बाठमाडौँ — नेपाली साहित्यका क्षेत्रमा कलम चलाँउदै आएका साहित्यकार ताराबहादुर वुढाथोकि पाख्रिवासे कान्छोको आठौँ कृति‘बाउ’विमोचन भएको छ ।
Advertisement
उपन्यास कृति‘बाउ’ को प्रज्ञाप्रतिष्ठानको सभाहलमा एककार्यक्रमवीच प्रज्ञा–प्रतिष्ठानका उपकुलपती डा.जगमान गुरुङ,ईतिहासविद प्रा.डा.रमेश ढुंगेल लगायतले विमोचन गर्नुभएको हो । शारदा बुढाथोकि प्रकाशक रहेको यो कृतिमा विभिन्न ७० उपशिर्षकका सामग्रीहरुलाई समेटिएको छ ।
उपन्यास भनिएपनि लेखकका दिवंगत वुवाको आत्मवृतान्त जस्तो देखिएको कृतिमा संखुवासभाजिल्लाको उत्तरी भेग र त्यस क्षेत्रमा वितेको झण्डै एक शताब्दीका गतिविधि समेटिएका छन् । हास्यव्यङ्ग,संस्मरण र खोजमुलक कृतिमा समेत कलम चलाएका वुढाथोकिको यो आँठौ कृति हो ।