दैनिक सेवा लिदै आएका छन् ।
    भने कयौं सुत्केरीहुने आमाहरु पनि यस अस्पतालमै सेवा लिएर घर फर्केका छन् । सरकारी अस्पताले आम नागरिकको भरोसाको केन्द्र बनेपछि उपचारकै लागि अनेत्र धाउनुपर्ने बाध्यतालाई केहिहदसम्म कम गरेको छ । जसले गर्दा गरिव ताथ निमुखा नागरिकको लागि धेरै नै सहज अस्पताल बनेको हो ।
    केहि दिन अघि गुल्मी जिल्लाको मदाने गाउँपालिका वडानम्बर-३ सिर्सेनी की दीपा नेपालीले गुल्मी अस्पतालबाट पुर्नजन्म पाएकी थिइन । उनी यही साउन १० गते पुर्कोटदह स्वास्थ्य चौकीमा सुत्केरी भएकी थिइन् ।
    सुत्केरी भएको केही समय पछि उनको यौनीमार्गबाट रगत बगिरहेपछि उनी वेहोस भएकी थिइन् । उनको ज्यान बचाउनको लागि राती ११ बजे गुल्मी अस्पतालमा लिएपछि २ पोका रगत र स्वास्थ्यकर्मीको उपचारले पुर्नजन्म पाएकी हुन् ।
    गुल्मी अस्पतालमा आउँदा उनको अवस्था रगतको कमीले गर्दा नाजुक रहेको थियो । उनको शरीरमा रगतको कमी भएपछि तम्घास ल्याउदा केही थाहा नपाउने स्थितीमा रहेको गुल्मी अस्पतालकी नर्स सीता कार्कीले बताइन् ।
    त्यस पछि उनको स्वास्थ्य जाँच गर्दा पाठेघरको मुख च्यातिएको हुँदा उनलाई बढी मात्रमा रगत बगेको बताइन् । स्वास्थ्यकर्मीको सहयोगमा उनको पाठेघर सिलाएपछि रगत रोकीएसंगै स्वास्थ्यकर्मीको उपचार पछि अहिले सुत्केरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन् ।

    Advertisement

    सोमबार, साउन १६, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राप्तीमा एण्टिबायोटिक प्रयोगबारे छलफल, सचेतना फैलाउन जोड
    नौबहिनीमा स्वास्थ्य स्वयंसेविकालाई अभिमुखिकरण र सम्मान
    सुरक्षित गर्भपतनका लागि वीरगञ्जमा ‘युवा पहुँच परियोजना’ सक्रिय
    सर्वोच्चले प्यूठान अस्पताल अध्यक्षको मनोनयनमा लगायो रोक, विष्ट पुनः अध्यक्ष नियुक्त
    नौबहिनीमा किटजन्य रोग नियन्त्रण र सरसफाइ कार्यक्रम सम्पन्न
    कोहलपुरमा समालोचना प्रशिक्षण र क्याफे कविता सम्पन्न

    लोकप्रिय

    • १.
      ४९ करोडको बजेटले सरूमारानीको विकास यात्रामा गति

    • २.
      प्यूठानको बजेट चित्र : ‘फर्क युवा, बन

    • ३.
      किसानलाई मेसिनद्वारा धान रोप्न सिकाइँदै

    • ४.
      छत्रकोट-३ मा लुम्छा–हर्दिनेटा सडक कालोपत्रे सम्पन्न, स्थानीयमा

    • ५.
      प्युठानमा आपतकालीन खाद्य बैंक स्थापना हुँदै

    • ६.
      शिक्षा, स्वास्थ्य र कृषि केन्द्रमा राखेर झिमरुकको

    भर्खरै

    • १.
      झिमरुकमा कानुनी शिक्षा कार्यक्रम प्रभावकारी बन्दै

    • २.
      बेलुवा–बाग्दुला सडक बिस्तारसँगै उठ्यो जग्गा र घरको सरोकार

    • ३.
      लुम्बिनी सरकारलाई लोसपाको समर्थन फिर्ता

    • ४.
      रेसुङ्गा–३ गुठको बाँझो जमिनमा भविन्द्र घर्तिमगरको सफलता

    • ५.
      पहिरोले शान्तिपुर–चोरकाटे पक्की सडक अबरुद्ध 

    • ६.
      क्यानडामा ‘रामकृष्ण ढकाल साँझ’मा झुमे दर्शक, बचत रकम मन्दिरमा समर्पण

    • ७.
      गुल्मीमा सुनचाँदी व्यवसायीको आन्दोलन चर्किदै

    • ८.
      रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

    Logo
    अनुज मिडिया प्रा. लि.द्धारा संचालित
    सूचना विभाग दर्ता नंः १५५०/०७६-७७
    • अध्यक्ष: सलिम मिया
    • निर्देशक : अर्जुन बिक
    • सम्पादक : सनिउल्ला धोबी
    • Pyuthan, Nepal
    • 9857833028
    • Kamanadaily@gmail.com

    सोसल मिडिया

    • Follow us on Facebook

    • Subscribe us on Youtube

    Copyright ©2025 Kamana Daily | All rights Reserved.
     Website By :  FineCreation